ताजा समाचार

आज    |   

गण्डकी प्रदेश भ्रमण वर्ष सफल पार्न ७ प्रस्ताव पारित



प्रदेश सरकारले पर्यटनलाई प्रादेशिक अर्थतन्त्रको प्रमुख आधारशिला मानेको छःमुख्य मन्त्री गुरुङ

गण्डकी प्रदेशको आन्तरिक पर्यटन बर्ष २०१९ मुल आयोजक समितिको प्रथम बैठक ७ प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । सोमबार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालको अध्यक्षतामा पोखराको दोबिल्लामा बसेको मुल आयोजक समितिको प्रथम बैठकले कार्ययोजनामा संशोधन गर्ने ,कार्यविधि तयारी गर्ने,कार्यक्रमको तिब्र तयारी गर्ने,जिल्ला र पालिकास्तरीय समितिलाईपूर्णता दिने,जिल्ला र पालिकास्तरीय समितिको कार्यविधि तथा कार्यक्रम निर्माण गर्ने, कार्यान्वयन तथा मूल आयोजक समितिको पूर्णता दिने र पर्यटन सम्बन्धित गतिविधि तथा समन्वय गर्ने गरि सात प्रस्ताव पारित गरेको हो ।

समितिले यस अघि निर्माण गरिएको कार्ययोजना सन् २०१९ सम्मको लागि मात्र निर्माण भएकोमा अब उक्त कार्ययोजना संशोधन गरी नेपाल सरकार र प्रदेश सरकारले घोषणा गरेका पर्यटन वर्षहरु (आन्तरिक पर्यटन वर्ष २०१९, छिमेकी देशका पर्यटक आकर्षण वर्ष २०२० तथा अन्तराष्ट्रिय पर्यटन वर्ष २०२२) समेतलाई आधार मानेर कार्ययोजना संशोधन गर्ने निर्णय गरेको छ । साथै मूल आयोजक समिति, उपसमितिहरु तथा कार्यक्रम कार्यन्वयन उपसमितिहरुको समयावधि समेत २०२२ सम्म लम्बाउने निर्णय पनि गरेको छ ।

जिल्ला तथा गाउँरनगरपालिकास्तरीय पर्यटन वर्ष समितिको पूर्णता दिनको लागि सम्बन्धित समन्वय प्रमुख तथा गाउँरनगरपालिका प्रमुखको अध्यक्षतामा ९ सदस्य समिति निर्माणका लागि सम्बन्धित समितिको छलफलबाट निर्माण गर्ने निर्णय समेत गरेको संयोजक जुद्ध गुरुङले जानकारी दिनुभयो । मुल समितिले विभिन्न ९ उपसमितिका संयोजक समेत चयन गरेको छ ।

गण्डकी प्रदेशको आन्तरिक पर्यटन बर्ष २०१९ मुल आयोजक समितिको प्रथम बैठक लाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलेपर्यटन विकास र विस्तारबाटनै गण्डकी प्रदेशको समृद्धि सम्भव देखेर प्रदेश सरकारले पर्यटनलाई प्रादेशिक अर्थतन्त्रको प्रमुख आधारशिला मानेको बताउनुभयो । गण्डकी प्रदेश मौलिक कला संस्कृति,प्राकृतिक एवम् ऐतिहासिक सम्पदा र भौगोलिक तथा जैविक विविधता गण्डकी प्रदेशका अमुल्य निधि रहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले पर्यटकको बसाई लम्ब्याउने नयाँ पर्यटकीय स्थलहरुको खोजी गर्दै तिनको प्रवद्र्धन र पर्यटन पूर्वाधार निर्माणमा प्रदेश सरकार निरन्तर लागिरहेको बताउनुभयो ।

उहाँले प्रदेश भित्रका महत्वपूर्ण पर्यटकीय स्थलहरु सुन्दर नगरि पोखरा,विश्वमै अग्लो स्थानमा रहेको तिलिचो ताल,हिडन ट्रेनरका रुपमा रहेको हिमालपारीको जिल्ला मुस्ताङ्,मानाङ, र उत्तरी गोरखा,हिन्दुहरुको पवित्र भुमी मुक्तिनाथ,विश्व प्रख्यात पदमार्गहरु,ढोरपाटन शिकार आरक्ष,शालिग्राम उत्पादन गर्ने एक मात्र कालिगण्डकी नदी लगाएतका स्थानहरुले पर्यटक आकर्षण गर्नमा महत्व्पूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।

पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विश्वका विभिन्न मुलुकहरु सँग सिधा सम्पर्क जोडिने र प्रदेशमा पर्यटकको सख्या वृद्धि हुने दावी समेत गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य डा.विष्णु बराल,उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिब विष्णु प्रसाद भण्डारी लगाएतले पर्यटन विकास,सम्भावना र चुनौतीका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Write your Comment


Related News
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • TAAN Suggests Policy Reforms to Tourism Minister
  • होसानको निर्णय : भ्रमण वर्ष अवधिभर होमस्टेहरुमा बस्न आउने पर्यटकहरुलाई २० प्रतिशत छुट दिने
  • भारतीय पर्यटक माथि भएको दुव्र्यवहार प्रति पश्चिमाञ्चल होटल संघको गम्भीर ध्यानाकर्षण, दोषीलाई तत्काल कार्वाही गर्न सरकारसँग माग
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी