ताजा समाचार

आज    |   

प्रदेश एक को बजेट : आफ्नै पर्यटन वोर्ड बनाउने देखि कर्मचारीहरुलाई ६ दिनको विदा र २५ हजार प्रदान सम्म



प्रदेश एक सरकारले अार्थिक वर्ष २०७६/७७ लागि पर्यटन क्षेत्रमा १ अर्व ६६ कराेड बजेट विनियोजन गरेकाे छ ।  आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले प्रदेशसभामा पेश गरेको बजेटमा पर्यटन क्षेत्रका लागि आफ्नै पर्यटन वोर्ड बनाउने देखि कर्मचारीहरुलाई ६ दिनको विदा र २५ हजार प्रदान गर्ने सम्म बजेट प्रस्तुत गर्नुभएकाे हाे ।

सरकारले कुल बजेट ३५ अर्ब ९३ करोड ६० लाखको  ल्याएको छ । जसमा चालु खर्च १४ अर्ब ९२ करोड १८ लाख, पूँजीगत खर्च १८ अर्ब ५० करोड ९२ लाख र अन्तर सरकारी हस्तान्तरण २ अर्ब ५० करोड ५० लाख छ । २ अर्ब ६६ करोड ७८ लाख आन्तरिक राजश्व संकलनको लक्ष्य सरकारले राखेको छ ।

पर्यटन क्षेत्रमा १ अर्व ६६ कराेड बजेट विनियोजन

प्रदेश एक सरकारले पर्यटन क्षेत्रमा मात्र १ अर्व ६६ कराेड बजेट विनियोजन गरेकाे छ । सरकारले पर्यटनको विकास र प्रवद्र्धनका लागि प्रदेश पर्यटन बोर्डको स्थापना गरिने नयाँ पदमार्ग सञ्चालन गर्ने, प्रदेशको विभिन्न धार्मिक क्षेत्रहरुलाई जोड्ने सर्किट देखि प्रत्येक स्थािनय तहमा पर्यटकी पार्क बनाउने लक्ष्य लिएकाे छ । साथै प्रदेशमा रहेका कर्मचारी तथा समायाेजन भएर अाएका कर्मचारीका लागि भ्रमण वर्षका लागि ६ दिनको विदा र २५ हजार प्रदान गर्न बजेट विनियाेजन गरेकाे छ ।

कुन क्षेत्रका लागि कति बजेट

१. पर्यटनको विकास र प्रवद्र्धनका लागि प्रदेश पर्यटन बोर्डको स्थापना गरिने गर्ने । खेल पर्यटन प्रवद्र्धनका लागि स्काई रनिंग र टे«ल रेस जस्ता कार्यक्रम सञ्चालन गरिने  । हिमाली क्षेत्रमा पर्यटन प्रवद्र्धनको लक्ष्य सहित आठहजार मिटर माथिका हिमालको आरोहण गर्ने आरोही, पर्यटन व्यवसायी तथा प्रवद्र्धक सम्मिलित समिटर्स समिटको आयोजन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छ ।

२. सगरमाथा आधार शिविर देखि कंचनजंघा क्षेत्रसम्म हिमालय पदमार्ग निर्माण प्रारम्भ गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

३. चतार क्षेत्रलाई कुम्भ क्षेत्र घोषणा गरी धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पूवार्धार निर्माण गरिने  । प्रदेशको विभिन्न धार्मिक क्षेत्रहरुलाई जोड्ने सर्किटको विकास गरी धार्मिक पर्यटन सर्किट बनाउन आवश्यक बजेटको व्यवस्था गरेको छ ।

४. भेडेटार राजारानी रबि राँके मङ्गलबारे हुदै सिद्धिथुम्का सम्मको क्षेत्रलाई महाभारत हरित कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्न ३ करोड विनियोजन गरिएको छ ।

५. प्रदेशको गौरवको रुपमा रहेको सगरमाथा र मकालु बरुण राष्ट्रिय निकुञ्ज, कोशी टप्पु आरक्ष र कन्चनजंघा संरक्षण क्षेत्रको जैविक विविधता संरक्षण मार्फत पर्यापर्यटन प्रवद्र्धनका लागि ६ करोड बजेट विनियोजन गरेकाे छ ।

७. एक स्थानिय तह एक आकर्षक पर्यटकीय पूर्वाधार निर्माणको काम स्थानिय तहसंगको सहकार्यमा सुरु गर्न ७ करोड बजेट विनियोजन । ओटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासंगको साझेदारीमा यलम्बर पार्कको निर्माण सुरु गर्न २ करोड २५ लाख र झापाको मेचीनगर नगरपालिका संगको साझेदारीमा सीमा क्षेत्रमा पर्यटकीय पार्क निर्माण सुरु गर्न २ करोड बजेट विनियोजन गरेकाे छ ।

८. हलेसी, बराह क्षेत्र, पाथीभरा, सिलौटी लब्रेकुटी र छिन्ताङलाई विशेष धार्मिक, सास्कृतिक र पर्यटकीय स्थलको रुपमा विकास गरिने छ । सोनबर्षी थान मोरंगको संरक्षण र विकास गरेकाे छ । विराटनगर स्थित मुसाफि खानको निर्माणमा आवश्यक सहयोग गरिने  । धार्मिक, साँस्कृतिक र पुरातात्कि महत्वका स्थलहरुको संरक्षण, सम्बर्धन, जिर्णोद्धार र पूर्वाधार विकासका लागि ५ करोड विनियोजन गरिएको छ ।

९. रामसारमा सुचिकृत सिमसार क्षेत्रको संरक्षण र विकासको गुरुयोजना बनाई ती क्षेत्रको विवेकशील उपयोग गदै पर्यापर्यटको गन्तव्यको रुपमा विकास गरेकाे छ । जामुनखाडी, बेतना, बर्जु, कालीकोशी र बाघझोड गोठगाउँ लगायतका क्षेत्रलाई प्रदेशको आकर्षक पर्यटकीय गन्तव्यको रुपमा निजी, समाुदायिक र स्थानीय तह संगको साझेदारीमा विकास र प्रवद्र्धन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

१०. इटहरी स्थित तालतलैया क्षेत्रलाई प्रदेशकै एक प्रमुख आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र र समुदायको साझेदारीमा अगाडी बढाउन आवश्यक बजेटको व्यवस्था गरेको छ।

११. धार्मिक, सास्कृतिक एवंम रमणीय पर्यटकीय क्षेत्रहरु धरान, भेडेटार, नाम्जे, सुम्बु चौरीखर्क, नाम्चे दुधकुण्ड र रमिते मिक्लाजुंगमा स्थानीय तह र निजी क्षेत्रसंगको साझेदारीमा केवलकार सञ्चालानको लागि विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य सुरु गर्न आवश्यव बजेट विनियोजन गरेकाे छ ।

१२. पर्यटकीय गनतव्यमा थप पूर्वाधार र पर्यटकीय सेवा सुविधाको विस्तार गरिने छ । सोलुखुम्बुको गार्मा पर्यटन महाविद्यालय संञ्चालन गर्न आवश्यक कार्य अगाडि बढाउने । साल्पा उपत्यकामा रहेको साल्पापोखरी र सिलिचुंग चुली रहेको क्षेत्रलाई प्राकृतिक र किराँतहरुको धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरी मन्थुम ट्रेल पदमार्ग निर्माणको काम सुरु गर्न २ करोज विनियोजन गर्ने । इलामको चुच्चीनाम्वा लारुम्बा हुँदै ऐतिहासिक लब्रेकुटी फत्तालुंगसम्म महागुरु फाल्गुनन्द पदमार्गको सम्भाव्यता अध्यन गर्न आवश्य बजेटको व्यवस्था मिलाएकाे छ ।

१३. संघीय सरकारसंगको समन्य र सहकार्यमा विराटनगर विमानस्थललाई विस्तार र स्तरोन्नती गरी अन्र्तराष्ट्रिय, राष्ट्रिय र प्रादेशिक विमानस्थलसंग आवद्ध गरिने छ । विराटनगर विमानस्थलबाट आन्तरिक पर्वतीय दृश्यावलोकन उडानलाई प्रवद्र्धन गरिने  ।

१४. यस प्रदेशका सगरमाथा आरोही विश्व किर्तीमानी कामिरिता शोर्पा, अल्टा म्याराथुन खेलबाट नेपालाई विश्वभरि चिनाउने धाविका मीरा राईलाई र राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई(व्याकुल माइला) लाई विशेष सम्मान गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । गाइने, गन्दर्भहरुको प्रतिभा, पहिचान र संस्कतिलाई प्रवद्र्धन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

१५. साहसिक पर्यटन प्याराग्लाइडिङ, रयाफ्टिङ, क्यानोनिंग, बन्जी जम्प, रक क्लाइम्बिङका लागि सम्भाव्यता अध्ययन गर्नका लागि आवश्यक बजेज विनियोजन गररिएको छ ।

१६. पर्यटन वर्ष २०२० लाई सार्थक र सफल पार्नका लागि योगदान पुर्याउन संघीय सरकारले पहिचान गरेका १०० पर्यटकीय गन्तव्य स्थल मध्ये प्रदेशमा परेका स्थललाई प्रवद्र्धन गर्न साथै अन्य विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

१७. पर्यटन वर्षको प्रवद्र्धनका लागि यस प्रदेशमा नियमित रुपमा एक वर्ष कार्यावधि पुरा गरेका कर्मचारीहरुलाई र यस प्रदेशमा समायोजन भई एक वर्ष कार्यावधि पुरा गरेको कर्मचारीहरुलाई नेपाल भ्रमणका लागि ६ दिनको विदा र २५ हजार प्रदान गर्ने ।

Write your Comment


Related News
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • TAAN Suggests Policy Reforms to Tourism Minister
  • होसानको निर्णय : भ्रमण वर्ष अवधिभर होमस्टेहरुमा बस्न आउने पर्यटकहरुलाई २० प्रतिशत छुट दिने
  • भारतीय पर्यटक माथि भएको दुव्र्यवहार प्रति पश्चिमाञ्चल होटल संघको गम्भीर ध्यानाकर्षण, दोषीलाई तत्काल कार्वाही गर्न सरकारसँग माग
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी