ताजा समाचार

आज    |   

नेपाल एयरलाइन्स सुधारका लागि भिटोफका अध्यक्ष ध्रुव सिंखडाको ११ सुझाव



गाउँ पर्यटन पवद्र्धन मञ्च भिटोफ नेपालका अध्यक्ष ध्रुव सिंखडाले नेपाल एयरलाइन्स सुधारका लागि  ११ सुझाव दिनुभएकाे छ ।

१. नेपाल एयरलाइन्सको संरचना परिवर्तन गरी PPA मोडलमा लानु पर्दछ ।

२. पुराना कर्मचारीहरू लाई बिदा गरी नयाँ युवा सक्षम कर्मचारी भर्ना गर्नु पर्दछ ।

३. सिट होल्डिंग र कार्टियल गरी नेपाल एयरलाइन्सको जहाजलाई उड्ने बेलामा रित्तै बनाई अन्य एयरलाइन्स बाट कमिसन खाने कर्मचारी र ट्राभल्स कम्पनी पहिचान गरी कडा भन्दा कडा कार्बाही गर्नु पर्छ।

४. सबैभन्दा खराब पक्ष भनेको नेपाल एयरलाइन्स समयमै न उड्ने हुनाले यसको साख गिरेकोले समयमै उडान किन हुदैन? सम्बन्धित सरोकारवालाहरूलाई राखी कारण पत्ता लगाई समयमै उडान भर्न लगाउनु पर्छ।

५. नेपाल एयरलाइन्सको जहाजका सामग्रीहरू आफै बिगार्ने अनि मर्मत गर्दा कमिसन खाने प्रथाको अन्त्य गरिनु पर्दछ।

६. हरेक नेपाली नागरिकहरूलाई यात्रा गर्दा नेपाल एयरलाइन्स बाट यात्रा गर्न अनिबार्य गर्ने।

७. ट्राभल कम्पनीहरूलाई राम्रो कमिसनको ब्यबस्था गरी नेपाल एयरलाइन्समा टिकट काट्न अनिवार्य गराउने।

८. आन्तरिक हवाई उडानमा दलाल मार्फत टिकट किन्ने वातावरण अन्त्य गरी अनलाईनबाट सहज तरिकाले टिकट काट्ने ब्यबस्था गर्ने।

९. युरोपियन आकासमा लागेको प्रतिबन्ध हटाउन पहल गरी, छिटो भन्दा छिटो थन्कीयर रहेका जहाजलाई उडाई घाटा हुनबाट जोगाउने।

१०. लामो रूटबाट नेपाल उड्ने बिदेसी यात्रुहरूलाई केही समयको लागी नेपाल एयरलाइन्स प्रती आकर्षित गर्न उनिहरूलाई एभरेष्ट फ्लाईट निःशुल्क गरी बजार मा प्रचार प्रसार गर्ने।

११: अन्य प्रसासनिक सुधारहरू गर्ने।

यती सम्म गर्न सक्यौ भने हाम्रो ध्वजावाहक धेरै बलियो हुनेछ र हामी कहा पर्यटकहरू ल्याउनको लागी कुनै भ्रमण बर्ष मनाईरहनु पर्ने छैन, 20 लाख पर्यटक सधै आउनेछन।
धुर्ब सिम्खडा

Write your Comment


Related News
  • मौलिकता जोगाउदै गोसाईकुण्डमा युवा
  • कर्णालीको समृद्धिमा रारातालको योगदान
  • एकै पटक १६ सचिवको सरुवा, पर्यटन मन्त्रालयमा केदारबहादुर अधिकारी
  • पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी