ताजा समाचार

आज    |   

सुदर्शन न्याैपाने लेख्नुहुन्छ -तयारी बिनाको भ्रमण वर्ष मीठो घोषणा तितो उपलब्धी



नेपाल पर्वतारोहण संघ (एनएमए) का कोषाध्यक्ष सुदर्शन न्यौपानेले फेसबुकमा लेख्नुभएकाे भनाइ जस्ताकाे तस्तै ।

कार्यक्रम को उद्देश्य थियो ” के गर्दा भ्रमण बर्स २०२० सफल होला?”
उक्त कार्यक्रम मा गाइजात्रा देखियो:

कार्यक्रम सञ्चालन पर्यटन बोर्डका डाइरेक्टर ज्यु बाट । बोर्ड का डाइरेक्टर हरु बर्सौ देखि उक्त पद मा रहि एक दर्जन मन्त्री र सचिब खटाइ सके। प्रोमोसन को नाम मा बिदेश को कुनै भूमि बाँकी होला? भ्रमण वर्ष बिगत मा पनि मनाइए खै नजिजा? तथ्यहिन तथ्यांक भन्दा केही हात लाग्यो त? साच्चै पर्यटन प्रोमोसन मा केही सुधार ल्याउने हो भने NTB को सम्रचना मा परिवर्तन अत्यावश्यक भैसक्यो। पाँच वर्षको लागि निश्चित Task दिएर डाइरेक्टर र सिइयो नियुक्त गरिने ब्यबस्थ मिलाउनु पर्छ। 

VNY 2020 का संयाेजक ज्यु को हिजो को प्रस्तुती यति दयनिय थियो कि मनन गर्न त के सुन्दा उहाँ को पर्यटन मा न्यून चेतना पनि नभएको प्रस्ट हुन्थ्यो। त्यसैले उहाँ लाई फुल को माला लाएर बिदा गरि सक्षम ब्यक्ती लाई उक्त जिम्मेवारी दिनु पर्छ।

सरकार ले किन पर्यटक लाई २०२० मा बोलाको? किन २०१९ नहुने? किन २०२१ नभै २०२० मै नेपाल भ्रमण ? के २०२० मा पर्यटन लाई विशेष अफर घोषण गरिएको छ? भिसा फ्रि छुट, हरेक ट्रभल र ट्रेकिङ ले एक एजेन्सी एक स्पेसियल प्याकेज अफर, होटेल र रेस्टुरेन्ट ले कम्तिमा १५-२०% छुट, सक्षम टुर र ट्रेकिङ गाइड , भुकम्प ले भत्केका सम्पदा को पुन निर्माण सम्पन्न, प्रमुख पर्यटकीय शहरहरु जोड्ने मोटर बाटो अन्तरास्ट्रिय स्तरमा स्तरोन्नति , आन्तरिक हवाइ सेवा सहज र सुलभ, अन्तरास्ट्रिय हवाइ सेवा को क्षमता मा बृद्दी आदि न्युनतम कार्य सम्पन्न भयो त ? हो यी न्युनतम सुबिधा र पुर्बाधार जति छिटो सक्छौ तेति छिटो हामी हामिले सोचेको संख्या मा पर्यटक आउदैनन। कटुवाल कराएर , ढाेल पिटेर, पोस्टर टासेर, भाषण गरेर आउँछ र पर्यटक? 1994 मा हामी टुरिस्ट बस मा पोखरा मा सजिलै ५-६ घन्टा मा पुग्थ्यौ तर अहिले कम्ती मा ८ घन्टा लाग्छ । लौन पहिने २०० किमि को पोखरा ३ घन्टा मा पुग्ने अबस्था बनाउनेतर्फ लागौ! भारत र चीन को मनोरन्जन र न्युज च्यानल मा नेपाल को सुन्दरता र सास्कृतिक सभ्यता झल्काउने प्रोमो भिडियो प्रसरण गर्ने कि पोस्टर छ्पाएर स्टोर मा थन्क्याउने कमिसन को लागि। सि एन एन र बि बिसि मा बज्नु पर्दैन नेपाल को कला र सौर्न्दर्य ? ट्रीप एड्भाइजर लोन्ली प्लानेट , रफ गाइड जस्ता अन्लाइन र अफ्लाइ गाइड हरु मा स्पोन्सर गरि प्रचार गर्ने कि दोहरी गित गाउने मेला नेपाल भित्रै नेता र कार्यकर्ता को निर्देशनमा विभिन्न महोत्सव को नाम मा पैशा स्वाहा पार्ने? पुर्बाधार मा घ्यान नदिने, सुबिधा र अफर घोसणा केही नगर्ने, कनेक्टिभिटी नबढाउने, IT मा दिग्गज नबयुबाहरु को ब्रेन प्रयोग नगर्ने तर आउरे भाउरे धुपौरे ताइ न तुइ का कार्यकर्ता तल देखि माथी VNY कमिटी मा भरिभराउ गर्ने अनि २० लाख को रटान गर्ने? त्यसैले मन्त्री ज्यु हजुर यी सअबै भ्रम बाट मुक्त हुनुहुन्छ भन्ने हामी लाई लाइराछ। अब हामी जस्ता धेरैको कुरा सुनेर तपाईं ले आफ्नो बिबेक प्रयोग गर्दा उत्तम। तपाईं जस्तो सक्षम मन्त्री हुदा नभएको काम र नपुगेको बिबेक अब कहिले होला?
संक्षेपमा
२०२० देखि २०२३ पर्यटन पुर्बाधार र पुनःस्थापन वर्ष
२०२३ देखि २०२५ सम्म बिशेष भ्रमण वर्ष( सुबिधा र विशेष छुट घोषणा सहित) अनि २०२५ देखि २०३५ सम्म नेपाल भ्रमण दशक।
जय पर्यटन !

Write your Comment


Related News
  • मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित
  • जनैपूर्णिमा मेलामा पार्वती कुण्डमा एक हजार भन्दा बढि तीर्थयात्रीले मेला भरे जनैपूर्णिमा मेलामा पार्वती कुण्डमा एक हजार भन्दा बढि तीर्थयात्रीले मेला भरे
  • पार्वतीकुण्डमा पनि जनैपूर्णिमा मेला लाग्ने पार्वतीकुण्डमा पनि जनैपूर्णिमा मेला लाग्ने
  • दुधकुण्ड खोलामा एक पर्यटकको बेपता दुधकुण्ड खोलामा एक पर्यटकको बेपता
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी