ताजा समाचार

आज    |   

सुदुर पश्चिम प्रदेशमा होटल तथा पर्यटन ब्यवसायी महासंघ गठन अध्यक्षमा दिपक खड्का



सुदुर पश्चिम प्रदेशमा रहेका होटल व्यवसायीहरुले प्रदेश स्तरीय होटल तथा पर्यटन ब्यवसायी महासंघ गठन गरेका छन् । सुदुर पश्चिमका ९ वटा जिल्लाका १२ वटा होटल व्यवसायीहरुको सहभागितामा होटल व्यवसायी संघ डोटीका अध्यक्ष दिपक बहादुर खड्काको अध्यक्षतामा १५ सदस्यीय प्रदेश स्तरीय समिति गठन गरीएको छ ।

समितिमा उपाध्यक्षमा केलालीका नरेन्द्रबहादुर शाही, सचिवमा डडेलधुराका रमेश प्रशाद जोशी, कोषध्यक्षमा कैलालीकी धनादेवी चोखाल रहनुभएको छ । यस्तै सदस्यहरुमा यज्ञराज बोहरा डडेल्धुरा , दिपक रावल अछाम , देब बहादुर खड्का बझाङ , बासुदेब भट्ट बैतडी , देब सिंह महरा दार्चुला, ईश्वरि जोशी कैलाली , कृष्णबहादुर बानिया बाजुरा, भगत बहादुुर थापा कैलाली , धनी थापा बाजुरा , सिता देबि चौधरी कैलाली रहनुभएको छ ।

होटल व्यवसायी महासंघका उपाध्यक्ष पदमराज अवस्थि र होटल व्यवसायी संघ डडेलधुराका अध्यक्ष दान बहादुर भण्डारीको अध्यक्षतामा प्रदेश स्तरीय कार्य समिति गठन गरीको हो ।

अध्यक्षमा निरर्वाचित भए पछि खडकाले नेपाल सरकारले तय गरेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सबै पदाधिकारी तथा पर्यटन कर्मी सक्रिय तवरले लाग्नुपर्ने र राज्य र निजि क्षेत्रले पुर्वाधारमा बिषेश जोड दिन आग्रह गरे । उनले पर्यटकीय स्थल थुप्रै हुदाहुदै पनि पुर्वाधार र प्रचारप्रसारको अभावमा सुदुर पश्चिम ओझेलमा पर्दै गएको प्रति दुख व्यक्त गदै राज्यले व्यवसायसं मिलेर काम गर्नुपर्ने बताए ।

Write your Comment


Related News
  • मौलिकता जोगाउदै गोसाईकुण्डमा युवा
  • कर्णालीको समृद्धिमा रारातालको योगदान
  • एकै पटक १६ सचिवको सरुवा, पर्यटन मन्त्रालयमा केदारबहादुर अधिकारी
  • पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी