ताजा समाचार

आज    |   

भ्रमण वर्ष प्रदेश दुई समितिद्धारा सचिवालयमा सुझाव तथा माग पेश



भ्रमण वर्ष सफल बनाउन प्रदेश दुईको प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समितिका सदस्यले भ्रमण वर्ष सचिवालयमा सुझाव पेश गरेका छन् ।
भ्रमण वर्ष सुरु हुन ४ महिना बाँकि छ तर प्रदेश स्तमा भ्रमण वर्षको चहल पहल गराउन भन्दै भ्रमण वर्ष प्रदेश दुईको प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समितिका सदस्य मोहन शर्मा सहितको टोलिले भ्रमण वर्ष सचिवालका उप सचिव निलम न्यौपाने समक्ष सुझाव तथा भ्रमण वर्षका संयाेजक समक्ष लिखित माग पेश गर्नु भएको छ ।

पछिल्लो समय प्रदेशको आर्थिक विकासको रुपमा रहेको पर्यटन क्षेत्रको विकास बिस्तार र प्रर्वद्धृन गर्न भ्रमण वर्षले कुनै कन्जुसायी गर्न नहुने भन्दै प्रदेशमा चहलपहल गराउँन विभिन्न सुझाव तथा सामाग्रीहरुको माग गरेको सदस्य शर्माले बताउनुभयो ।

विगतका समयमा प्रदेश दुईको पर्यटन विकासमा बिभिन्न प्रयासहरु भएपनी उपलब्धि मुलक हुन नसको बताउदै शर्माले भ्रमण वर्ष सफल बनाउन आफुहरु व्यापक रुपमा लागेको र भ्रमण वर्ष सफल भए रोजगार , स्वरोजगार , समृद्धी र आत्मनिर्भर हुने बताउनुभयो ।

प्रदेश दुईको प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समितिका सदस्यहरू माेहन शर्मा, राम बली दास, सुधिर उपाध्यायाले आफुहरुले भ्रमण वर्षका लागि जिम्मेवारी लिएका कारण प्रदेशमा तत्काल ब्रोसर, प्रदेशको डकुमेन्ट्री निमार्ण, पर्यटन डायरी, स्मारिका प्रकाशन,प्रदेश स्तरमा स्थानिय कार्यक्रम, भारतीय सिमा बजारमा क्रस बाेर्डर विटु वि गर्नु पर्ने, भिजिटिङ कार्ड सबै सदस्यहरुको, सदस्यहरुको जिम्मेवारी बाडफँड, स्थानीय निकायलाई सहकार्यको लागि परिपत्र गर्नु पर्ने, प्रदेश दुईका पर्यटकीय क्षेत्रहरुमा बजेट विनियोजन गरी प्रचार प्रसार गर्नु पर्ने, आर्थिक पारदर्शीता र कार्याक्रममको तयारी विषयमा परामर्श छलफल गर्नु पर्ने मागहरु पेश गरेको  बताउनुभयो ।

Write your Comment


Related News
  • मौलिकता जोगाउदै गोसाईकुण्डमा युवा
  • कर्णालीको समृद्धिमा रारातालको योगदान
  • एकै पटक १६ सचिवको सरुवा, पर्यटन मन्त्रालयमा केदारबहादुर अधिकारी
  • पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी