आज    |   

नेपाल पर्यटनको लागि उत्कृष्ट गन्तव्य हो : प्रधानमन्त्री केपी शर्मा ओली



पर्यटन क्षेत्रको सबैभन्दा ठूलो मेला मानिने ‘हिमालयन ट्राभल मार्ट’ बिहीबारदेखि काठमाडौँमा तेस्रो संस्करण सुरु भएको छ । सोल्टी क्राउन प्लाजामा बिहीबार देखि शुरु भएको मार्टमा उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पर्यटनको लागि उत्कृष्ट गन्तव्य भएको   बताए ।

नेपाल हिमालयको देश भएकाले यहाँ प्राकृतिक सौन्दर्य,जैविक विविधता तथा साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य भएको बताए। मेलाले अझ धरै पर्यटन क्षेत्रमा टेवा पुग्ने र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने बताए ओलीले पर्यटन क्षेत्रलाइ आर्थिक समृद्धि स्रोतको रूपमा हेरेको र सरकारले पनि यस क्षेत्रलाइ उच्च प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्य,  नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी, लगाएतले नेपालको पर्यटन विकासको लागि पूर्वाधार विकास,नतिगत सुधार तथा जनशक्ति विकासमा ध्यान दिनुपर्ने र मेलाले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । मेलामा नेपालसहित ४३ देशका करिब ७०० को सहभागिता रहेको आओजकले जनाएको छ । मेला आइतबारसम्म चल्ने छ ।

Write your Comment


Related News
  • रसुवागढी नाका हुदै मानसरोवर जाने बढे
  • भ्रमण वर्ष सफल पार्न महिला पर्यटन मञ्चको टोलि चीन प्रस्थान
  • पोखरा सिटी टुर गाइडका समस्या र चुनौतिका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मुख्यमन्त्री संरक्षक,पर्यटन मन्त्री अध्यक्ष रहने गरी भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन (को को परे नाम सहित)
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी