आज    |   

आवश्यक छैन नेपालमा सेक्स पर्यटन



टंक रेग्मी
पछिल्लो समय नेपालमा विदेशी पर्यटकको आगमन दिन प्रतिदिन बढ्दै गईरहेको छ । अझ नेपालमा घुम्न आउने पर्यटकहरु अधिकाशं गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गर्दछन् । पोखरामा आउने अधिकाशं पर्यटकहरु एशिया, यूरोप, अमेरिका देखि लिएर अन्य कयौ देशका नागरीक आफ्नो छुट्टी मनाउनका लागि आउने गर्दछन् ।

हामी संग हिमाल, तालतलौया, खोला नाला वन जंगल छन् । यिनलाई सदुपयोग गरि पर्यटक आकर्षित गर्नुको साटो गण्डकी प्रदेश सरकारले बेला बेलामा पर्यटकको आगमन वृद्धि गर्न सेक्स पर्यटनका लागि छुट्टै स्थान तोक्नु पर्ने बताउदै आईरहेको छ । तर नेपामा भएको सम्पदाहरु, हिमाल, खोलानाला, आदिको प्रचार प्रसार तथा भएका पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गरि पर्यटकलाई आकर्षित गर्नु अहिलेको आवश्यकता हो ।

हामीले उदारणको रुपमा लिन सक्छौँ विश्वभर पर्यटकीय देशका रुपमा चिनिएको थाइल्याण्ड पूर्वाधार तथा अन्य कुराले सुविधा सम्पन्न छ । आफनो पर्यटकीय ठाउँको एक पछि अर्को गदै विस्तारमा जुटेको यो देशमा सेक्स पर्यटन प्रख्यात रहेको छ । तर सेक्स पर्यटनले थाइल्याण्डका धेरै गरिब बालबालिकाहरु नचाहेर पनि यौन शिकार भइरहेका छन् ।

सेक्स पर्यटनको शिकारमा धेरै कलिला बालबालिकाहरु पर्ने गरेको बीबीसीले लेखेको छ । थाइल्याण्डको राजधानी बैंककबाट जम्मा २ घण्टाको दूरीमा रहेको पटायाको रिसोर्ट इलाकामा उल्लेख्य मात्रामा पर्यटकहरु पुग्ने गर्दछन् । यस क्षेत्रमा पर्यटकको भीडभाड हुने भएकाले पनि प्रहरी पनि प्रशस्तै परिचालन गरिएको छ । त्यस भेगका सडकमा स–साना बच्चाहरुले पनि उमेर भन्दा धेरैको शारीरिक परिश्रम गरिरहेका तथा कोही भिख मागिरहेका दृश्य धेरै देख्न सकिन्छ । यसरी भेटिने बालबालिकाहरु प्रायजसो गाउँतिरबाट आएका र गरिब हुने गर्दछन् ।

उनीहरुले आफ्नो पेट पाल्नका लागि भिख माग्नेदेखि शरीरसम्म बेच्ने गर्ने गरेको बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थालाई उद्धित गर्दै बीबीसीले लेखेको छ । थाइल्याडमा पुग्ने साढे २ लाख भन्दा धेरै मानिसहरु तिनै कलिला बच्चासँग शारीरिक सम्बन्ध बनाउने उद्देश्यका साथ जाने गरेको उक्त संस्थाले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

तिव्र रुपमा फैलिरहेको सेक्स दुरिजम रोक्नका लागि संसारभरकै प्रहरीहरु एक साथ भएर काम गरिरहेका भएपनि पनि सेक्स टुरिजममा बालबालिका प्रयोग भइरहेका घटनामा कत्ति पनि कमी आउन सकिरहेको छैन् ।

यस्तै ब्राजिललमा मात्र २ देखि ५ लाख बालबालिका सेक्स टुरिजमको शिकार भइरहेका छन् । ब्रजीलको सरकारले केही समय अगाडि आफ्ना २०० भन्दा बढी वेवसाइडबाटसेक्स टुरिजमका बारेमा राखिएका जानकारीहरु हटाउन आदेश दिएको थियो ।

यसरी हेर्दा नेपालमा पनि सेक्स पर्यटनले बालबालिकामा नकारात्मक प्रभाव प्रर्ने देखिन्छ । नेपालमा सेक्स पर्यटनको सिकार विहान साझ पेट बाल्न धौधौ भएका परिवार तथा कलेज पढ्दै गरेका युवतिहरु हुुन । यस्तै सेक्स पर्यटनले बालबालिकाहरुमा एचआइभी तथा एड्स जस्ता यौनजन्य रोग लाग्ने खतारा समेत बढ्न जान्छ । सेक्स पर्यटनका लागि चिनिएका देश थाइल्याण्डका अलवा रुस, मेक्सिको, अफ्रीका, रोमानिया, बुल्गरिया, यूक्रेन, तथा चेक गणतन्त्र लगायतका देशमा पनि सेक्स टुरिजममा बालबालिका शिकार हुने क्रम तिव्र भइरहेको छ । तर नियन्त्रमा भने हुन सेकेको छैन ।

नेपालमा पहिलो कुरा त भएका पर्यटकीय क्षेत्रमा न त राम्रो संग पूर्वाधारले सम्मपन्न भएको छ नत विश्वभर चिनाउनलाई प्रचार प्रसार भएको छ, न त भएका पर्यटकीय क्षेत्रमा पर्याप्त पर्यटकको आगम भएको छ । यस्तो अवस्थामा पर्यटको आगमन बढ्छ कि भन्ने अनुमानको भरमा नयाँ पर्यटनको गन्तव्य खोज्नु सान्दर्भिक देखिदैन । पर्यटकको आगमन धेरै भयर अब कहाँ जाने भन्ने भयो भने मात्र नयाँ पर्यटकीय क्षेत्रको विकास गर्नु पर्दछ हैन भने देखा सिकी को भरमा अगाडि बढे त्यस बाट उत्पन्न परिस्थितिले ठूलो खतरा निम्ताउछ ।

Write your Comment


Related News
  • पर्या-पर्यटनको एक नमुना : अन्नपूर्ण इको भिलेज एण्ड रिसोर्ट (भिडियोमा हेर्नुहोस्)
  • एक पटक हेर्नै पर्ने से–फोक्सुन्डो यात्रा (भिडियो मा हेर्नुहोस्)
  • एक पटक पुग्नै पर्ने ठाउँ कालिन्चोक भगवती मन्दिर तथा जिरी
  • कति सुन्दर छ हिमालपारीको जिल्ला मुस्ताङ
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी