ताजा समाचार

आज    |   

नेपालगन्ज हुदै मानसरोवर जाने पर्यटक घटे, होटल व्यवसायीहरु चिन्तीत



नेपालगन्ज हुदै मानसरोवर जाने भारतीय पर्यटकको संख्या घटेको छ । नेपालगन्जको बाटो भएर कैलास मानसरोवर दर्शन गर्न जाने भक्तजनको संख्या विगतका वर्ष भन्दा निकै नै कम रहेको होटल व्यवसायी संघ वाँकेका अध्यक्ष भिमलाल कडेलले बताउनुभयो ।

कडेलका अनुसार अहिलेसम्म ६ हजार भारतीय पर्यटक नेपालगन्ज भएर  कैलास मानसरोवर दर्शन गर्न गएका छन् । गत बर्ष १२ हजार धार्मिक पर्यटकले  नेपालगन्जहुदै कैलास मानसरोवरको दर्शन गर्न गएका थिए ।

भारतीय धार्मिक पर्यटक घटे पछि हाेटल व्यवसायी चिन्तीत 

विगतका वर्ष भन्दा यस वर्ष भारतीय पर्यटक घट्दै गए पछि हाेटल व्यवसायीहरू चिन्तीत भएकाे होटल व्यवसायी संघ वाँकेका अध्यक्ष भिमलाल कडेलले बताउनुभयो । उहाँले तारे र केहि ठूला हाेटलमा भारतीय पर्यटक भए पनि साना हाेटलमा नभएकाे बताउनुभयाे । २०७४, ०७५ मा मानसराेबर जाने पर्यटककाे संख्या १३ हजार रहेकाे बेला साना ठूला हाेटलहरू सबै भरीभराउ नै थिए । तर ०७६ मा एक्कासी पर्यटककाे संख्या घट्नुले हाेटल व्यवसायीहरू चिन्तीत बनेका छन् ।

पर्यटक घट्दै गए पछि साना लगानीका हाेटलहरू धमाधम  बन्द र अन्यत्र विस्थापीत हुने क्रम चलेकाे छ । ठूला हाेटलकाे लगानी भारतीय व्यक्तिले गर्नु र नेपालगन्जमा भएका सरकारी, गाैर सरकारी, तथा विभिन्न संघ  संस्थाका कार्यालय धमाधम सुर्खेत बुटवल गए पछि यहाँका साना लगानीका हाेटलहरू बन्द हुने अवस्थामा पुगेका अध्यक्ष कडेलले बताउनुभयाे ।

Write your Comment


Related News
  • एकै पटक १६ सचिवको सरुवा, पर्यटन मन्त्रालयमा केदारबहादुर अधिकारी
  • पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन
  • डोल्पो महोत्सव सफल पार्न सुर्खेतमा अन्तक्रिया
  • कंगारु होटेलका सञ्चालक फरार भन्ने गलत ‘मिडियाबाजी’ गरिएको प्रति होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितावनको आपत्ति
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी