आज    |   

ठमेल पर्यटन विकास परिषद्को चुनाव आज, कस्तो आउला परिणाम



वाह्य पर्यटकको प्रमूख गन्तव्यको रूपमा रहेको ठमेलमा आज ठमेल पर्यटन विकास परिषद्को कार्यसमितिको लागि  निर्वाचन हुँदैछ ।

नयाँ नेतृत्कालागि शनिबार नयाँ बजारस्थिति मल्टि भेन्यूमा निर्वाचन हुदैछ । नयाँ नेतृत्वका लागि चुनावी प्रतिस्पर्धामा ७ पदाधिकारीसहित १५ सदस्यीय कार्यसमितिका लागि ३ प्यानलबाट ३६ जनाले उम्मेदवारी दिएका छन् ।अध्यक्ष पदमा प्रकाश नरसिंह राणा, अर्जुनलाल प्रधान, र समिर गुरुङ्गबीच प्रतिस्पर्धा हुँदैछ । भने राणाले नेतृत्व गरेको प्यानलबाट ३ जना उपाध्यक्ष पदमा भविश्व शर्मा, राजुमान डंगोल र गीता गुरुङ्गको उम्मेदवारी छ ।

प्रकाश नरसिंह राणा प्यानलबाट महासचिवमा धुर्ब अधिकारी, सचिवमा दावाङ्ग तामाङ्ग, कोषध्यक्षमा रामकुमार थपलिया तथा सदस्यहरूमा  दिनेश श्रेष्ठ, राजेन्द्र ब दुलाल, स्वप्निल शर्मा, रुपेश गुरुङ्ग, कर्म घले, केशव कुमार बस्नेत, सुरेन्द्र श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

यस्तै अर्जुनलाल प्रधानप्यानलबाट उपाध्यक्षमा महेश महर्जन, टाँसी गुरुङ्ग, पाल्साङ गुरुङ, महासचिवमा शहदेव धमला, सचिवमा बद्री प्रसाद तिमल्सिना, कोषाध्यक्षमा पुण्यराम लगेजु तथा सदस्यहरुमा गोपाल गुरुङ्ग, नरेन्द्र बहादुर श्रेष्ठ, राजेन्द्र प्रसाद प्रधान, कुइसाङ दोर्जे लामा र विनोद श्रेष्ठ ले उम्मेदवारी दिएका छन् ।

यस्तै समिर गुरुङ अध्यक्ष रहेको प्यानलबाट उपाध्यक्षमा गोविन्दप्रसाद पन्थ, रन्तप्रसाद दुलाल, सुनिता श्रेष्ठ छिरिङ्ग, महासचिवमा नारायण खनाल, सचिवमा रामचन्द्र गिरी, कोषाध्यक्षमा रामशरण ढकाल, सदस्यहरुमा जनक सिं तामाङ, महेश पन्तले  उम्मेदवारी दिएका छन् । ठमेल पर्यटन विकास परिषद्मा करिब ८०० पर्यटन व्यवसायी सदस्य रहेका छन् ।

Write your Comment


Related News
  • Khaptad National Park-The Best Trek in Nepal
  • Paragliding Begins In Eastern Nepal
  • रसुवागढी नाका हुदै मानसरोवर जाने बढे
  • भ्रमण वर्ष सफल पार्न महिला पर्यटन मञ्चको टोलि चीन प्रस्थान
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी