आज    |   

पोखरामा पर्यटक भित्राउन होटल संघको टोली भारत प्रस्थान



फाइल फाेटाे -चलिए पाेखरा

पोखरामा भारतीय पर्यटक भित्राउन पश्चिमाचल होटल संघ पोखराको एक टोली सोमबार भारत प्रस्थान गरेको छ । विगत ८ वर्ष देखि चलिए पोखरा अभियान चलाउदै आएको पश्चिमाचल होटल संघ पोखराले विगत बर्षहरुमा झैं यसपटक पनि उत्तर भारतका विभिन्न शहरहरुमा गण्डकी प्रदेशका पर्यटकीय स्थलहरूकाे प्रबद्र्धन गर्न प्रस्थान गरेकाे होटल संघका केन्द्रय सदस्य तथा पश्चिमाचल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरत पराजुलीले जानकारी दिए ।

असार १६ गतेदेखि २० गते सम्म संचालन हुने अभियानमा पोखरामा रहेका तारे होटलदेखि मध्यम बर्ग र साना होटल , रिसोर्टका संचालक तथा नेपाल पर्यटन बोर्डकाका प्रतिनिधि र संचारकर्मीसहित ३२ जनाको सहभागिता रहेको छ ।

अभियान अन्तर्गत भ्रमण टोलीले भारतको पर्यटकीय शहर आगरा, उत्तर प्रदेशको राजधानी लखनउ र विहार राज्यको राजधानी पटनामा नेपाल र भारतका पर्यटन व्यवसायी विच द्विपक्षीय व्यापारिक भेटघाट (बीटुबी), र नेपालका पर्यटकीय क्षेत्र तथा गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थलहरुको श्रब्यदृष्य प्रदर्शन तथा प्रचार सामग्री देखाईने पराजुलीले जानकारी दिए ।

भारतमा धेरै गर्मी हुने भएकाले पोखराका होटल व्यवसायीहरुले गर्मीको समयमा पोखरामा बस्न उपयुक्त ठानी सन् २०१२ मा चलिए पोखरा अभिायन सुरुवात गरेका थिए । यसरी अभियान चलाए पछि पोखरामा गर्मीको समयमा भारतीय पर्यटको संख्या बढ्दै गएको छ ।

Write your Comment


Related News
  • पर्या-पर्यटनको एक नमुना : अन्नपूर्ण इको भिलेज एण्ड रिसोर्ट (भिडियोमा हेर्नुहोस्)
  • एक पटक हेर्नै पर्ने से–फोक्सुन्डो यात्रा (भिडियो मा हेर्नुहोस्)
  • एक पटक पुग्नै पर्ने ठाउँ कालिन्चोक भगवती मन्दिर तथा जिरी
  • कति सुन्दर छ हिमालपारीको जिल्ला मुस्ताङ
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी