आज    |   

रारा पर्यटनका अभियन्ता नेकपाको जिल्ला समितिमा



रारा संरक्षण तथा पर्यटन अभियन्ता नेकपा मुगुको जिल्ला समितिमा मनोनित भएका छन । विगत लामो समय देखि पर्यटन क्षेत्रमा काम गर्दै आएका पर्यटन ब्यवसायी देबिकृष्ण रोकाय नेकपा मुगुको जिल्ला समितिमा मनोनित भएका हुन ।
रारा क्षेत्रलाइ विश्व सामु चिनाउन  अहोरात्र  संघर्ष गरिराखेका रोकाय बाल्यकाल देखिनै राजनीति तथा पर्यटन व्यवसामा लागेका थिए । पर्यटन क्षेत्रमा भिन्न बहसको थालनी गरिहेका रोकाया बिगत लामो समयदेखि पार्टीमा क्रियाशिल छन ।
रोकाया भिटोफ नेपाल ,रारा पर्यटन बिकास समिति लगायतका बिभिन्न संस्थाहरुमा आबद्ध छन । राराको पर्यटनमा दिलो ज्यान दिएर लागि परेका रोकाया बिभिन्न सामाजिक कामहरु समेत गर्दै आएका छन ।
रोकायाले गएको स्थानिय निर्वाचनमा रारा छायानाथ नगरपालिकाको मुर्मालाई निबिर्रोध बनाउन उलेख्ख्य भुमिका समेत खेलेको बताइन्छ ।रोकायाले आफु जिल्ला समितिमा परेकामा खुशि ब्यक्त गर्दै ब्यवसाय र राजनितिलाई संगसंगै बढाएर लैजान बताएका छन ।

Write your Comment


Related News
  • रसुवागढी नाका हुदै मानसरोवर जाने बढे
  • भ्रमण वर्ष सफल पार्न महिला पर्यटन मञ्चको टोलि चीन प्रस्थान
  • पोखरा सिटी टुर गाइडका समस्या र चुनौतिका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मुख्यमन्त्री संरक्षक,पर्यटन मन्त्री अध्यक्ष रहने गरी भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन (को को परे नाम सहित)
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी