आज    |   

नेपाली युवा र पर्यटन



दिपक जैसी
सकारात्मक साेंच भनेको यस्तो कुरा हो जसले मानव जिवनमा रहीआएका सम्पूर्ण पक्ष संम्वेगात्मक सामाजिक, नैतिक, भौतिक,आर्थिकका साथै मानव जिवनमा आईपर्ने सबै कुराहरुलाई भावनात्मक रुपले मन र मष्तिकमा महत्वपुर्ण स्थान राख्दछ । जसरी नङ्ख बिना मासु र मासु बिना नङ्ख अथवा पानिबिना माछा अलग सम्भव छैन त्यसै गरी नेपालमा पर्यटन कृर्षि ब्यापार, उद्दोग, बिना बिकाश सम्वभ छैन । मार्ग निर्देशनमा सवल सक्षम र सफलताका लागी एक भई राष्ट्रको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाब पार्ने क्षेत्र राजनितिक, धार्मिक, आर्थिक, सामाजिक, साँस्कृतिकका साथै पर्यटकीय क्षेत्रको बिकाशका लागी युवाको महत्वपूर्ण स्थान रहन्छ जसमा सकारात्मक सोंचको खाँचो रहन्छ ।


नेपाली युवा जो रोजगारिका अवसरहरु खोज्दै बिदेशी भुमितिर पलाएन भएका छन् बिदेशी मरुभुमीमा कौडीको रुपमा आफ्नो सीप मिहिनेत इमान्दारका साथ वेचिरहेका छन् । अनि नेपालको सघिंयराज्य जहाँको उर्भरभूमीको बाँझो जग्गामा दुवो पलाएको छ ,अनी हामी र हाम्रो देशले अरुदेश संग सहयोग मागीरहेका छौ । अव हामिले बिचार गर्नुपर्छ नेपाललाई बिश्वकै धनी देश बनाउनमा देशमा भएको स्रोत र साधनलाई उचित प्रयोग गरी पुर्वाधार निर्माणमा विशेष ध्यान दिने, नेपालमा भएका अवसर सम्भावना नयाँ खोज र अनुसन्धानलाई सकारात्मक तवर तरिकाबाट युवाहरुलाई आबिस्कारात्मक रुपमा अगाडी बढाउने,आफ्नै देशमा कैयौं रोजगारी सिर्जना गरी परीवर्तनका संबाहकका रुपमा रहेका युवावर्गहरुलाई उद्दोगधन्दा कलकारखाना, निजीक्षेत्र तथा साझेदारी निकायमा राम्रो सम्बन्ध बनाई नयाँ उद्धमी बनाउने नबिन सोंचको बिकाश गरी सम्बृद्धितर्फ बढाउने काममा अग्रसरता देखाउनु पर्छ परिवर्तनको माध्यम भनेको नै युवा हुन्, जहा युवा सक्रिय हुन्छन त्यहाँ परिवर्तन हुन्छ काधमा जिम्मेवारी मस्तिष्कमा इमान्दारी, हृदयमा वफादारी र हातमा सीप भई र स्वरोजगारी मूखी भई देशमा नै पौरख चलाउन सक्ने नेपाली युवा जुन युवा रोजगारीका लागी अन्तै जानु पर्ने बाध्यता रहने छैन । जुन लक्ष्यमा पुर्याउनका लागि पर्यटन कृर्षि ब्यापार, उद्दोग,का साथै सम्बन्धि क्षेत्रमा ठोस निति कार्यक्रम ल्याउनमा राज्य र सरोकारवालाको ध्यान गहनताका साथ अघि बढेमा युवाले आफ्नो सीप मिहिनेत इमान्दारका साथ बिदेशी भुमीका पोख्नु पर्दैन।

जहाँ प्राकृतिक सौन्दर्यता स्वास्छ हावापानि हराभरा वनजङ्खल कलकलाउदा खोलानाला ताल तलैयाका साथ कुहुकुहू कोइलिको आवाज डाँफे मुनाल साथमा लालीगुरासले मनमोहक तुल्याउने प्राकृतिक स्पर्सका लागी पर्यटन नेपालमा आगमन हुन्छन् प्रकृतिसंग रमाउदै गर्दा उनिहरुलाई भावनात्मक रुपले नेपाल लाई बिश्व सामु चिनाई सकारात्मक साेंचका साथ आर्थिक विकासको पाटो पर्यटन कृर्षि ब्यापार, उद्दोग, क्षेत्रको बिकास गर्न उत्कृष्ट गन्तव्य स्थलहरुको रुपमा रहेको नेपाल जहाँ प्राकृतिक सौन्दर्यता जैविक विभिधता बहुजातिय बहुभाषिय, सामाजिक, नैतिक, ऐतिहासिक, साँस्कृतिक सम्पदाले भरीपूर्ण बिश्व पर्यटनका लागी अग्र स्थानमा रहेको सर्वोच्च सिखर सगरमाथा, बुद्ध जन्मस्थल लुम्बिनी, पबित्र र्धािमक स्थल पशुपतिनाथ, जनकपुरधाम लगाएतका हजारौं पर्यटकिय स्थलहरु अवस्थित नेपाल पर्यटन प्रर्वद्धन र बिकासका लागी पर्यटक आगमनको पहिलो र महत्वपूर्ण स्थान रहन्छ उन्नतिको मुख्या आधार मेरुडण्ड कुन क्षेत्र हो त्यसलाई गहनताका साथ अघि बढाउन सबै नागरीक र राज्य लाग्नु पर्दछ ।

सन् २०१२ कुल ग्रार्हस्थ उत्पादन बृद्धिदर नकारात्मक रहेका पाराग्वेको अर्थतन्त्र अहिले पर्यटनर सकारात्मक भए कै कारण सकारात्मक हुदै गइरहेको छ । उन्नतिको मुख्या आधार भएकोले अथिति देव भव को भावनालाई उजागृत गर्दै देशमा भएको स्रोत र साधनलाई उचित प्रयोग गरी पुर्वाधार निर्माणमा विशेष ध्यान दिएमा सम्पुर्ण श्रेत्रको बिकासको लागी सकारात्मक सोंच हुन जरुरी हुन्छ । देशको प्रमुख बलियो खम्बाको रुपमा रहेको वा मानिएको पर्यटन कृर्षि ब्यापार, उद्दोग ब्याबसायलाई मुर्त रुप दिन र यस ब्याबसाय लाई पर्वधन गर्न सकारात्मीय प्रचार प्रसार पा्रथमिकताका सााथ अगाडी बढाएमा नेपालको गन्तब्य सेवा सुबिधा मौलिकता बिश्व ब्यापी प्रसार र प्रचारको रणनितिक बनाउनु पर्दछ । प्रमुख आय श्रोत मानिने पर्यटन कृर्षि ब्यापार, उद्दोग ब्यबसायले समृद्धीको गोरेटो तय हुनेछ । पर्यटन कृर्षि ब्यापार, उद्दोग ब्यबसायलाई फराकिलो मजबुत राष्टिय तथा अन्र्तराष्टिय स्तरमा पुर्याउनको लागि नेपाल सरकारले ठोस निति कार्यक्रम ल्याउनमा पनि सरोकारवालाको ध्यानसंचारको महत्वपुर्ण भूमिका रहन्छ । सकारात्मक सोंचका साथ अगाडी बढाई नेपाललाई बिश्वमा सबै भन्दा सुन्दर प्राकृतिक देशको रुपमा चिनाउन सक्छौ ।

सामाजिक विविधता एवं एतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाललाई विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय स्थलहरुलाई बिश्वसामु चिनाउनका लागी हामीहरु लागी पर्नु पर्ने हुन्छ । सकारात्मक सोंचका साथ अगाडी बढाई नेपाललाई बिश्वमा सबै भन्दा सुन्दर प्राकृतिक देशको रुपमा चिनाउन सक्छौ । सामाजिक विविधता एवं एतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाललाई विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय स्थलहरुलाई बिश्वसामु चिनाउनका लागी हामीहरु लागी पर्नु पर्ने हुन्छ ।पर्यटन बिकासको पैचुर सम्भावना रहेको नेपाल अन्र्तराष्टिय जगतमा पर्यटन प्रर्वधन गर्न त्यसमा पनि अझ पर्यटन क्षेत्रलाई बिस्तार र व्यबस्थि तगर्नका लागी सकारात्मक साेंचको महत्वपुर्ण खाचो हुन्छ । पर्यटकहरुले सकारात्मक अनुभव लिएर स्वदेश फर्किने वातावरण वनाउनु पर्दछ ।

नेपालको पर्यटन व्यबसायले सबै नागरिकको जिबिकापार्जन र रोजगारीको अवसर प्राष्त हुने भएकाले यसको बिकासमा । असम्भव मानिएका वस्तु गरेर नै सम्भव भएको हो । अन्य देशमा मानिसहरु चन्द«मामा वस्ति वसाउन कसरत गरीरहेका छन्, समुन्द« भित्र होटल निमार्ण गरीसकेका छन्, नयाँ नयाँ प्रविधी अपनाईरहेका छन् भने हामी ले कृर्षि ब्यापार, उद्दोग पर्यटन व्यबसायलाई रोजगारीको अवस्था नभएका कारण इन्डिया, जापान, अमेरिका, वेलायत लगायत खाडी मुलुकमा आफ्ना बलिया पाखुरा खियाई रहेका युवाहरुलाई देशको विकासका लागी बाटो बनाउन युवाशक्ती, विद्यालय बनाउदा युवाशक्ती, देशमा कृषि प्रणाली लाई अग्रता दिन युवाशक्ती, कलकारखाना चलाउनका लागी युवाशक्तीका साथै अब राष्ट्र चलाउनका लागी पनि युवाशक्ती आवश्यक पर्छ त्यसकारण युवा यस्तो शक्ती हो जून देशको भूत, वर्तमान र भविष्यको आकलन, विवरण, मूल्याङकन गर्न र हिसाबकिताब समेत गर्न सक्छ । जब हामीहरु कुनै कारखाना जान्छौ त्यहा युवा नै देख्छौ भने आज नेपाली समाजमा युवाको महत्वपूर्ण देन रहेको छ कृर्षि प्रर्णालिलाई आधुनिक तवर र तरिकाले अगाडी बढाएमा कृर्षिको ब्यावसायीकरण भई देशमा रोजगारीको सिर्जना हुन जान्छ ।

विदेशमा कौडीको रुपमा सीप मिहिनेत वेचिरहेका युवाले नेपालमा रोजगारी अवसर पाउनु का साथै राष्टको अर्थतन्त्र बलियो भई राष्ट समुन्नत र देश बिकास हुन जान्छ फलस्वरुप सकारात्मक सोंचका साथ पर्यटन कृर्षि ब्यापार, उद्दोग ब्यबसायमा दिर्घकालिन निति नियम अवलम्वन गरीफलस्वरुप युवाको भूमिकाले आज समृद्ध देश आत्मनिर्भरताको देश, सकारात्मकको देश र रोजगारी सिर्जना गर्ने देश कृर्षिको व्यवसायकरण भएको देश,पर्यटनको खानी भनेर चिनाउनका लागी युवावर्गको महत्वपुर्ण योगदान रहन्छ । त्यस कारण पर्यटन कृर्षि र युवाको एक आपसमा नङ्ख र मासुको सम्बन्ध रहेको छ साथ अगाडी बढेमा बिदेशी मुद«ा आर्जन रोजगारीको वृद्धिसगै जनताको जिवन स्तरमा सुधार हुदै जानेमा दुईमत नै छैन ।

फलस्वरुप राज्य कै स्वामित्वमा काठ र जडिबुडी उद्दोग स्थापना गरेर काठका सामान निर्मा गरी निर्यात गरेमा देशमा रोजगारी सिर्जना भई आत्मनिर्भर नेपाली जनता हुने कुरा सवैको मानस पटलमा रहीरहेको छ, राष्ट्रको अर्थतन्त्रलाई दिगो सवल र सक्षम बनाई राष्ट्रको उन्नती समेत हुन जान्छ

Write your Comment


Related News
  • पर्या-पर्यटनको एक नमुना : अन्नपूर्ण इको भिलेज एण्ड रिसोर्ट (भिडियोमा हेर्नुहोस्)
  • एक पटक हेर्नै पर्ने से–फोक्सुन्डो यात्रा (भिडियो मा हेर्नुहोस्)
  • एक पटक पुग्नै पर्ने ठाउँ कालिन्चोक भगवती मन्दिर तथा जिरी
  • कति सुन्दर छ हिमालपारीको जिल्ला मुस्ताङ
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी