आज    |   

पार्वतीकुण्डमा पनि जनैपूर्णिमा मेला लाग्ने



कृष्ण तामाङ, रसुवा।


हरेक वर्ष रसुवाको आमाछोदिङमो गाउपालिकाको पार्वती कुण्डमा पनि जनैपूर्णिमाका दिन मेला लाग्ने गर्दछ। रसुवा जिल्ला पर्यटकिय हिसाबले अत्यन्तै धनि जिल्ला मानिन्छ। यो कुण्ड रसुवामा गोसाईंकुण्ड पछिको दोस्रो धार्मिक पर्यटकिय क्षेत्र मानिन्छ। यो कुण्ड समुद्रि सतह देखि २५५० मिटर उचाईमा आमाछोदिङमो गाउ पालिका गत्लाङ ३ मा अवस्थित छ।

यस कुण्ड सम्म सडक सञ्जालले जोडिएकाले हामी कुण्ड सम्मै आफ्नो सवारी साधन लिएर यात्रा गर्न सक्छौ। यस कुण्ड सगै हामी नोजे कुण्ड, पाङसाङ,गणेश हिमाल,सोमदाङ,गत्लाङ गाउ पनि घुम्न सकिन्छ। मेलालाई अझ आकर्षक बनाउन स्थानीय वेशभूषामा झाक्री नाच, शेर्पा,तामाङ नाचगानले झन सुन्दरता बनाउने गर्दछ। यस कुण्डमा खान र बस्नको लागि पनि राम्रो व्यवस्था रहेको होटल व्यवसायी फूर्पु सिंगी तामाङले बताउनुभयो।

Write your Comment


Related News
  • अच्युत गुरागाई नाट्टाको अध्यक्षमा निर्वाचित
  • नेपाल भ्रमण वर्षको आधिकारिक वायुसेवा नेपाल वायुसेवा निगम
  • २५०० मिटरको उचाइमा ‘थम डाँडा इको होमस्टे कम्युनिटी’
  • नेपालको इतिहास बोकेको नुवाकोटको साततले दरबार
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी