ताजा समाचार

आज    |   

पोखरा सिटी टुर गाइड एसोशियसनको अध्यक्षमा कृष्ण भारती चयन



पोखरा सिटी टुर गाइड एसोशियसनको अध्यक्षमा कृष्ण भारती चयन भएका छन् । शनिबार  एसोशियसनको पहिलो बार्षिक साधारण सभा तथा अधिवेशनले पोखरा सिटी टुर गाइड एसोशियसनको दोस्रो कार्यकालका लागि कृष्ण भारतीलाइ अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अधिवेशनले एसोशियसनको उपाध्यक्षमा दिनेश शर्मा गौतम, सचिव आनन्द गुरुङ, सह सचिव मिरा सापकोटा, कोषाध्यक्ष सरस्वती थापा (खड्का), लाई चयन गरेको छ ।
सदस्यहरुमा, खमनसिंह गुरुङ र बुद्धि सागर देवकोटा चयन भएका छन् । पोखरा सिटी टुर गाइड एसोशियसनमा आफ्नै व्यवसाय चलायका तथा टुर गाइड गर्दै आएका पदाधिकारी आवद्ध छन् ।
पोखरमा रहेका टुर गाइडहरुले आफ्नो अधिकार सुनिश्चित गर्न असोज ९ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत दर्ता भई पोखरा घुम्न आउने पर्यटकलाई सहजता दिदै आईरहेको छ ।

Write your Comment


Related News
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी