ताजा समाचार

आज    |   

नेपालगन्जका होटलहरूको अकुपेन्सी घट्यो, व्यवसायी चिन्तीत



नेपालगन्जका होटलहरूको अकुपेन्सी दिन प्रतिदिन घट्दै गए पछि हाेटल व्यवसायीहरू चिन्तीत बनेका छन् । आईतबार होटल व्यवसायी संघ, बाँकेले नेपालगन्जमा रहेका गैरसरकारी संस्था, विभिन्न मानब अधिकारबादी संस्थाहरु भमाधम जिल्ला छाेडेर गएपछि त्यकाे प्रत्यक्ष असर हाेटल व्यवसायमा परेकाे भन्दै त्यलाइ राेक्न सराेकारवाला निकाय विच ‘वर्तमान समस्या र समाधान विषयक अन्तरक्रिया’ कार्यक्रम गरेकाे छ ।

अन्तरक्रिया कार्यक्रममा बाेल्दै प्रदेश ५ का सभा सदस्य आईपी खरेलले हाेटल व्यवसायीहरू कमजाेर भएका कारणा नै अहिले यस्ताे समस्या अाएकाे बताए । उनले अर्काले गर्देला र खाउला भन्ने मनसिकता त्यागेर अाफै गर्नुपर्छ भन्ने भावना राख्न अाग्र्ह गरे । प्रदेश राजधानिका विषयमा मैले पटक पटक संसद तथा मुख्य मन्त्री संग पनि कुरा राखेकाे छु । यदि राजधानी बाँके नभए कर्णाली प्रदेशमा हामीलाइ बिदा गर्नुपनर्ने बताए ।

अर्का प्रदेश ५ का सभा सदस्य मोहमद याकुव अन्सारी सरकारले हालै मात्र जारी गरेकाे व्यक्तिगत पान अव्यवहारिक भएकाे बताए । उनले १० हजारकाे तलव पाउने व्यक्तिले अाफ्नाे छाक टार्न हम्य हम्य भएकाे बेला वार्षिक दश हजार कसरी राज्यलाइ कर तिर्छ बरू उघाेगिलाइ  कर लगाउन  पर्ने बताए । नेपालगन्जमा पहाडकाे जडिबुटी नियमित रूपमा अाएकाे बेला यहाँका हाेटहरू राम्राे चलेका थिए तर प्रदेश सरकार भए पछि सबै प्रदेशमा गएका कारणा अहिले सबै क्षेत्रमा समस्या अाएकाे बताए ।

नेपालगन्ज उप महानगरपालिकाका मेयर धवल शमसेर राणाले प्रदेश राजधानीकाे टुङ्गाे नलागेकाे कारणा त्यसकाे प्रत्यक्ष असर हाेटल व्यवसायमा पर्न गएकाे बताए । उनले प्रदेशकाे राजधानी बाँके नै उपयुक्त भएकाे र बाँके राजधानी नभए स सम्मान कर्णाली प्रदेशमा पठाउन सरकार समक्ष माग गरे । हाेटलहरूमा जाेकाेहि पनि बस्न जाने भएकाले र कसैले झुक्काएर धन्दा चलाएकाे भए त्यसलाइ कसैले पनि बचाउन नहुने बताए । पछिल्लाे समय हाेटल व्यवसायमा भएका समस्या समाधानमा नगर प्रतिब्ध भएकाे बताए ।

हाेटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कडेलले विगतका वर्ष भन्दा यस वर्ष हाेटल व्यवसायकाे अकुपेन्सी घट्दै गएकाे बताए । मानसराेबर जाने भारतीय पर्यटक तथा नेपालगन्जमा रहेका गैरसरकारी संस्था, विभिन्न मानब अधिकारबादी संस्थाहरु धमाधम नेपालगन्ज छाड्दै गए पछि हाेटहरू बन्द हुने अवस्थामा पुगेकाे भन्दै कडेलले सम्वन्धीत पक्षले यसलाइ समाधान गर्नु पर्ने बताए । हाेटल व्यवसायीका माग प्रति सम्वन्धीत निकायले चासाे नदिए विगतमा उद्दधाेग बाणिज्यले गरेकाे विराेध भन्दा कडा विराेध गर्दै पानि समेत बन्द गर्ने चेताउनी दिए ।

उद्दधाेग वाणिज्य संघ का केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले हाेटल व्यवसायीका माग प्रति राज्य गम्भीर हुनुपर्ने बताए । उनले नेपालगन्जका संघ संस्थाहरूलाइ सरकारले राेक्न नसकेकाे अाराेप लगाए । हरेका कामका लागि नेपालगन्जमा अाउनु पर्ने व्यक्ति अव प्रदेशमा खुम्चिएकाे बताउदै उनले नेपालगन्जमा रहेकाे विमान स्थललाइ अन्तराष्टिय विमान स्थल बनाउनु पर्ने बताए ।

होटल व्यवसायी महासंघका प्रदेश अध्यक्ष भाष्कर काफ्ले विगत देखि नै नेपालगन्जका हाेटलहरूले विभिन्न समस्याहरू झेल्दै अाएकाे र वर्तमान समयमा हाेटलका रूम नै खाली राख्नु पर्ने समस्या जटिल भएकाे बताउनुभयाे । उहाँले राजधानी जहाँ भए पनि फरक नपर्ने बताउदै जिल्लामा पहिले जस्तै व्यवसाय चलाउन सराेकार पक्षले ध्यान दिनुपर्ने बताए ।

उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य व्यवसायीका लागि राज्य गम्भिर नभएकाे अाराेप लगाउनु भयाे । उहाँले राज्यकाे फितलाे नितिका कारणा अहिले याे समस्या अाएकाे बताउनुभयाे । नेपालगन्जमा उद्योग वाणिज्य संघले बनाउन लागेकाे पर्दशनि स्थल राज्यले गराउन नदिनु र भएका संघ संस्थाहरू पनि बाहिर जिल्ला पठाउनुले भाेलिकाे समयमा नेपालगन्जकाे अस्तित्व के हुने भन्ने रहेकाे बताए । सबैका समस्याहरूलाइ समाधान गर्दै जानु पर्नेमा जाेड दिए ।

नेपालगन्ज उप महानगरपालिकाका मेयर उमा थापा, बाँकेका एसपी विर बहादुर अाेलीले व्यवसायीका समस्या समाधानका बारेमा अापफुहरू प्रतिब्ध रहेकाे बताए ।

यस्तै, नेपाली काँग्रेस बाँके जिल्ला सभापति किरणा काेइराला, हाेटल व्यवसायी संघका पूर्व अध्यक्ष सल्लाहाकार नारद पुरी, पूर्व अध्यक्ष दिपेन्द्र कुमार जाेशी भेरी यातायत प्रा लिका उपाध्यक्ष शेभाकर पाैडेल ले हाेटल व्यवसायका माग प्रति सम्वन्धित निकाए काे ध्यान जानु पर्ने बताए ।

 

यस्ताे छ हाेटल व्यवसायीका १५ बुँदे समस्याहरू 

१. गैर कानुनी यातायात संचालन
नेपालका विभिन्न जिल्लाहरुबाट भारतका विभिन्न जिल्लाहरुबाट भारतका विभिन्न शहरमा जाने यातायातको साधनलाई हामीले अवैध मानेका छांै । यो सम्बन्धित निकायलाई थाहा होला हाम्रो भ्रम पनि हुन सक्छ । हाम्रो बुझाईमा पर्यटकीय प्रवेश कार्ड लिएका यातायातका साधनहरुले तिर्थ यात्री तथा प्रर्यटक बाहेक अन्य यात्रीहरुलाई गाडीमा राखिनु हुन्न यदि संचालन गर्नु नै छ भने कानुनी रुपमा संचालन गरियोस यथा सिघ्र खारिज गरियोस । कानुनीनै रुपमा पनि सिमावर्ती सहर भन्दा भित्र भारतीय बस व्यवसायिक रुपले चलाउन नमिल्ने व्यवस्था कडाइका साथ लागु गरियोस् ।
२. व्यवसायिक विच अस्वस्थ प्रतिस्पर्धा 
कोहलपुर जमुनाह र जमुनाह कोहलपुर चल्ने नगरका साधनहरुलाई सोझो कोहलपुर जमुनाह चल्ने भएकोले बसपार्कका होटल व्यवसायीहरु जमुनाह बाट आफ्ना परिचीत यात्रीहरुलाई ल्याउने गरेको छ । यसरी परिचीत यात्रुहरुलाई ल्याउदा जमुनाहमा असान्दर्भिक भिडभाड हुने र अस्वस्थ्व प्रतिस्पर्धाको व्यवसाय संचालन भएको देखिन गएकोले सो साधनहरुलाई जमुनाह बसपार्क हुदै कोहलपुर पठाईदिदा र कोहलपुरबाट पनि बसपार्क प्रवेश गराई जन्म पाउँदा हाम्रो ब्यवसायीको अवस्था प्रतिस्पर्धा हुने अवस्था आउँछ र हामी हाम्रा ब्यवसायीलाई पनि विज्ञापन र प्रचार प्रसार र स्वच्छ प्रतिस्पर्धा गरियोस सुझाव दिन चाहान्छु ।
३. अव्यवस्थित ट्राफिक
हामी चाहान्छौ खुल्ला सडक होस सडक पेटीमा कोही कसैले पनि ठेला गाडा नराख्न पेटीमा पैदल छेउमा कसैले गाडी घोडा तथा ब्यक्तिगत सामाग्री हुनु हुँदैन के यो सम्भव छ यो सम्बन्धित निकाय संगको प्रश्न हो ? हामी देखि रहेका छौ फर्निचर सामाग्री पेटी भन्दा सडक छापेको छ । यातायात का साधनहरु अब्यस्थित पार्किङ्ग भएका छन । ब्यक्तिगत नातावाद सहकार्यमा ट्राफिक नियम कायम भएको हामीले देखेका छौ । यसको विरोधी हामी छौ र कानून सम्मत र नियम सम्मत ट्राफिक नियम पालना गरियोस् यहि हाम्रो बुझाई छ ।
४. वातावरणीय प्रदुषण
स्वच्छ र हराफर शहर बनाउने शहर बनाउने निति अन्र्तगत सडक छेउमा वातावरणीय प्रदुषण स्थानिय कानुन बमोजिम कार्यन्वयन गरी बातावरण प्रदुषण रोक्न हामी अनुरोध गर्न चाहान्छौ र हामी केहि रेष्टुरेन्ट संचालन गरी रेष्टुरेन्ट ब्यवसाय हरुलाई सेकुवा पोल्न वातावरण प्रदुषण हुन्छ यहाँहरु आधुनिक चुलोको प्रयोग गरी आफ्नो व्यवसाय संचालन गरी गर्न सुझाव दिन चाहान्छौ ।
५. धार्मिक तथा पर्यटकीय 
बाँके जिल्लामा पर्यटकीय क्षेत्र तथा हाम्रा धार्मिक क्षेत्रहरुको पहिचानमा लगानी नहुनु, भएकै क्षेत्रको पनि पर्याप्त प्रचार प्रसार गर्न नसक्नु।
धार्मिक तथा पर्यटकीय बाँके सम्भावित क्षेत्रहरुमा पहिचान र प्रचार प्रसारमा वर्तमान तिनै तहका सरकारहरु उदासिन भएको देख्छौ । कुनै पनि बाह्य तथा आन्तरिक पर्यटकले रमाइलो स्थानमा रमणीय स्थानको सोध्दा हामी नाजवाफ हुन्छौ, बागेश्वरी मान्दिरका गुरु योजना अनुसार कार्यकलाप गर्नमा यहाँ थुप्रै धार्मिक सम्पदाको प्रचार प्रसार का लागी उचित बजेट प्रबन्ध नहँुदा सम्भावित कुराहरु पनि ओझेलमा परेका छौ । होटल ब्यवसायी ंसंघ पर्यटकीय क्षेत्रको सरोकार राख्ने निकाय भएकोले आगामी दिनहरुमा सम्बन्धित निकायको ध्यान जाओस् । यसका लागि पर्यटकीय निकाय संग संघ हातेमालो गर्न चाहन्छ ।
६. प्रदेश सरकारले राजधानीको टुङ्गो नलगाउनु
अस्थायी राजधानीको रुपमा बुटवललाई सिमित राख्दा बाँके बर्दिया कोल्टामा परेका छन । नेपालगञ्ज एउटा पुुरानो शहर र राजधानीको उपयुक्त संरचना हँुदाहँुदै पनि नेपालगन्जलाई छाँयामा पारेर यहाँका कार्यालय, संघ संस्थाहरु राजधानी केन्द्रित भएका कारण नेपालगञ्जको ब्यवसायमा हस आएको छ । यथासिघ्र राजधानीको टुङ्गो लगाइयोस् । नेपालगन्जनै प्रदेश राजधानीका लागि उपयुक्त हो भन्ने हाम्रो ठम्याई पनि हो ।
७. सरकारी तथा गैर सरकारी संस्थाहरु अन्यन्त्र जानु
संघीयताको संरचना अनुसार नेपालगन्ज रहि आएका,सामाजिक क्षेत्र मा काम गर्दे आएका संघ संस्थाहरु गाउँपालिका र राजधानी केन्द्रित हँुदा हामी ब्यवसायीहरु मर्कामा परेको महसुस भएको छ । तत्काल यहाँ कार्यक्षेत्र भएका कुनैपनि कार्यालयहरु पूर्ववतः नेपालगन्जमै रहने व्यवस्थाको सुनिश्चितता गरियोस् ।
८. सरकारको अब्यवहारिक करको निती
नेपाली जनता तथा हामी सम्पूर्ण व्यवसायी पनि सरकारी करको नीतिमा स्पष्ट भएका छैनांै । करको परिभाषा बुझ्न सकेका छैनांै । यसैमा सरकारले हामी ब्यवसायीलाई विभिन्न करको चेपुवामा पार्दा ब्यवसायी धराशयी हुन्छ डर लाग्ने अवस्था छ । त्यसैले यस्ता खाले अव्यवहारिक करका नीति फिर्ता गरियोस् भन्ने हामो माग छ ।
९. लागु पदार्थ दुब्र्यसनको समस्या
ख्ल्ला सिमानाका कारण भारतीय नाकाबाट लागुपदार्थको ओसार पसार का कारण यहाँका युवाहरु दुब्र्यसनी, यौन विकृती एक समस्याको रुपमा रहेको छ ।
भारतबाट कमाई गरेर आएका कतिपय यात्रुहरु लागु पदार्थ खुवाएर बेहोस पारेर लुट्न कार्य नरोकिएकोले यस्ता कार्यको अन्त्य गरिनु पर्दछ । सुरक्षा निकायको ध्यान त्यसतर्फ पुगोस् ।
१०. भ्रमण बर्ष २०२० र लुम्बिनी बर्ष २०७६ प्रचार प्रसार कमी
सरकारले निर्धारण गरेको भ्रमण बर्ष २०२० लुम्बिनी बर्ष २०७६ को सरोकारवाला र सम्बन्धित निकायसंग छलफल नै नगरी घोषणा गरे जस्तो महसुस हामीले गरेका छौं । यसको कार्यान्वयन पक्ष र सरोकारवालासंगको सहकार्यमा जोड दिई पर्यटन र ब्यवसायको बिकाशमा ध्यान दिन जरुरी छ । प्रदेश सरकार र संघीय सरकारले यी दुबै अवसरमा नेपालगन्ज क्षेत्रलाई पनि समावेश गरोस् । सोही अनुसार प्रचारप्रसार योजना बनाइयोस् ।
त्यसका लागि तत्काल नेपालगन्जबाट भइरहेका आन्तरिक उडानलाई व्यवस्थित गर्दै, नेपालगन्ज– पोखरा, नेपालगन्ज– भैरहवा उडान तत्काल व्यवस्था गरियोस् । साथै, यसबारे गरिने कार्यक्रमहरु राजधानी केन्द्रीत नगरि नेपालगन्जका लागि कार्यक्रम दिने व्यवस्था गरियोस् ।
११. पर्यटक प्रहरी र पर्यटन सुचना केन्द्र
सरकारले पर्यटकीय क्षेत्रको बिकासको लागी आवश्यक बजेट ब्यवस्थापन गरी बाँके पर्यटन सुचना केन्द्रको भवन बनाउन अति आवश्यक छ । यसै गरी पर्यटन प्रहरीको अभाव देखिएको यसको कार्र्यान्वयन तर्फ ध्यान जान आवश्यक देखिन्छ । पर्यटकीय नगरीका रुपमा विकसित नेपालगन्जका लागि पर्यटक प्रहरी बनाइनुपर्छ ।
१२. कार्यान्वयनको अभाव
अन्तर्राष्ट्रिय सभा गृह, अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगन्ज– दिल्ली उडान, नेपालगन्ज रिङरोड, सुख्खा बन्दरगाह जस्ता कुराको उठान हुने तर कार्यान्वयन नहुने अवस्थाको अन्त होस् ।
१३. बैंक ब्याजबारे निरन्तर व्यवसायिक क्षेत्रबाट व्यक्त भइरहेका असन्तुष्टिहरुको सम्बोधनमा सम्बद्ध निकायको ध्यान जाओस् । बैंक ब्याजको अनिश्चितताले होटल क्षेत्र पनि निरन्तर मारमा छ । यो अवस्थाको अन्त गरिनुपर्छ ।
१४. चालु आर्थिक वर्षबाट सरकारले अघि सारेको प्यान, भेइकल ट्रयाकिङ सिष्टम लगायतका व्यवस्थाहरुको तत्काल कार्यान्वयनमा आइरहेको जटिलतालाई ख्याल गर्दै सुसूचित र सशक्तिकरण तथा सरलीकृत गर्दै क्रमशः लागु गर्ने विषयमा सरकारको ध्यान जाओस् ।
१५. व्यवसायिक नीतिमा फेरबदल गरिरँदा आइपुग्ने जटिलताबाट हामी व्यवसायीहरु मर्माहत छौं । अतः स्थीर व्यवसायिक नीति बनाइयोस् । ताकि लगानीको सुरक्षासँगै व्यवसायिक सुदृढिकरण सम्भव होस् ।

Write your Comment


Related News
  • मौलिकता जोगाउदै गोसाईकुण्डमा युवा
  • कर्णालीको समृद्धिमा रारातालको योगदान
  • एकै पटक १६ सचिवको सरुवा, पर्यटन मन्त्रालयमा केदारबहादुर अधिकारी
  • पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी