ताजा समाचार

आज    |   

घुम्नै पर्ने प्रदेश तिनका १० उत्कृष्ट पर्यटकीय गन्तव्य



प्रदेश तिनमा तपाइ घुम्न जादै हुनुहुन्छ भने एक पटक बुझेर मात्र जानुहाेस ताकि तपाइकाे यात्रा तथा घुमाइ सार्थक हुन्छ ।

काठमाडौँ
पर्यटकको पहिलो गन्तव्य काठमाडौँलाई खुल्ला सङ्ग्रहालयको रूपमा नै लिन सकिन्छ । काठमाडौँमा घुम्नको लागि विश्वसम्पदा सूचीमा परेका ७ वटा सम्पदाहरू रहेका छन् । यसले काठमाडौँ शहरलाई विश्वप्रसिद्ध शहरको रूपमा चिनाएको छ । यो नेपालको राजधानि हो यस ठाउँ भएर देशका विभिन्न पर्यटकीय स्थलहरुमा जाने गरिन्छ । यस ठाउँको प्रमूख तीर्थधामको रुपमा पशुपतिनाथ, गुहेश्वरी, स्वयम्भू, बौद्ध, बुढानिलकण्ठ, दक्षिणकाली, हनुमानढोका, गोकर्ण, टेकू, शालिनदी आदि हुन । यो ठाउँ प्राचीन कला, कौशल, संस्कृति, सभ्यता एवं ऐतिहासिक श्रोतको भण्डार पनि हो । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल यसै क्षेत्रमा रहेको छ । आन्तरिक तथा वाह्य पर्यटकका लागि यो क्षेत्र पहिलो गन्तव्यको रुपमा रहेको छ । यहाँ घुम्नको लागि नागार्जुन, शिवपुरी, चन्द्रागिरी र किर्तीपुर उपयुक्त स्थान हुन ।

भक्तपुर
भक्तपुर जिल्ला एक धार्मिक, साँस्कृतिक, पूरातात्त्तिक तथा पर्यटकीय जिल्ला हो । ऐतिहासिक तथा सास्कृतिक रुपमा अब्ल रहेको भक्ततपुर आन्तरिक तथा वाह्य पर्यटकका लागि घुम्नलाई उपयुक्त गन्तव्य हो । भक्तपुर जिल्लामा भक्तपुर दरबार, नगरकोट, चाँगुनारायण मन्दिर, सूर्यविनायक मन्दिर, ठिमि दरबार क्षेत्रको पानोरोमिक, भुपति मल्लको शालिक, पचपन्न झ्याले दरबार, भैरवनाथ मन्दिर पर्यटकीय गन्तव्य हुनु ।

ललितपुर
ललितपुर एक ऐतिहासिक तथा पर्यटकीय क्षेत्र हो । यहाँ पर्यटनको लागि घुम्ने स्थानहरु धेरै छन् । यस जिल्लामा घुम्नको लागि नजिको स्थल भनेको गोदावरी पार्क हो । यसका अलवा लाकुरी भन्ज्याङ बाट विहान को उदाउदो सूर्य तथा साझँको अस्ताउदो सूर्यको दृश्य हेर्ने सकिन्छ । काठमाडौँ उपत्यकाको भ्यू हेर्नको लागि यस स्थानमा टावर निमार्ण गरिएको छ । अर्को पर्यटकीय स्थल हो फुल्चोकीको डाडाँ यहाँबाट पनि दृश्यावलोकन गर्न सकिन्छ । विशेष रुपमा यो ललितपुरको सबैभन्दा अग्लो स्थान हो । यहाँ भ्यु टावर नभएपनि उपत्यकाको र हिमशृंखलाको राम्रोसँग अवलोकन गर्न सकिन्छ । यस्तै अर्को पर्यटकीय स्थल हो नल्लुको लभडाँडा र पाथीभराबाट पनि काठमाडौं उपत्यकाका हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । यस्तै, दलचोकी अर्को यस्तो स्थान हो, जहाँबाट उत्तरतर्फ लहरै हिमशृंखला देख्न सकिन्छ । काठमाडौं उपत्यकाको दृश्यपान गर्न सकिने यस स्थानबाट दक्षिणतर्फ तराईको रौतहटदेखि वीरगन्जसम्म देख्न सकिन्छ । यो ललितपुरको सबैभन्दा उपयुक्त दृश्यावलोकन स्थल हो ।

चितावनको सौराह
आन्तरिक तथा वाह्य पर्यटकको तेस्रो गन्तव्य हो चितावनको सौराह । प्रदेश नम्बर तीनको एक उत्कृष्ट्र गन्तव्यको रुपमा रहेको सौराह विशेष रुपमा जंगल सफारीका लागि परिचित छ । यहाँ विश्वमै दुर्लभ एकसिंगे गैंडा पनि रहेको छ । सामुदायिक वनमा नै गैंडाको राम्रो वासस्थान भएकाले यहाँ घुम्न जाने पर्यटकहरु गैंडा देखेर रमाउने गर्दछन् । यसका अलवा यहाँ हात्ती तथा जिप सफारी मार्फत जंगल घुम्ने र जनावरको अवलोकन गर्न सकिन्छ । काठमाडौंबाट नजिकको गन्तव्य भएकाले पनि चितवन तथा नवलपरासी पर्यटकका लागि पहिलो रोजाइ हुने गरेको छ । यस ठाउँमा वाइल्डलाइफ टुरिजम को मज्जा लिन सकिन्छ । न्यजन्तुको वासस्थान वरपर गएर तिनलाई हेरेर आनन्द लिनु नै ‘वाइल्डलाइफ टुरिजम’ हो । विगतमा अफ्रिकामा मात्र हुने यो पर्यटन नेपालमा पनि स्थापित भइसकेको छ । नेपालको चितवन राष्ट्रिय निकुञ्जको वाइल्डलाइफ पर्यटन विश्वमा नै अब्बल रहेको प्रमाणित भइसकेको छ । धेरै अन्तर्रा्िष्ट्रय संस्थाहरूले यसलाई ‘एसियाको अफ्रिका’ को रूपमा वर्णन गर्ने गरेका छन् ।

रसुवा
प्रदेश नम्बर तीनको रसुवा पर्यटकीय तथा व्ययापरिक हिसावले महत्वपूर्णा क्षेत्र हो । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा रहेको रसुवागढी समुद्र सतहदेखि करिब ६००० फिटको उचाइमा अवस्थित छ । ऐतिहासिक, पर्यटकीय आर्थिक महत्वको यो गढीको निर्माण नेपाल–चीन युद्धको बेलामा नेपालीहरूले बनाएका थिए । काठमाडौँको सबैभन्दा नजिक पर्ने तिब्बततर्फको व्यापारिक नाका हो । यहाँबाट तिब्बततर्फको केरूङ बजार जान सकिन्छ । पर्यटकीय मुख्य गन्तव्यकाे रूपमा गाेसाइकुण्ड, लामटाङ क्षेत्र हुन ।

दोलखाको कालिञ्चोक
प्रदेश नम्बर तिनको पर्यटकीय गन्तव्य हो दोलखाको कालिञ्चोक । कालिञ्चोक भगवती मन्दिर पछिल्लो समय पर्यटकीय गन्तव्यको स्थल को रुपमा परिचित छ । कालिञ्चोक पुग्दा सेता हिमाललाई आँखै अगाडि देख्न पाइन्छ । ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरबाट ठूला ठूला पहाड देख्न सकिन्छ । त्यहाँबाट देखिने मनोरम दृश्यले सबैको मन लोभ्याउँछ । पर्यटनको लागि उत्कृष्ट गन्तव्यको रुपमा रहेको कालिञ्चोक जानको लागि काठमाडौँबाट १३३ किमि उत्तरपुर्व को दुरि मा चरिकोट पुगिन्छ भने र त्यहाबाट दुई घण्टाको कच्ची बाटो हुदै कालिन्चोको कुरी बजार पुगीन्छ । त्यहाँ देखि केबुलकार तथा एक घण्टाको उकालो पैदल यात्रा पछि कालिञ्चोक भगवती मन्दिरमा पुगिन्छ ।

धुलिखेल
नेवार जातिको परमपरागत प्राचीन बस्ती तथा हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिने प्रदेश नम्बर तिनको काभ्रे जिल्लामा अवस्थित धुलिखेल एक पर्यटकीय गन्तव्य हो । धुलिखेलबाट पूर्व केरियोलुङ र पश्चिममा हिमालचुलीका हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ । काठमाडौँदेखि ३० कि.मि. पूर्वमा रहेको धुलिखेलमा हजारसिढि, पातलेखेत, पलाञ्चोक, नववुद्ध पर्यटकीय क्षेत्र हुन । यहाँ जानकोलागि काठमाडौँको रत्नपार्क बसपार्कबाट बिहान देखि साझ ६ बजे सम्म गाडि चढेर जान सकिन्छ ।

नुवाकोट दरबार
ऐतिहासिक तथा पर्यटकीय क्षेत्र हो नुवाकोटको साततले दरवार । यो दरबारको उचाइ ७५ फिट, लम्बाई ५० फिट र चौडाइ करिब ३९ फिट रहेको छ । धातुको छाना भएको यो दरबारका अरु सामग्री तेलिया इँटा र काठमा शूक्ष्म र विस्तृत कलात्मक शैलीमा कुँदिएको छ । झ्याल, ढोका, थाम, निदाल, दलिन, टुँडाल आदि काठबाट बनेका छन् । काष्ठकलामा भएको मार्मिकताले दरबारको सुन्दरतालाई मात्र बढाएको छैन, पुरातत्वको एउटा अनुपम उदाहरण पनि बनेको छ । दरवार परिसर करिब ९ सय ७० मिटर उचाईमा रहेको छ । जुन कारण दरवार परिसर प्राकृतिक भ्यु–टावर पनि बनेको छ । यहाबाट रानीपौवा, थानसिंङ फाट, ढिकुरेफाट, विदुर बजार, पिपलटार, बट्टार, सामरी भञ्ज्याङ, खड्क भञ्ज्याङ, जिलिङ लगायत दर्जनौ गाउँ र बस्तीहरु अवलोकन गर्न सकिन्छ । जुन गाउँ र भञ्ज्याङको बिचमा बग्ने त्रिशूली र तादी खोलाले सिगार दिएको छ । यहाँ पुग्न सरदमुकाम विदुरबाट ५ किलोमिटर नागवेली उकालो मोटरमा यात्रा गरेपछि नुवाकोट साततले दरवार पुगिन्छ ।

सिन्धुली गढी
पर्यटकहरु जहिले पनि नयाँ कुरा र ठाउँमा आकर्षित हुन्छन् । आफुले नदेखेको ठाउँ पुग्ने पर्यटकहरुको इच्छा हुन्छ । कतिपय अवस्थामा पर्यटकहरुलाई कुनै ठाउको बारेमा बनाइएको गीत अथवा कुनै लेखकले लेखेको लेख र पुस्तकले पनि पर्यटकहरुलाई ती ठाउँमा घुमफिर गर्न मन लाग्छ । पर्यटनको लागि अन्तव्यको रुपमा रहेको सिन्धुली जिल्लाको सिन्धुली गढी ऐतिहासिक गढी यो । यहाँ बाट गढीको साथै तराईको मनोरम फाँट र उत्तरका हिमालको रमणीय दृश्य पनि हेर्न पाईन्छ । यहाँ पूर्खाको विरताको इतिहास हेर्न र गर्मी छल्न धेरै जसो आउने गर्दछन । यस ठाउँमा जानको लागि काठमाण्डौको कोटेश्वरबाट जिप, भ्यान, हाइस वा बस जान्छ । वीपी राजमार्गको सोलाभञ्ज्याङबाट गढी पुग्ने बाटोलाई स्तरीकरण गरिएको छ । अहिले सिँढी उक्लिएर १० मिनेटमा र आफ्नै सवारी साधन भए ५ मिनेटमा गढी पुग्न सकिन्छ ।

धादिङको रुवी भ्याली
धादिङ जिल्लाको उत्तरी क्षेत्रमा रहेको रुवी भ्याली पर्यटन गन्तव्यका लागि उपयुक्त रहेको छ । तपाईसंग लामो विदाको समय छ भने एक पटक पुग्नुहोस । यो ठाउँ प्राकृतिक, धार्मिक, सास्कृतिक, साहसिक हिसावले निकै महत्वपूर्ण क्षेत्र हो । विशेष रुपमा यस ठाउँ टे«किङ गर्नका लागि उपउक्त छ । आँखै अगाडि टल्क टल्कने गणेश हिमाल तथा वरिपरि देखिने जल,जंगल ले यस ठाउँमा आउनेको मन नै परिवर्तित गराउँछ ।

Write your Comment


Related News
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • TAAN Suggests Policy Reforms to Tourism Minister
  • होसानको निर्णय : भ्रमण वर्ष अवधिभर होमस्टेहरुमा बस्न आउने पर्यटकहरुलाई २० प्रतिशत छुट दिने
  • भारतीय पर्यटक माथि भएको दुव्र्यवहार प्रति पश्चिमाञ्चल होटल संघको गम्भीर ध्यानाकर्षण, दोषीलाई तत्काल कार्वाही गर्न सरकारसँग माग
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी