ताजा समाचार

आज    |   

नेपाल भ्रमण वर्ष २०२० का लागि प्रदेश दुईले थाल्यो तयारी



नेपाल भ्रमण वर्ष २०२० का लागि प्रदेश २ सरकारले तयारी थालेको छ । सोमबार प्रदेश दुईको राजधानी जनकपुरमा भ्रमण वर्षको प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समितिलाई प्रादेशीक भ्रमण वर्षका अध्यक्ष प्रदेश दुईका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले पद तथा गोपनियताको प्रमाण पत्र वितरण गर्नु भएको छ ।

पर्यटन वर्षको समय नजिकिँदै गर्दा धार्मिक तथा पर्या पर्यटन क्षेत्रको ठूलो हिस्सा बोकेको प्रदेश दुई को पर्यटन क्षेत्रलाई चिनाउन छलफल गरिएको हाे।
छलफल कार्यक्रममा प्रदेश दुई सरकारका मुख्य सचिव, पर्यटन मन्त्रालयका सचिव, पर्यटन मन्त्रालय काठमाडौका उप सचीव, भिजिट नेपालका केन्द्रिय सचिवालय सदस्य, मुख्यमन्त्री कार्यालयका सुरक्षा सल्लाहकारको रोहबरमा नेपाल भ्रमण वर्षलाई सफल बनाउन युवराज लामा (रार्ष्ट्रिय खेलकुद परिषद्कार पुर्व सदस्य सचीव ), बिजय झुन्झुन्वाला र डा. भोगेन्द्र झालाइ सल्लाहकारमा मनोनित गरिएको छ ।

साथै भ्रमण वर्षलाई प्रभावकारी बनाउन नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ प्रदेश नम्बर २ ले आगामी कार्यक्रम तथा पर्यटन प्रबर्द्धनमा गर्नुपर्ने सुधार सहितको सुझाव तथा गुरुयोजना कार्यपत्र प्रस्तुत गरी संयुक्त रुपमा प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समितिलाई बुझएको नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समितिका सदस्य मोहन शर्मा लामिछानेले बताउनुभयो ।

Write your Comment


Related News
  • मौलिकता जोगाउदै गोसाईकुण्डमा युवा
  • कर्णालीको समृद्धिमा रारातालको योगदान
  • एकै पटक १६ सचिवको सरुवा, पर्यटन मन्त्रालयमा केदारबहादुर अधिकारी
  • पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी