ताजा समाचार

आज    |   

नेपाल पर्वतारोहण संघको विधान संसोधनमा ज्योति अधिकारीको खुल्ला पत्र



नेपाल पर्वतारोहण संघको विधान संसोधन मा निम्न बुधामा संसोधोनले पनि यो संध चिरकाल सम्म उत्कृष्ट संस्थाको रुपमा जिवन्त रहन सक्दछ । भोलिहुने संसोधनको भेलामा सहभागि बनेर आफ्नो भुमिका निभाऔं ।

(क) एक अध्यक्ष र धेरै उपाध्यक्षा राख्ने भए ३ उपाध्यक्ष राख्ने । त्यस्तो अवस्थामा उपाध्यक्षहरु उच्च क्षमताको पर्वतारोहण पेशेवार बाट एक । हिमालि भेगमा रहने या निरन्तर कार्यरत श्रमिक या बासिन्दा बाट एक र आरोहण संचालन गर्ने ब्यबसायीहरु मध्यबाट एक राख्ने ब्यबस्था गर्ने । उमेर या योगदानको आधारमा सिनियर जुनियर उपाध्यक्षरु को पोर्टोकल छुटिने ब्यबस्था राख्ने ।

(ख) महासचिव । सचिव र कोषाध्यक्ष एक । एक पद मात्र ।

(ग) सदस्यहरू ५ जना भए पुग्न सक्दछ । ठुलो बनायो भने काम नगर्ने संघ लाई उपयोग मात्र गर्ने बेईलामीहरुको अखडा मात्र बन्ने परम्परा यथावत रहन्छ । समयको अभावहुने र आफ्नो खासै मत दिने बाहेक काम नभएकाले ब्यस्त रहने राम्रा सदस्यहरु मिटिङमा नआउने परम्परा त्यसैले बसेको हो । च्याप्टरहरुमा पनि सदस्य संख्याको १० प्रतिशत भन्दा कम मात्र भएको कार्य समिति बन्न सक्ने ।

(घ) प्रदेशहरूमा च्यापटर रहेका र कम्तिमा संघको धोषित गतिविधिमा करोडौंको अमुल्य योगदान दिन सक्ने हैसियत भएका च्यापटर या प्रदेश अध्यक्षहरू जो पर्देशकै भुगोलमा स्थायिरुपमा रहने गर्दछन लाई पदेन केन्द्रिय सदस्य बराबरको पदेन हैसियत पर्दान गर्ने ।

(ङ) संघका संपुर्ण सदस्यहरु मध्यको पेशेवार उच्च दक्ष आरोहिबाट ३० पर्तिशत, भुगोल र पर्वताराेहण मजदुर बाट ३० प्रतिशत, आरोहण या पदयात्रा ब्यबसायिहरु बाट ३० प्रतिशत तथा अन्यक्षेत्रबाट १०प्रतिशत मात्र सदस्य रहने सक्ने ब्यबस्था गर्ने ।

(च) सदस्य शुल्क तोक्दा सदस्यहरु को लागि बार्षिकरुपमा हुने खर्च र कार्यलय संचालन गर्न आवस्यक रकमको ठुलो हिस्सा उठ्न सक्ने गरेर तोक्ने ।

(छ) पदाधिकारिहरूमा एक पटकमात्र एक पदमा रहन सक्ने तथा कार्य समिति या अन्ने समितिहरुमा या उपसमितिहरूमा लगातार २ पदाबधि भन्दा बढि रहन कुनैपनि सदस्य अयोग्य मानिने । यो वुधां संस्था स्थापनाकाल देखिनै लागु भएको मानिने ।

(ज) पदाबधि २ वर्षमात्र गर्ने ।

स्वार्थि समुहबाट अलग गर्ने हो भने यो भन्दा अन्य विकल्पले पर्वतारोहण संघमा राज्यको स्रोत रहुनजेल लुट्ने एक जमातलाई स्थायीरुपमा अलग गर्न त्यति सजिलो हुने छैन ।

Write your Comment


Related News
  • मौलिकता जोगाउदै गोसाईकुण्डमा युवा
  • कर्णालीको समृद्धिमा रारातालको योगदान
  • एकै पटक १६ सचिवको सरुवा, पर्यटन मन्त्रालयमा केदारबहादुर अधिकारी
  • पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी