ताजा समाचार

आज    |   

डोल्पा पर्यटन विकासका आधारशिला-जगबहादुर बुढा



जगबहादुर बुढा,डाेल्पा

जगबहादुर बुढा अध्यक्ष- कर्णाली पर्यटन उद्दमी समाज

नेपालको सबै भन्दा ठुलो जिल्ला डोल्पा प्राकृतिक, धार्मिक र साँस्कृतिक हिसाबले एकदमै महत्वपुर्ण जिल्ला हो । प्राकृतिक, धार्मिक र साँस्कृतिक हिसाबले सुन्दर डोल्पा जिल्लामा पर्यटकको आगमन भने खासै आशा लाग्दो छैन। धार्मिक रुपले डोल्पामा खस र हिन्दू हरुको लागि, वाला त्रीपुरासुन्दरि, छल मस्टो भवानि,व्यास तपोभुमि,आदी छन भने बौद्ध तथा बोन हरुको लागि रिवो पाल्वार, नेचेन धेचेन पलारि, टटु गुम्बा, डिगोङ गुम्बा, सदुलगुम्बा, बुद्ध रिबो, बान्झाङ कुला पासाङ, साम्लिङ मुग्पोरोङ, ख्युङ्फुक,रिबो ड्रुङ्गा आदी इत्यादी छन ।

संस्कृतिको कुरा गर्ने हो भने खस संस्कृति,तराली मगर संस्कृति, डोल्पो पा संस्कृती भएको डोल्पामा सांस्कृतिक पर्यटनको पनि उत्तिकै महत्व बोकेको छ । प्राकृतिक सौदर्यताको कुरा गर्दा पुथा हिमाल, धवलागिरि, शहरतारा तातोपानी, संसार अग्लो मानव बस्ती धो छार्का र धो ताराप, शे गुम्बा, पाल्चाङ हाम्गा हिमाल , डाँफेसेलहिमाल, शे शिखर, कान्जिरुवा, लगायत नाम बिनाका हिमालहरु फोक्सुन्डो ताल, जगदुल ताल, सुन्दह ताल,फोक्सुन्डो झरना आदी, बिभिन्न प्रजातिका रुख बिरुवा, जडिबुटि, बन्य जन्तु र चरा चुरुङ्गी हरु आदिलेभरिभराउ भएको डोल्पा पर्यटनको अथाहा सम्भावना बोकेर पर्यटकहरुलाई स्वागत गर्न आतुर भएर कुरिरहेकोअवस्था छ ।

हिमाल आरोहण, पद यात्रा, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, पर्या पर्यटन जस्ता पर्यटनसम्बन्धीका धेरै कृयाकलापहरु गर्ने सकिने हाम्रो डोल्पामा अब यिनै धार्मिक, सांस्कृतिक, प्राकृतिक, रुपमा रहेकासम्पदाहरुको उचित संरक्षण गर्दै पर्यटन बिकासबाट डोल्पाको उन्नती गरौ ।संघिय सरकारमा संस्कृती तथा नागरिक उड्डयन मन्त्रालयमा डोल्पा कै जनप्रतीनिधी राज्यमन्त्री र प्रदेशमा पनि डोल्पा जिल्ला कै जनप्रतीनिधी पर्यटन मन्त्री रहेको यस स्वर्णिम कालमा डोल्पाको पर्यटन बिकास नगरे अरु बेला गर्न झन कठिन हुने कुरा दुइ मत नरहला ।

त्यसैले आजको यस सही समय सन्दर्भमा यो पङ्तिकारले डोल्पामा पर्यटन बिकासको लागी गर्नु पर्ने केहि नितिगत र केहि कार्यन्वयनको पाटोहरुको बिश्लेषण गरिने छ । गएको आर्थीक बर्ष दुइ मन्त्रीहरुले डोल्पामा बिकास सम्बन्धी राम्रो बजेट बिनियोजन भएको कुरा सर्व विविधै छ । तर बजेट बाँडफाँड गरेर मात्र पर्यटन बिकास फड्को मार्ने कुरा सम्बभव हुँदैन । आफ्ना कार्यकर्ता हरुलाई मात्र रिजाउनको निमित्त टुक्रे योजनाहरुले समग्र डोल्पाको पर्यटन बिकास हुँदैन ।

त्यसको लागी एक ठोस कदमचाल्नु पर्ने आवश्यक छ । पर्यटन बिकासको कुरा खाली आफ्ना वरिपरीका कार्यकर्ताहरुबाट मात्र राय सल्लाहलिएर समग्र डोल्पाको पर्यटन बिकास सम्भव छैन । पर्यटन बिकासको नाम जथाभावी पदमार्ग बनाउने जुन खेलभयो गएको आर्थीक बर्षमा, त्यसले फेरी यो बर्ष पनि निरन्तरता पाउनु हुँदैन । पदमार्ग चाहिन्छ नचाहिने होईन
तर पदमार्गको भएर जाने गन्तब्यहरुको पहिचान हुनु पर्छ ।

पर्यटन विकासका आधारशिला 
अहिलेको सबै भन्दा कठिन समस्या भनेको पहुच नै हो । डोल्पा पुग्न हामीसँग दुइ वटा माध्यमहरु छन, हवाइ र सडक । हवाइबाट जाँदा पनि भनेको बेला टिकट नपाउने, अनि मुख्य सिजनको बेला अरु बेला उडान भरीरहेका बिमानहरु पनि खुम्बु क्षेत्र तिर जानेले गर्दा पर्यटनको मुख्य सिजनमा हवाइको अभाव हामी बर्षौ देखी झेलिरहेका छौ ।

अर्को माध्यम सडक जुन अहिले सम्म अझै जोखिम र कठिन अवस्था पनि छ । सडक पनि बिस्तारै बन्दै गर्ला त्यसमा कुनै शंका छैन ।डोल्पाको पर्यटन बिकासको लागी हामीले डोल्पा पर्यटन बिकासको एउटा मास्टर प्लान डोल्पा पर्यटन गुरु योजना बनाऔ । यसमा हाम्रो अहिलेको वर्तमान स्थिति, भोलिको गन्तब्य र त्यहाँ गन्तब्यमा पुग्नको निम्ती गर्नु पर्ने तहगत निति, नियम आवश्यक पर्ने पहल कदमी र अर्थ ब्यवस्था लगायत आदी इत्यादी समेटिएको गुरुयोजना बनाऔ । त्यसैमा पनि गन्तब्य डाटा बेस बनाऔ ।

आन्तरिक पर्यटक र बिदेशी पर्यटकको लागी कुन कुन गन्तब्यहरु अनुकुल हुन सक्छ भन्ने गन्तब्य पनि एकिन गरौ । त्यसका लागी अहिले डोल्पा रहेको बुद्धिजिवीहरु साथै स्थानिय डोल्पाली पर्यटन ब्यवसायीहरुको पनि राय सल्लाह लिऔ । गन्तब्यको डेटा बेस बनाइ सके पछी त्यस क्षेत्र के कस्ता पुर्वाधारहरु बनाउने पर्ने छ त्यस लागी अध्ययन र अनुसन्धान गरौ । त्यसैको आधार बजेट बिनियोजन गरौ । हचुवाको भर बजेट बिनियोजन गर्ने जुन परी पाटी छ त्यसले न पर्यटन बिकास टेवा पुग्छ न त मन्त्री ज्युहरुको नाम रहने हुन्छ ।

कुनै पनि बिकास दिगो रुप र त्यसको लाभ स्थानिय रुपले कती पाउछ भनि पुर्वअध्ययन नगरि गरिने बिकासको कुनै अर्थ रहदैन ।बिदेशी पर्यटकको हकमा भने डोल्पाको उपल्लो डोल्पामा अहिलेको प्रवेश शुल्कको पुनर्बिचार गर्नु पर्ने देखिन्छ ।अहिली यथावट १० दिनको ५०० अमेरिकि डलरलाई १० दिनको २०० देखी ३०० बनाउनु पर्ने देखिन्छ ।

डोल्पा जानको लागी यातायात सडकको बाटो जोखिम पूर्ण रहेकोले बिदेशीहरुको हकमा कठिन छ । काठमान्डौं देखी नेपालगन्ज र फेरी नेपान्लगन्ज देखी डोल्पा सम्म गरी दुइ पटक पिलेन चद्डा ६५०अमेरिकि डलरको हाराहारीमा हुन आउछ । यसरि डोल्पाको प्रबेश शुल्क पदयात्रा शुल्क र हावाइ दर मात्र जोड्दा करिब १२५०अमेरिकि डलर केवल हवाइ भाडा र पदयात्रा पर्मिट मात्रको लागी आवश्यक पर्ने हुनाले डोल्पाको पदयात्रा बिदेशीहरुको हकमा निकै महङ्गो हुन जान्छ ।

प्रदेश सरकारबाट डोल्पामा होमस्टेको कार्यक्रम आएको छ त्यो स्वागत योग्य छ । तर पनि दुइ तीन वटा गाँउमामात्र होम स्टे बनाएर हुँदैन समग्र चेन होम स्टे बनाउनु पर्छ । जस्तै हामी तल्लो डोल्पा सर्किटलाई अलि प्रचारमा ल्याउने अनि त्यस बाटोमा पर्ने गाँउहरुलाई होम स्तेको चेन बनाउन सकियो भने आन्तरिक तथा बिदेशी पर्यटकको दुबैको लागी राम्रो हुन्छ र स्थानियबासीहरुले पनि राम्रो आम्दानीको स्रोत बन्न सक्छ ।

डोल्पा जस्तो यातायातको पहुचले कठिन ठाँउमा केवल होम स्टेको लागी मात्र आन्तरिक तथा बार्ह्य पर्यटक जाने प्राय असम्भव जस्तै छ । त्यसैले एकाद गाँउमा होमस्टे होईन पदमार्गमा आधारित होमस्टेको लागी पहल गरौ । डोल्पा जिल्लाको सदरमुकाममा दुनै पर्यटकिय सुचना केन्द्रको स्थापना गरौ । डोल्पा जिल्लाका साथानिय सरकारका प्रमुखज्युहरु, बुद्दिजिविहरु, पर्यटन ब्यवसायिहरु, र जिल्ला समन्वय समितिका प्रमुख, जिल्ला प्रशासन प्रमुख आदी समेटेको जिल्ला पर्यटन बिकास समिती बनाऔ । त्यसै समितीबाट प्रत्यक नगर र गाँउ पालिकाका पर्यटकिय गन्तब्यहरुको पहिचान गरौ । यही समितिले गरेका सल्लाह सुझाबहरुलाई मनन गरी त्यस अनुसार बजेट बिनियोजन गरौ ।

डोल्पाको जुफाल, फोकसुन्डो, शे–गुम्बा, भिजेर, मुगु, हुदै हुम्लाको हिल्सा सम्म पर्यटन पदर्मागलाइ ग्रेट कर्णाली ट्रेकका रुपमा घोषना गरौं । जुफाल, फोकसुन्डो, शे–गुम्बा, भिजेर, साल्दाङ, याङजेर, मुसि गाउँ, सिमेन, तिन्जे,पोल्दे, धो, कलाङ, छार्का, काकोट, दुनै सम्मको डोल्पा हेरिटेज टेक रुपमा घोषना गरौं ।

डोल्पाको त्रीपुरा सुन्दरी, छल मस्टा, ब्यासी तपोभुमी अनि मुस्ताङको मुक्तीनाथ सम्म समेटेको हिन्दू हेरिटेज ट्रेलूको बिकास गरौं । यि उल्लेखित पदमार्गहरुको स्तरोउन्नती तथा आवश्यक ठाउँहरुमा धर्मशालाको निर्माण गरौ । समग्र डोल्पाको सबै साँस्कृतिक, धार्मिक, प्राकृतिक सम्पदाहरु सबै समेटेर डोल्पा पेडिया (डोल्पा पर्यटन सुचना किताब) र डोल्पा बृहत डकुमेन्टरि बनाऔ ।

जिल्लामा भएका हिमालहरु काञ्जिरोवा हिमाल, पुथा हिमाल, काङ्गचुने हिमाल, मुकुटेश्वर हिमाल, र्नोभुकाङ हिमाल, डाँफेसेल हिमाल, मुकोट हिमाल, कागमारा हिमाल, काङ्गछेनराल्बा हिमालय क्षेत्रमा पर्यटकिय पूर्वाधार निर्माण गरौ । बिदेशी पर्यटकहरु पदयात्राको लागी उपल्लो डोल्पा मुख्य गन्तब्य हुने गरेकोले उपल्लो डोल्पाका प्रत्यक गाँउहरुमा घरबास सन्चालनको लागी सरकारले बिशेष पहल अनुदान तथा घरबास सन्चालनको तालिमको बन्दोबस्त गरौ ।

मुख्य पर्यटकिय सिजनको बेला बिशेष गरी असोज,कार्तिक, मङ्सिरको बेला डोल्पामा जनशाक्ती अभाव जेली रहेका छौ । यसको लागी युवाहरुलाई पर्यटनमा रोजगार दिन योग्य बनाउन सिप मुलक तालिमहरु जस्तै कुक, तथा गाइड तालिम दिने बन्दोबस्त गरौ ।

अन्त्यमा  ,

नेपालको मूख्य पर्यटकिय पहिचानको अवस्थालाई हेर्ने हो भने पर्यटकहरुको ठुलो संख्या पदयात्राका लागि नेपाल आउने गरेको भएपनि नेपालका अन्नपूर्ण, मनास्लु, सगरमाथा जस्ता मुख्य पदमार्गक्षेत्रहरुमा भएको अव्यवस्थित ग्रामिण सडक निर्माणका कारण चल्तिका पदमार्गहरुको अस्तित्व संकटमा रहेको र पदयात्री पर्यटकहरुले नयाँ गन्तव्यको खोजी गरी रहेका वेला डोल्पाको विराट भूगोल र लुकेर रहेका पदमार्गहरुलाई अवको मूख्य पर्यटकिय गन्तव्य बनाउनु नै डोल्पाको पर्यटन विकासको पहिलो शर्त हो ।

हाम्रो जनप्रतीनिधीहरुले सम्बन्धित क्षेत्रका बिज्ञहरु, डोल्पाका बुद्धिजिवी र सरोकारवालाहरु सँगको राय सल्लाह र सुझाव लिइ पर्यटन बिकास सम्बन्धीका योजनाहरुमा बजेट बिनियोजन गर्न सकेमा डोल्पाको पर्यटन बिकास एउटा कोशे ढुङ्गा सावित होला।

Write your Comment


Related News
  • बाँकेको पर्यटन विकासका लागि भारतीय पर्यटक भित्राउन सरोकारवालासंग छलफल
  • कर्णालीमा पर्यटन प्रर्बधन गर्न अन्तरक्रिया कार्यक्रम
  • काण्डै काण्डमा नेकपाका नेता, पर्यटन राज्य मन्त्रीद्धारा राजीनामा
  • बर्दियामा पर्यटक भित्राउन पर्यटन वोर्ड र व्यवसायी विच छलफल
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी