ताजा समाचार

आज    |   

नेपाल भ्रमण वर्ष २०२० का लागि हरिभक्त श्रेष्ठको १७ सुझाव



पर्यटन ब्यबसायी तथा होलिल्याण्ड एडभेन्चर टुर्स एण्ड ट्राभल्स प्रालीका प्रबन्ध निर्देशक  हरिभक्त श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० का लागि १७ सुझाव भ्रमण वर्ष सचिवालयमा पेश गर्नुभएकाे छ । 

माननीय पर्यटन मन्त्रीको आगमन संगै भिजिट नेपाल 2020 को बिषयमा पर्यटन ब्यबसायी मध्ये म पनि सहभागी हुने अवसर पाएँ , माननीय पर्यटन मन्त्रीको पर्यटन ब्यबसाय र नेपाल सरकारले घोषणा गरेको भम्रण बर्षको कुशल नेतत्व गर्न सक्ने क्षमतावान हुनुहुन्छ भन्ने हामी ब्यवसायीलाई लागेको छ , होटल मेरिटमा भएको सामुहीक छलफलमा उपस्तिथ हुने मौका जुराईदिनु भएकोमा संयोजक ज्यू लगायत सबैलाई धन्यबाद दिन चाहन्छु ।

भ्रमण बर्ष सफल पार्न मेरो तर्फबाट निम्न लिखित सुझाबहरु राख्न चाहन्छु ।

१. पर्यटन बोर्डबाट प्रचार प्रसारमा गरिएका खर्चहरुको व्यापक आलोचनाले , खासै दुर्त गति लिन सकेको जस्तो देखिदैन . बोर्डलाई नै ब्यापक सुधार गर्न जरुरी छ ।

२. साथै माफ गर्नुहोला मैले अपमान गर्न खोजेको हैन , संयोजकज्यूलाई यस विषयमा गहिराईसम्म जानकारी नरहेकोले या त उपयुक्त पात्रको खोजी गरि एक जनालाई सह संयोजक तोकी वा अन्य उपाय अपनाई भ्रमण वर्षलाई प्रचारप्रसारमा लैजाने ।

३. पर्यटन बोर्डका कर्मचारीहरु मध्ये धेरै जनाको आफ्नै ट्राभल्स र ट्रेकिङ एजेन्सी भएकोलाई ३५ दिन भित्र बन्द गर्ने वा पद छोडन लगाउने , त्यस्ता व्यक्ति वा पात्रहरुबाट राज्यको प्रमोशन हुन नसक्ने ।

४. प्रत्येक पर्यटन ब्यबसायीले आफ्नो प्रचारप्रसारको सामाग्री वा आफ्नो साईटमा एक रात पारिबारिक वातावरणमा राखी एउटा खाना र एक रातको सुताईको साथै एरपोर्ट पिकअपको कम्पीलिमेन्ट्री सुबिधा दिने तर यो सुबिधा राज्यले गरेको श्रेय दिने , व्यक्तिगत रूपमा यसको श्रेय नलिने । प्रत्येक पर्यटकीय दृयावलाेकान स्थलहरुमा कमसयकम यूरीनरी ट्वाईलेटको ब्यबस्था गर्ने ।

५. हिन्दु धर्म जस्तै ईस्कोनका अनुयायीहानलाई वा अन्य धर्मका अनुयायीहरुलाई छलफल चलायर भम्रण वर्ष सफल बनाउन बिषेस गरी रसियनहरु धेरै ईस्कोन धर्म मान्छन उनिहरुलाई घुम्न आउन प्रोत्साहन गर्ने ! र अन्य धर्महरुकालाई पनि यसरी नै प्रोत्साहन गर्ने ! 2020 प्रायोजक बनेर उनिहरुलाई बिशेष कार्यक्रम गर्न लगाउने ।

६. 2020 लाई नेपाल बर्ष 2021 लाई संसारको आकर्षक गन्तव्य बर्ष र 2022 लाई भम्रण वर्ष राखेर 2020 का मनोनित हरुलाई भंग गरि कामको थालनी गर्ने , आवस्यक देखिएमा यहि टिमका संयोजक लगायतलाई जिम्मा दिन सक्ने ।

७. हवाई यात्रा गोर नेपाल आउने खर्च नै अहिले पर्यटक बृद्धिको मुख्य समस्या हो , २०२० देखि 2022 सम्म कसरी हवाई यात्राको भाडा कम गर्न सकिन्छ ! बिभिन्न कोणबाट छलफल गरि उपाय निकाल्ने र राष्ट्रिय हवाई टिकटको डलर फियरको भाडालाई के गरिअलि सस्तो बनाउन सकिन्छ , राष्ट्रीय हवाईजहाज कम्पनिहरु सँग छलफल गरि परिवर्तन गर्ने ।

८. अहिले टुर र ट्रेकिङ ब्यबसाय हुरु अनलाईन ट्राभल एजेन्सीले सखाप पारेको मात्र नभई ठुलो मात्रामा धनरासी बिदेशीएकोले त्यस्ता साईटहरुलाई बन्द गर्ने ।

९. धेरै अगाडी देखि वा यो एक बर्षमा कुन कुन तरिकाबाट कता कता खचेहरु पर्यटन बोड बाट भयो, सम्बन्धित विज्ञहरुलाई हिसाब हैनै टास्क दिने ।

१०. ऐरपोर्ट मर्मतको लागी १ बर्ष मात्र उठाउने भनेको YQ ट्याक्स तुरुन्तै हटाउने वा उठाएको पैसाको के करारी ब्यबस्थापन गरिएको देखिन्छ आवास्यकता अनुसार प्रक्रियामा जाने।

११. नेपालमा भएका कुटनितिक नियोग लगायत छलफल गर्नै र बिदेशमा रहेका नेपालका दुताबासहरूलाई वा मनोनित दुतहरुलाई टास्क दिने ।

१२. बिभिन्न पर्यटकिय गन्तव्यमा जस्तै नेशनल पार्क फि चितवनमा घटाउने , उक्त टिकटबाट एक चोटी काटेपछी १ महिना सम्म पर्यटकले प्रयोग गर्न पाउने । सबै हेरिटेज साईटहरुको प्रवेश शुक्ललाई पनि पुन मुल्याकन गर्ने वा भम्रण वर्षमा अफ सिजनमा ५०% छुटको व्यबस्था गर्नै ।

१३. हवाई टिकट को बिक्रिमा नेपालमा नै ब्यापक सेन्डिगेट रहेकोले कसरी र कुन कुन कम्पनीले गरेका छन पहिचान गरि रोक्ने , आउटबोन्ड जादाँ नेपाली पर्यटकबाट प्रतेक व्यक्तिबाट वा आउटबोन्ड गर्नै एजेन्सीबाट डिपाचर हुनुभन्दा पहिले भम्रण बर्ष सहयोग भुक्तानी गर्न लगाउने उक्त कोषलाई पनि भम्रण वर्षको प्रचार प्रशारमा खर्च गर्ने र नेपालीलाई देश भित्र घुम्न प्रेरित गर्ने !

१४. धेरै भन्दा धेरै पर्यटक दिल्ली भएर आउदाँ सस्तो पनै भएकोले भारतमा रहेको नेपाली दुताबास मार्फत नेपालमा जान भारतीय लगायत बिदेशीलाई प्रचारप्रसार गरि प्रोत्साहन गर्ने । लन्डनको बसमा लगाएको स्टिकर खासै उपलधी मुलक नहोला तर त्यस्ता प्रचार भारतमा गर्दा उपलब्धी मुलक हुन सक्छ।

१५. पर्यटन बोर्ड र नेबानीमा मनोनित गरेका सदस्यहरुले खेलेका भुमीका को अध्यन गरि दबाब सिर्जना गर्ने त्याहाँ भित्र भएको अख्तियारी दुरुपयोग लाई पुर्ण नियन्त्रण गर्न मन्त्रालयलाई सहयोग गर्ने ।

१६. बिश्वमा छरिएका वा उतै बसोबास गरेका नेपालीहरु मार्फत भम्रण बर्ष महिनाको एक दिन पार्कमा , सिनेमाहलमा , बसमा चडदाँ पम्पलट वा स्टिकर बाडने ।

१७. प्रत्येक नेपालीलाई बिदेश जादाँ स्टिकर वा प्रचारका सामाग्री दिएर पठाउने र नेपाल घुम्न जान उनिहरुलाई नेपाल घुम्न जान प्रेरित गर्ने ।

Write your Comment


Related News
  • मौलिकता जोगाउदै गोसाईकुण्डमा युवा
  • कर्णालीको समृद्धिमा रारातालको योगदान
  • एकै पटक १६ सचिवको सरुवा, पर्यटन मन्त्रालयमा केदारबहादुर अधिकारी
  • पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी