ताजा समाचार

आज    |   

प्रचार प्रसारमा ध्यान दिए बर्दिया जिल्ला पर्यटकीय हब बन्न सक्छ -संजीप पौडेल



बर्दिया जिल्लाको पर्यटन प्रवर्धन गर्न एक्लो रुपमा सामाजिक सञ्चार देखि विभिन्न व्यवक्तिहरुसंग छलफल गदै बर्दियालाई पर्यटकीय हव बनाउन लागि पर्नु भएका संजीप पौडेल संग बर्दिया जिल्लालाई पर्यटनको हव बनाउन के गर्नु पर्ला भनि गरिएको कुराकानी ः


बर्दिया पर्यटन क्षेत्रलाई तपाईले कसरी नियाल्नु भएको छ ?
बर्दिया जिल्ला एउटा पर्यटकीय जिल्ला हो । नेपालमा जति पनि विदेशी पर्यटकहरु घुम्न आउँछन ति अधिकाशं साहसिक पर्यटन, जल पर्यटन, वाइल्डलाइफ पर्यटन, ट्रेकिङ, माउन्टेन क्लाइम्विङका लागि आउने गर्दछन । बर्दिया जिल्ला साहसिक पर्यटन, जल पर्यटन, वाइल्डलाइफ पर्यटन, र ट्रेकिङ गर्नका लागि उपयुक्त स्थल हो । यसका अलवा बर्दिया जिल्लामा विभिन्न प्रकारका जनावर, विभिन्न प्रजातिका चराचुरुङ्गीहरुको बास स्थान रहेको छ । सबै स्थानीय तहमा कुनै कुनै कुसीमका पर्यटकलाई आकर्षित गर्ने स्थलहरु रहेका छन् तर प्रसार प्रसार नहुँदा गुमनाम मात्र भएका हुन ।

तस्विर टंक रेग्मी

बर्दिया जिल्लामा पर्यटकलाई आकर्षित गर्ने बस्तुहरु के के छन् ?
बर्दिया जिल्ला प्राकृतिक, सास्कृतिक तथा धार्मिक महत्व बोकेको जिल्ला हो । बर्दियामा जिल्लामा पर्यटकहरु आकर्षित गर्ने ठाउँहरुमा नेपालकै सबैभन्दा लामो कर्णाली (गेरुवा) नदिमा बनेको कोठियाघाट सडक पुल, नेपालमै दुलर्भ पाटे बाघ, गोही , डल्फिन, गजराज तथा बिश्वकै दुर्लभ खर मयुर, सानो खर मयुर, सिम तित्रा, सारस, भुँडीफोर गरुड, उत्कोशी फ्याफ्याले, डांगर गिद्द, सानो खैरो गिद्द, सेतो गिद्द, सुन गिद्द, बोक्सी चिल, जीवहारा महांचिल, लघु महांचिल, राजहंचे, घेघरी घाँसे फिस्टो, बगाले बगेडी जस्ता चरा चुरुंगी तथा जीव जन्त रहेका छन् । यसका अलवा स्थानीय तह अन्तर्गत ६ वटा नगरपालिका र २ वटा गाउँपालिकामा धार्मिक महत्व बोकेका स्थलहरु पनि छन् । विशाल क्षेत्रफलमा फैलिएको बर्दिया राष्ट्रिय निकुन्ज, एसियामै १ खम्बाबाट पहिलोपटक निर्माण भएको कर्णाली चिसापानी सडकको पुल बिश्वमै दुर्लभ मानिएको र प्राकृतिक रुपले संरक्षण भएको कृष्णसार को अवलोकन गर्न पाईन्छ ।
बर्दिया भ्रमण वर्ष मनाई रहनुभएको छ पर्यटकहरु कत्तिको आएका छन् ?
बर्दिया जिल्लामा रहेका पर्यटकीय स्थलहरुलाई चिनाउन बर्दिया भ्रमण वर्ष २०७६ को आयोजना गरिएको हो । हामीले भ्रमण वर्षको घोषण पश्चात बर्दियामा आन्तरिक पर्यटक भित्राउनका लागि पोखरा, बुटवल लगायतका ठाउँका पर्यटन व्यवसायीहरुसंग छलफल तथा बर्दिया घुम्नलाई आमन्त्रण गरेका छौँ । यसले बर्दियामा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटक संख्यामा वृद्धि हुने विश्वास लिएका छौँ । पर्या पर्यटन, धार्मिक पर्यटन लगातका हिसावले पनि बर्दिया उपयुक्त ठाउँ हो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउदै छ । यसले पनि बर्दिया घुम्न आउने पर्यटकको संख्यामा वृद्धि हुन्छ भन्ने हामीले अनुमान गरेका छौँ ।
तपाईले बर्दियालाई पर्यटकीय हव बनाउँछु भन्नुभएको छ, के यो सम्भव छ ?
हो बर्दियालाई पर्यटकीय हव बनाउँन सकिन्छ । जिल्लामा रहेका गुलरिया नगरपालिका, बासगढी नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका र बाह्बर्दिया नगरपालिका गरी ६ वटा नगरपालिका छन भने बढैयाताल गाउँपालिका, गोरुवा गाउँपालिका भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण र व्यापक प्रचार प्रसार गरी पर्यटक भित्राउन सकियो भने बर्दिया पर्यटनको हव बन्न सक्छ । अहिले व्यवसायी एक तिर र जनप्रतिनिधि एक तिर छन् । दुबैले संङ्कल्पका साथ अगाडि बढे ५ वर्ष भित्रमा हव बन्न सक्छ ।
अन्तमा बर्दियालाई पर्यटकको प्रमुख गन्तव्यको रुपमा चिनाउन के गर्नु पर्ला ?
पछिल्लो समय नेपालीहरूमा घुमफिर गर्ने प्रवृत्ति विस्तारै बढ्न थालेको छ । विदेशीको तुलनामा नेपालीहरू नयाँ स्थानहरूमा घुम्न जाने रमाइलो गर्ने, पैसा खर्च गर्ने गरेको पाइन्छ । यसैलाई मध्येनजर गदै जिल्लामा रहेका पर्यटकी स्थलहरुमा आन्तरिक पर्यटक भित्राउनु पर्दछ । वाह्य पर्यटकको लागि मिडियाको विभिन्न माध्यमबाट प्रचार प्रसार गर्नु पर्दछ । र व्यवसायीहरुले पनि वर्दियाको प्याकेज बनाई बाह्य पर्यटकलाई बेच्नु पर्दछ । र सबै स्थानिय तहमा रहेका पर्यटकीय स्थलहरुलाई व्यापक रुपमा प्रचार प्रसार गर्नु पर्दछ ।

Write your Comment


Related News
  • सौराहामा खुल्यो सामुदायीक होमस्टे, एक रात खान, बस्न १ हजार
  •  दिगो विकासको सारथीः दिगो पर्यटन
  • दैलेखको पहिचान के हो ? किन गुमनाम छन् पर्यटकीय स्थलहरु ?
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी