आज    |   

निजि क्षेत्रसंगको सहकार्य बिना पर्यटन प्रवद्र्धन असम्भव



दिपक जैसी

नेपालको परिपेक्षमा आर्थिक सम्वृद्धिको मुख्या रुपमा पर्यटन व्यवसायलाई नै लिईन्छ, फलस्वरुप पर्यटकहरु भित्राउदा कला संस्कृतिको संरक्षण र सम्बद्र्धन भई विकासको प्रचुर सम्भावना बोकेको प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँ समाज टोलको बिकास मात्रै नभई प्राकृतिक सौन्दर्यता जैविक विभिधता बहुजातिय बहुभाषिय, सामाजिक, नैतिक, ऐतिहासिक, साँस्कृतिक सम्पदाले भरीपूर्ण बिश्व पर्यटनका लागी पहिलो स्थानमा रहेका हजारौं नेपाली पर्यटकीय स्थलहरुको प्रचार प्रसार भई बिदेशी मुद्रा आर्जन र रोजगारीको सृजना हुन्छ ।
नेपाली प्राकृतिक सौन्दर्यता स्वास्छ हावापानि हराभरा वनजङ्खल कलकलाउदा खोलानाला ताल तलैयाका साथ कुहुकुहू कोइलिको आवाज डाँफे मुनाल साथमा लालीगुरासले मनमोहक तुल्याउने प्राकृतिक स्पर्सका लागी मनका वह बिसाउने चौतारीहरुका खानी प्राकृतिक सौन्दर्यता जैविक विभिधता बहुजातिय बहुभाषिय, सामाजिक, नैतिक, ऐतिहासिक, साँस्कृतिक सम्पदाले भरीपूर्ण बिश्व पर्यटनका लागी अग्र स्थानमा रहेको सर्वोच्च सिखर सगरमाथा, बुद्ध जन्मस्थल लुम्बिनी, पबित्र र्धािमक स्थल पशुपतिनाथ, जनकपुरधाम लगाएत मनमोहक दृस्य रहेका छन् ।
नेपालमा पर्यटकका लागी ¥यापटिङ् प्याराग्याईडिङ्, साईकिलिङ्, म्याराथुन, स्काई ड्राईभिङ्, वन्जिजम्प, ट्रेकिङ् लगाएत खेलहरु पछिल्लो समयमा लोकप्रिय बन्दै गईरहेका छन् यसको निरन्तरता सम्वर्धन र प्रबन्धनका लागी राम्रो गुरु योजना बनाउन आवस्यक छ । तसर्थ पर्यटन क्षेत्रको सम्भावनालाई अधि बढाउनका लागी चिन्तनसिल भएर राज्य र जनता लाग्न जरुरी छ त्यसमा पनि सामाजिक विविधता एवं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाललाई विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय स्थलहरुलाई बिश्वसामु चिनाउनका लागी तपाई हामीहरु लागी पर्नु पर्ने हुन्छ । नेपाल सरकारले गरेको पर्यटन सम्वन्धि नयाँ पर्यटकीय गन्तव्यहरू,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषित कार्यक्रम मार्फत नेपालको पर्यटन प्रवर्द्धनको लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्न नयाँ गन्तव्यहरु सार्वजनिक गरेको छ ।
नेपालमा पर्यटनका लागी थुप्रै सम्भावना छन् तर ती सम्भावना लाई मुर्तरुप दिन कठिन चुनैती समेत रहेका छन् भने स्रोत र साधन पुर्वाधार निर्माणमा सरकार लागी पर्नु पर्ने हुन्छ । नेपालको धरातलिय तथा जलवायु विविधता मनोरञ्जनात्मक प्राकृतिक सुन्दरता लाई पर्यटक सामु चिनाउनु नै नेपालको आधारसिला पर्यटन व्यवसाय हो । पर्यटन व्यबसायको विकास र प्रवर्द्धनका लागि पर्यटनसँग सम्बन्धित व्यवसायिक क्षेत्रहरु र पर्यटकीय स्थलहरुको प्रचार प्रसार सुधार तथा विकास र प्रवर्द्धनका लागी सहकार्य गर्नु पर्दछ ।
सरकारले घोषण गरेका नयाँ पर्यटकीय स्थलहरुलाई अझ बलियो राम्रो व्यवस्थित वनाउनका लागि पर्यटनको वर्तमान अवस्थामा देखिएका चुनौतिहरु लाई नेपाल पर्यटन वोर्डले पनि आफ्नो तर्फवाट सहजिकरणको भूमिका खेल्न जरुरी छ साथै पर्यटकहरुले नेपाली समुदायको सकारात्मक अनुभव लिएर स्वदेश फर्किने वातावरण वनाउनु पर्दछ पुर्वाधार निर्माणको क्षेत्रमा हाम्रो देश निकै पछाडी रहेको छ, पुर्वाधारको महत्वपुर्ण क्षेत्र सडक, हवाई सेवा, यातायात, होटल, रेस्टुरेन्ट, सुरक्षित स्थान, र अनुभवि राम्रो गाईडिङ्ख समेत पर्यटकलाई घुमफिरको वातावरण बनाईदिने त्यसका साथ कानुनि वाधा अर्चन लाई फुकुवा गरिदीने तथा आधारभुत पुर्वाधार कसरी गुणस्तरीय र परिणाममुखी वनाउन सकिन्छ ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लागी पर्नु पर्छ ।
प्रमुख आय श्रोत मानिने पर्यटन ब्यबसायले समृद्धीको गोरेटो तय हुनेछ । पर्यटन ब्यबसायलाई फराकिलो मजबुत राष्टिय तथा अन्र्तराष्टिय स्तरमा पुर्याउनको लागि राज्य सरकार सो क्षेत्रमा प्रभावकारी सैलिमा उपस्थिती भई पर्यटन मैत्री वातावरण सृर्जना गर्ने क्षमतालाई हृदयदेखी आत्मसाथ गरेको छैन त्यसका साथै ट्राभल्स कम्पनी तथा ट्रेकिङ्क र एजेन्सिको बजारीकरण संचालन तथा ब्यवसायिक प्रर्बद्धन संग प्रत्यक्ष सरोकार राख्ने निजी एजेन्सि संग एक आपसमा सवन्वय सहकार्य समेतको खा“चो रहेको छ ।
हाम्रो भन्दा कमजोर भएका देशले पर्यटन बाट ठुलो उपलव्धी गरीसके र आर्थिक फट्को मारीसके तर हाम्रो राज्यले पर्यटन व्यवसाय प्रती कुनै राम्रो ठोस कदम र पहल नचाल्दा हाम्रो मुलुक प्रकृतिको खानी स्वर्गको एक टुक्रा भएर पनि प्रगती हुन सकेको छैन नेपाली पर्यटक उद्योगलाई कसरी प्रर्वधन र संरक्षण गर्न सकिन्छ त्यसमा राज्य लागी पर्नु पर्छ तव मात्र नेपालको बिकासको अभियान सार्थक हुन्छ । नेपालमा आउने पर्यटकहरुको मानस पटलमा रहीरहेका नेपाल प्रतिको नकारात्मक सोंचलाई जरैदेखी उखेल्नु पर्दछ, तसर्थ पर्यटन सम्वन्धि बृहत अभियान चलाउन जरुरी छ । प्राकृतिक सौन्दर्यताको अनुपम रुपलाई बिश्व सामु चिनाउन तपाई हामी लाग्नु पर्दछ ।

Write your Comment


Related News
  • Khaptad National Park-The Best Trek in Nepal
  • Paragliding Begins In Eastern Nepal
  • रसुवागढी नाका हुदै मानसरोवर जाने बढे
  • Mardi Himal Trek-The Best Short Trek in Nepal
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी