ताजा समाचार

आज    |   

भ्रमण वर्षका संयोजकलाई भेट्नै कठिन, निराश बनेर फर्कदै व्यवसायी, भ्रमण बर्ष होला त सफल ?



‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु हुन केहि महिना मात्र बाँकि छ । तर भ्रमण वर्षलाई सफल पार्न योजना सहित पर्यटन व्यवसायी नेपाल भ्रमण वर्षको सचिवालयमा दिनहुँजसो जाने गरे पनि भ्रमण वर्षका संयोजक सुरज वैद्य नहुँदा निराश भई घर फर्किने गरेका छन् ।

सरकारले २०७५/७६ को नीति तथा कार्यक्रममा ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गदै व्यवसायी सुरज वैद्यलाई भ्रमण वर्ष २०२० अभियानको राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गरे पनि उनि पर्यटन व्यवसायीहरु संग भेट्न चाहादैनन ।

भ्रमण वर्षलाई सफल बनाउन होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश तिनका अध्यक्ष सन्तोष उप्रेति सहितको टोलि वैद्यलाई भेट्न सचिवालयको कार्यलय केशरमहल पुगे तर वैद्यलाई नदेखे पछि उप सचिव निलम न्यौपाने मार्फत फोन गर्न लगाए । उप सचिवको फोन पनि नउठे पछि एक जना कर्मचारिले तपाईहरुका मागहरु छोड्नुहोस उपयुक्त लागे मात्र वैद्य सरले भेट्ने भने पछि संघको टोलि निराश भई घर फर्किन बाध्य भयो ।

एका तिर भ्रमण वर्षको समय नजिकिदै छ भने संयोजकले व्यवसायीहरु संग हातेमालो गरेर जानुको साटो भेट्न पनि नचाहानुले भ्रमण वर्ष सफल हुनेमा शंका उत्पन गराएको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष सन्तोष उप्रेतिले बताए । उनले प्रदेश तिका १३ जिल्लामा ३० हजार होटल रहेको र भ्रमण वर्षलाई सफल बनाउन केहि हद सम्म सहयोग पुग्ने भनि जानकारी गराउन वैद्यलाई भेटन् आएको बताउदै भेट नहुदा आफुहरु निराश भएको बताए ।

उनि जस्तै सयौ व्यवसायीहरु दिनहुँ जस्तो भ्रमण वर्ष सचिवालयमा आउने गरे पनि वैद्यलगाएतका सम्वन्धीत व्यक्तिहरु सचिवालयमा नहुँदा भ्रमण वर्षले गति लिन सकेको छैन ।

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी