आज    |   

किन जाने सौराहा ?



आन्तरिक तथा वाह्य पर्यटकको तेस्रो गन्तव्य हो चितावनको सौराहा । प्रदेश नम्बर तीनको एक उत्कृष्ट्र गन्तव्यको रुपमा रहेको सौराहा विशेष रुपमा जंगल सफारीका लागि परिचित छ । यहाँ विश्वमै दुर्लभ एकसिंगे गैंडा पनि रहेको छ । सामुदायिक वनमा नै गैंडाको राम्रो वासस्थान भएकाले यहाँ घुम्न जाने पर्यटकहरु गैंडा देखेर रमाउने गर्दछन् । यसका अलवा यहाँ हात्ती तथा जिप सफारी मार्फत जंगल घुम्ने र जनावरको अवलोकन गर्न सकिन्छ ।

काठमाडौंबाट नजिकको गन्तव्य भएकाले पनि चितवन तथा नवलपरासी पर्यटकका लागि पहिलो रोजाइ हुने गरेको छ । यस ठाउँमा वाइल्डलाइफ टुरिजम को मज्जा लिन सकिन्छ । न्यजन्तुको वासस्थान वरपर गएर तिनलाई हेरेर आनन्द लिनु नै ‘वाइल्डलाइफ टुरिजम’ हो ।

विगतमा अफ्रिकामा मात्र हुने यो पर्यटन नेपालमा पनि स्थापित भइसकेको छ । नेपालको चितवन राष्ट्रिय निकुञ्जको वाइल्डलाइफ पर्यटन विश्वमा नै अब्बल रहेको प्रमाणित भइसकेको छ । धेरै अन्तर्रा्िष्ट्रय संस्थाहरूले यसलाई ‘एसियाको अफ्रिका’ को रूपमा वर्णन गर्ने गरेका छन् ।

Write your Comment


Related News
  • पर्या-पर्यटनको एक नमुना : अन्नपूर्ण इको भिलेज एण्ड रिसोर्ट (भिडियोमा हेर्नुहोस्)
  • एक पटक हेर्नै पर्ने से–फोक्सुन्डो यात्रा (भिडियो मा हेर्नुहोस्)
  • एक पटक पुग्नै पर्ने ठाउँ कालिन्चोक भगवती मन्दिर तथा जिरी
  • कति सुन्दर छ हिमालपारीको जिल्ला मुस्ताङ
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी