ताजा समाचार

आज    |   

एउटै पर्यटकीय गन्तव्यको भिन्न भिन्न जानकारीले पर्यटकहरू कन्फ्युज



विष्नु खनाल /जापान

अहिलेको जमानामा कुनै पनि पर्यटकीय गन्तव्य को बारेमा जानकारी पाउन इन्टरनेट ले निकै सजिलो बनाएको छ! तर अर्को तर्फ एउटै गन्तव्यको बारेमा विभिन्न वेबसाइट हरुमा भिन्न भिन्न जानकारीले गर्दा पर्यटकहरू लाई कन्फ्युज पनि बनाएको छ।

विभिन्न अध्ययन हरुले के देखाएका छन् भने पर्यटक हरुले प्रारम्भिक जानकारी हरु जुनसुकै वेबसाइट बाट लियेतापनी अन्तिममा त्यो ठाउँको सरकारी निकायको आधिकारिक वेबसाइट बाट भेरीफाइ गर्ने गरेका छन। जसले उनीहरूलाई त्यो गन्तव्य को जानकारी प्रति विश्वास बढाउने गर्दछ।

संसार का धेरै देश हरुको पर्यटन सँग सम्बन्धित आधिकारिक निकाय हरुको वेब डोमेन .gov अथवा .org हुने गर्दछ, जसले गर्दा पर्यटक हरु त्यहाँ दिएको जानकारी प्रति पूर्ण विश्वस्त हुन सक्दछन्। तर नेपाल मा पर्यटन बोर्ड को डोमेन .com रहेको छ। सामान्यतः .com व्यवसायिक फर्म हरुले प्रयोग गर्दछन्।त्यसैले पर्यटन बोर्ड को वेबसाइट मा दिएको जानकारी सरकारको आधिकारिक जानकारी भएता पनि पर्यटक हरुले कम विश्वास गर्दछन।

पर्यटन वर्ष २०२० मा नेपालमा बढी भन्दा बढी पर्यटक भित्राउन र पर्यटक हरुलाई नेपालको बारेमा बढी भन्दा बढी जानकारी प्रवाह गरी नेपालको पर्यटन प्रति विश्वास दिलाउन सम्भव भएमा पर्यटन बोर्ड को डोमेन .gov अथवा .org बनाउन सकेमा आउँदा दिनहरूमा पर्यटक हरुलाई सजिलो हुने थियो!

Write your Comment


Related News
  • मौलिकता जोगाउदै गोसाईकुण्डमा युवा
  • कर्णालीको समृद्धिमा रारातालको योगदान
  • एकै पटक १६ सचिवको सरुवा, पर्यटन मन्त्रालयमा केदारबहादुर अधिकारी
  • पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी