ताजा समाचार

आज    |   

कलंकी होटल एण्ड गेष्ट हाउस एसोसियशनको अध्यक्षमा मोहिणी आचार्य



कलंकी होटल एण्ड गेष्ट हाउस एसोसियशनको अध्यक्षमा मोहिणी प्रसाद आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार कलंकीमा भएको कलंकी होटल एण्ड गेष्ट हाउस एसोसियशनको नवौँ साधारण सभा तथा छैठौ अधिवेशनबाट मोहिणी प्रसाद आचार्यकाे अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको बरिष्ट उपाध्यक्ष रुद्र ब. न्यौपाने, प्रथम उपाध्यक्ष देवि ब. राई, द्तििय उपाध्यक्ष रमेशकुमार बराल, तृतीय उपाध्यक्ष मनोज सापकोटा, महासचिव दिपक आचार्य, सचिव किसन बस्याल (किसन), कोषाध्यक्ष बृष ब. कार्की (नकुल), सह-कोषाध्यक्ष तुल ब. श्रेष्ठ चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा बल ब. थापा, कुसुम दहाल (खड्का), जनक सिंह, माधव गौतम, पवित्रा श्रेष्ठ , रेशम पुलामी, गोकर्ण गिरी, सुशील बस्ताकोटी, सन्तोष खनाल, केशर श्रेष्ठ, कुमार श्रेष्ठ, सिपन ब.तामाङ चयन हुनुभएको छ ।

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी