आज    |   

रसुवाको आमाछोदिङमो गाउँपालिकामा नयाँ ट्रेकिङ रूटको अध्ययन तथा अनुसन्धान सम्पन्न



कृष्ण तामाङ, रसुवा। ग्रामीण पर्यटन तथा वातावरणीय शिक्षा समाज नेपालद्वारा रसुवाको आमाछोदिङमो गाउँपालिकामा नयाँ ट्रेकिङ रूटको अध्ययन तथा अनुसन्धान सम्पन्न भएकाे छ । रसुवा जिल्ला पर्यटकीय हिसाबले अत्यन्तै धनी जिल्ला मानिन्छ। पर्यटकीय हिसाबले निकै नै सम्भावना रहेपनी प्रचार प्रसारको कमीले यि ठाउँहरू ओझेलमा परेका हुन। आमाछोदिङमो गाउँपालिकाको आर्थिक सहयोगमा १७ दिनको पदयात्रा अध्ययन तथा अनुसन्धान गरिएको टोलीका सदस्य विपिन लामाले बताए।पदयात्रा रसुवाको मैलूङ हुदै हाकू,गत्लाङ,जार्सा,खुर्पु,जयश्वरी कुण्ड, डिल्पो कुण्ड, साङजेन हिमाल वेश क्याम्प ४८०० उचाई भएर चिलिमेको तातोपानी पुग्न सक्ने हिमालय च्याङबा ट्रेक्स एण्ड एक्स्पिडिसनका सञ्चालक सन्तोष तामाङले बताए। यस टोलीले सान्जेन हिमालको फेदमा डिल्पो कुण्ड भन्ने नया कुण्ड पत्ता लगाएका छन।
ग्रामीण पर्यटन तथा वातावरणीय शिक्षा समाज नेपाल रसुवाद्वारा आयोजना गरिएको अध्ययन अनुसन्धानमा काठमाण्डौबाट नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोही संघ,गणेश हिमाल पर्यटन बोर्ड, हाईलाईटस टुरिजम डकुमेन्ट्रि लिडर तथा म्याप हाउसको प्रतिनिधिहरूकाे सहभागिता रहेकाे थियाे ।
ग्रामीण विकासमा पर्यटनको महत्त्वपूर्ण भूमिका रहेकाले यस पदमार्गमा छिट्टै नै खाने,बस्ने होटलहरू, सुरक्षा व्यवस्था गरि छिट्टै नै सन्चालनमा ल्याउने ग्रामीण पर्यटन तथा वातावरणीय शिक्षा समाज नेपाल रसुवाका अध्यक्ष मिङमार छिरिङ तामाङले बताए।

Write your Comment


Related News
  • पर्या-पर्यटनको एक नमुना : अन्नपूर्ण इको भिलेज एण्ड रिसोर्ट (भिडियोमा हेर्नुहोस्)
  • एक पटक हेर्नै पर्ने से–फोक्सुन्डो यात्रा (भिडियो मा हेर्नुहोस्)
  • एक पटक पुग्नै पर्ने ठाउँ कालिन्चोक भगवती मन्दिर तथा जिरी
  • कति सुन्दर छ हिमालपारीको जिल्ला मुस्ताङ
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी