आज    |   

पर्यटन मन्त्रालयले पायो नयाँ मन्त्री-पहिलो पटक मन्त्री बने योगेश भट्टराई



प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराई पहिलो पटक मन्त्री बन्नुभएकाे छ । राष्ट्रपति निवास शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्या देवी भण्डारीले योगेश कुमार भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको शपथ खुआउनुभएको छ ।

भट्टराई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
स्व रवीन्द्र अधिकारीको निधन भएको पाँच महिना पछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ मन्त्री पाएको हो । फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रिक्त थियो ।

Write your Comment


Related News
  • अच्युत गुरागाई नाट्टाको अध्यक्षमा निर्वाचित
  • नेपाल भ्रमण वर्षको आधिकारिक वायुसेवा नेपाल वायुसेवा निगम
  • २५०० मिटरको उचाइमा ‘थम डाँडा इको होमस्टे कम्युनिटी’
  • नेपालको इतिहास बोकेको नुवाकोटको साततले दरबार
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी