आज    |   

युरोपको इटालीबाट थालियो नेपाल भ्रमण वर्ष-२०२० को औपचारिक शुभारम्भ



नेपाल भ्रमण वर्ष-२०२० मा २० लाख पर्टक भित्राउन युरोपको रोममा एक कार्यक्रम गरी औपचारिक शुभारम्भ गरिएकाे छ । युरोपियन मूलुकबाट नेपालमा पर्यटक भित्राउन इटालीको रोममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पर्यटन प्रवद्धनको कार्यक्रमसहित शुभारम्भ भएको छ ।

मन्त्री ढकालले नेपाल पर्यटनकाे लागि उत्कृष्ट गन्तव्य भएकाले ढुक्क तरिकाले नेपाल घुम्न अाउन अनुरोध गर्नुभयाे । नेपाल भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्यले नेपाल पर्यटनका लागि सुरक्षित देश भएकाले एक पटक घुम्नै पर्ने बताउनुभयाे । साथै वैद्यले भिजिट नेपालको उदेश्यबारे सबैलाइ जानकारी गराउनुभएकाे थियाे ।

कार्यक्रममा पर्यटन सचिव मोहोनकृष्ण सापकोटा, होटल एशोसिएशन नेपाल (हान)का अध्यक्ष सृजना राणा, गैरआवासीय नेपाली संघ (एनआरएनए ) उपाध्यक्ष डा. बद्री केसी, सपिलाराज भण्डारीलगायतले नेपालकाे पर्यटनकाे बरेमा बाेल्नु भएकाे थियाे ।

कार्यक्रममा योयुरोपभरका नेपाली राजदूतहरुसँग छलफल गरिएकाे छ ।  बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा, फ्रान्सका दीपक अधिकारी, जर्मनीका रमेशप्रसाद खनाल, डेनमार्कका युवनाथ लक्साल,अष्ट्रियाका प्रकाश कुमार सुबेदी र रसियाकालागि नेपाली राजदूत ऋषिराम घिमिरे ,स्वीट्जरल्याण्डबाट उपनियोग प्रमुख तीर्थराज वाग्ले, स्पेनबाट प्रथम सचिव तथा हालका कार्यबाहक राजदूत हरिहरकान्त पौडेल र बेलायतस्थित नेपाली दूतावासबाट द्वितीय सचिव लभा सुबेदी संग छलफल गरिएकाे छ ।

 

Write your Comment


Related News
  • विदेशमा यसरी हुदै छ, नेपाल भ्रमण वर्षको प्रचार प्रसार
  • आहाँ कति राम्रो जिरी ! कसरी पुग्ने (भिडियोसहित)
  • बाग्लुङको भकुण्डे होमस्टेमा एक दिन (भिडियो सहित)
  • ऐतिहासिक महत्वको शहर कीर्तिपुरमा सामुदायिक होमस्टे
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी