ताजा समाचार

आज    |   

गोसाई कुण्ड मेलाको तयारी पूरा



कृष्ण तामाङ, रसुवा

गाेसाइ कुण्ड, रसुवा

प्रमुख धार्मिक पर्यटकिय क्षेत्र गोसाई कुण्ड मेला काे तयारी पूरा भएकाे छ । रसुवा जिल्लाको प्रमुख धार्मिक पर्यटकिय क्षेत्र गोसाई कुण्डमा हरेक बर्ष जनैपूर्णिमाका दिन ठुलो मेला लाग्ने गर्दछ। यो कुण्ड समुद्रि सतहबाट ४३८० मिटर उचाईमा अवस्थित छ। यो कुण्डको वरिपरि भैरवकुण्ड,सुर्य कुण्ड, नोर्चो युम्जो लगायत १०८ वटा कुण्डहरू रहेको छ ।

यस कुण्ड रसुवाको स्याफ्रु,भार्खु,धुन्चे,यार्सा लगायत सुन्दरीजल, मेलम्ची ग्याङबाट पनि जान सकिन्छ। तर सबै भन्दा छोटो बाटो भने रसुवा पर्दछ। यहाँ बाट दुई दिन मै पुग्न सकिन्छ। मेला अवधिभर हजारौ यात्रीहरूको भिड लाग्ने गर्दछ।

मेलालाई व्यवस्थित बनाउन सरसफाई, सुरक्षा व्यवस्था, प्राथमिक उपचार, भिड भाड, होटल व्यवस्थापन, स्वयमसेक लगायत सम्पूर्ण तयारी पूरा भै सकेको गोसाईं कुण्ड सरोकार समितिका अध्यक्ष श्री सञ्जिव डि एमले जानकारी दिनु भयो।

जनै पूर्णिमा मेलामा रसुवा,सिन्धुपाल्चोक,नुवाकोट लगायत अन्य ठाउँहरू बाट झाक्री सहित स्थानिय शेर्पा,तामाङ सेलो नाचगानले मेलालाई अझ सुन्दरता दिने गर्दछ।

Write your Comment


Related News
  • मौलिकता जोगाउदै गोसाईकुण्डमा युवा
  • कर्णालीको समृद्धिमा रारातालको योगदान
  • एकै पटक १६ सचिवको सरुवा, पर्यटन मन्त्रालयमा केदारबहादुर अधिकारी
  • पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी