ताजा समाचार

आज    |   

तारे होटलमा बाघ सम्मेलन, आहारा खोज्दै बाघ



नेपालमा हरेक वर्ष तारे होटलमा बाघ सम्मेलन हुने गर्छ तर संरक्षणको अभावमा बाघको संख्या अपेक्षित रुपमा बढ्न सकेको छैन् । यस वर्ष बाघ सम्मेलन नेपालगन्जको तारे होटल सेन्टर प्लाजामा गरिएको छ तर बाघ बस्ने जंगल विनास हुदै जाँदा यसको चुनौती हरेक वर्ष थपिदै गएको छ ।

तारे होटलमा बाघ सम्मेलन गर्ने आर्थिक रकम बाघ संरक्षणमा लगाए राज्यलाई फाईदा पुग्ने वातावरण संरक्षणविद्हरू बताउछन । उनिहरु भन्छन चोरीसिकारी, आहरा, वासस्थान र बाघका अंग तथा छालाको अवैध निकासी रोके नेपालमा बाघको संख्या बढ्नेछ ।

दुर्लभ मानिएको पाटे बाघको संख्या एसियामा करिब ४ हजार छ त्यसमा पनि भारतमा सबै भन्दा सबैभन्दा बढी रहेको छ ।  सन् २०१० मा नेदरल्यान्ड्सको सेन्ट पिटर्सवर्गमा भएको टाइगर समिट पछि नेपालमा जुलाई २९ मा बाघ दिवस मनाउन थालिएको हो।

नेपालका कुन निकुञ्जमा कति बाघ
चितवन राष्ट्रिय निकुञ्जमा ९३

बर्दिया राष्ट्रिय निकुञ्जमा ८७,

बाँके राष्ट्रिय निकुञ्जमा २१,

पर्सा राष्ट्रिय निकुञ्जमा १८

शुक्लाफाँटामा १६ वटा

Write your Comment


Related News
  • मौलिकता जोगाउदै गोसाईकुण्डमा युवा
  • कर्णालीको समृद्धिमा रारातालको योगदान
  • एकै पटक १६ सचिवको सरुवा, पर्यटन मन्त्रालयमा केदारबहादुर अधिकारी
  • पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी