ताजा समाचार

आज    |   

कंगारु होटेलका सञ्चालक फरार भन्ने गलत ‘मिडियाबाजी’ गरिएको प्रति होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितावनको आपत्ति



सञ्चारकर्मी शालिग्राम पुडासैनी मृत भएको होटलका सञ्चारक फरार भन्ने गलत ‘मिडियाबाजी’ गरिएको प्रति होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितावनले आपत्ति जनाएको छ ।

सोमबार शान्ति र्याली निकालि सञ्चारकर्मी पुडासैनी मृत भएको होटलका सञ्चालक यज्ञबहादुर कार्की लाई फसाउन मिडियाबाजी गरेको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितावनका अध्यक्ष दिपक ढकालले बताए । उनले कुनै पाहुना होटलमा बसेकै आधारमा संञ्चालकहरुमाथि विभिन्न लान्छना लगाई चितावनमा होटल व्यवसाय गर्न र विस्थापित गर्ने खेल हिजो देखि नै भएकोले होटल सञ्चालक आफ्नै होटलमा रहदा पनि विभिन्न मिडिया प्रयोग गरी भ्रम छरेको आरोप लगाएका छन् ।

चितावनका होटलहरु पाहुनालाई सुरक्षा दिन तत्पर रहेको भन्दै ढकालले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आफुहरु लागेको ले सरकाले व्यवसायीहरुलाई निर्धक्क र भएरहित तवरले व्यवसाय गर्न सुरक्षा दिनुपर्ने बताए । सञ्चारकर्मी पुडासैनी को निष्पक्ष छानविन गरी दोषीलाई कार्वाहि हुनुपर्ने होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितावनको माग रहेको ढकालले बताए ।

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी