आज    |   

जनैपूर्णिमा मेलामा पार्वती कुण्डमा एक हजार भन्दा बढि तीर्थयात्रीले मेला भरे




कृष्ण तामाङ  रसुवा, जनैपूर्णिमा मेलामा रसुवाको आमाछोदिङमो गाउ पालिका ३ मा अवस्थित पार्वती कुण्डमा एक हजार भन्दा बढी तीर्थयात्रीले मेला भरेका छन। स्थानीय युवा पर्यटन ब्यबसाय हिमालयन च्यङ्बा ट्रेक्स एन्ड एक्स्पेडिसन प्रा लि, का प्रबन्ध निर्देशक तथा स्थानीय युवा सन्तोष तामाङका अनुसार नेपाली र विदेशी सहित एक हजार भन्दा बढि तीर्थयात्रीले मेला भरेको जानकारी दिनु भयो। केहि वर्ष देखि जनैपूर्णिमा मेला भर्दै आएको यस कुण्डमा वर्सेनि यात्रु बढेको देखिन्छ।
धार्मिक हिसाबले यो कुण्ड गोसाइँकुण्ड पछि दोस्रो धार्मिक स्थल दर्शन रहेको स्थानीयको विश्वास छ । यस कुन्ड दर्शन पछि मनको आकांक्षा पूरा हुने भएकाले नै यो कुण्ड आफैमा छुटै पहिचान बोकेको कुण्ड हो।

यस कुण्ड सम्मै सडक सन्जालले जोडिएकाले पनि यात्रु बढेको पाईन्छ। काठमाण्डौबाट एकै दिनमा सार्वजनिक यातायात तथा आफ्नै सवारी साधनमा सजिलैसंग कुण्ड सम्म पुग्न सकिन्छ। कुण्ड वरिपरि खान बस्नको लागि व्यवस्थित होटल,लजहरू खोलि सकेका छन।

Write your Comment


Related News
  • बाग्लुङको भकुण्डे होमस्टेमा एक दिन (भिडियो सहित)
  • ऐतिहासिक महत्वको शहर कीर्तिपुरमा सामुदायिक होमस्टे
  • विदेशी पर्यटक भन्छन् नेपालमा र्फकेर आउँदैनौ (भिडियोसहित)
  • हिउँदे पर्वतारोहणका लागी आरोहण अनुमति खुला
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी