ताजा समाचार

आज    |   

बाँके जिल्लामा पर्यटक भित्राउन राज्यले होटल व्यवसायीहरुसंग सहकार्य गर्नु पर्छ – अध्यक्ष भिमलाल कडेँल



बाँके जिल्ला एक पर्यटकीय तथा धार्मिक आस्थाको केन्द्र हो । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ जुन लक्ष्य पुरा गर्न बाँके जिल्मा रहेको जमुनाहा नका हुदै तेस्रो मुलका पर्यटको आगमन हुने गर्दछ । तर बाँके जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरु मा पर्यटकको चहलपहल खासै देखिदैन । व्यापारका हिसावले पनि यो जिल्ला कर्णाली तथा सुदुर पश्चिम प्रदेशको गेट वे को रुपमा रहेको छ । बाँके जिल्लामा पर्यटक भित्राउन के गर्नु पर्ला भनि आओर टुरिजम न्युजका सम्पादक टंक प्रसाद रेग्मीले विगत १३ वर्ष देखि बाँकेमा होटल व्यवसाय गदै आउनुभएका होटल व्यवसायी संघ बाँकेका अध्यक्ष्य तथा होटल ईन्द्रेणि एण्ड रेष्टुरेन्टका संञ्चालक भिमलाल कडे्ल संग गरिएको कुराकानी ः

बाँके होटल व्यवसायी सङगठनको नयाँ नेतृत्व समाल्नु भएको छ अब कसरी अगाडि लौजानुहुन्छ ?
तिन वर्षे कार्यकालको लागि मेरो नेतृत्वमा बनेको जुन समिति छ त्यसले आफ्नो कार्यकालमा जति पनि होटल व्यवसायी सङगठनमा आवद्ध हुनुहुन्छ वाँकेका समग्र व्यवसायीहरुलाई सम्मान हुने खालका कार्यहरु गर्ने कामलाई मेरो पहिलो प्राथमिकता दिने हो । मैले चुनाव जित्नु भन्दा पहिले जुन एजेण्डा बनाएको थिए त्यहि एजेण्डा पूरा गर्न आफ्नो कार्यकाल अवधिभरिमा मैले सहर्स रुपमा कार्यनवयन गर्ने गर्ने प्रतिवद्धता गर्दछु ।
होटल व्यवसायीहरुका विभिन्न समस्याहरु छन् ति समस्याहरुलाई पूरा गर्ने आधारहरु के के छन् ?
पहिलेका अध्यक्षहरुले धेरै कामहरु गर्नु भएको छ संस्थालाइृ बचाई राख्नलाई पूर्व अध्यक्षहरुले जुन काम गर्नु भएका छ त्यो काम सरहाननिय नै छ । उहाँहरुको पालामा आफ्नै भवन निर्माण कार्य सम्पन्न भएको छ । अहिलेको अवस्थामा नेपालगन्जका होटलव्यवसायीहरुमा केहि निरासा पन आएको छ राज्य र स्थानिय निकाएकाले सम्बोधन गरेको छैन् पछौटेपन तरिकाले हरेको छ जब सम्म राज्यले यो क्षेत्र दुई वटा प्रदेशको गेट वे हो भनेर बुझदैन र त्यसलाई चिनाउदै वाँके पनि एक पर्यटकीय जिल्ला हो भनेर चिनाउन म र मेरो नेतृत्व लाग्ने छ ।
वाँकेमा होटलहरुकोे संख्या दिन प्रतिदिन बढ्नु र गुणस्तरियता खस्कदै गएको छ भन्ने छ नि खासमा के हो ?
वाँके जिल्लामा होटलहरुको संख्या बढ्नु राम्रो हा,े जुन रुपमा गुणस्तरिताको कुरो हो वाँकेमा मा जति पनि होटलहरु छन् सबै गुणस्तर नै छन् । हामीले साना खालका होटलहरुको गुणस्तरलाई राम्रो बनाउन तालिमहरुको व्यवस्था मिलाउदै छौँ । यस भन्दा अघि पनि मैले नेदरल्याड बाट विज्ञलाई ल्याएर हस्पिटालिटि, माकेर्टिङ सम्वन्धी तालिमहरु दिएका थियौँ । अहिले पनि वाँके जिल्लामा संञ्चालित होटलहरुको गुणस्तरिता वृद्धि गर्न मैले तालिमहरु दिने व्यवस्था मिलाउदै छु । राज्यले पनि वाँके जिल्लामा पर्यटक को संख्या वृद्धि गर्नु पर्दछ ।
वाँके जिल्ला एउटा पर्यटकीय गन्तव्य तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको गेट वे हो ? यस गेट वे बाट पर्यटक भित्राइ होटल व्यवसायीहरुले कसरी फाईदा लिन सक्छन् ?
वाँके जिल्ला एउटा पर्यटकीय जिल्ला हो । हामी संग वाँके राष्टिय निकुञ्ज, धार्मिक पर्यटकीय स्थलको रुपमा वागेश्वरी मन्दिर पनि छ , यस्तै भारतीय पर्यटकको भित्राउने नाका पनि हामी संगै रहेको छ । पर्यटक भित्राउन हामीले हाम्रो तर्फबाट गर्ने सम्पूर्ण कार्यहरु गर्न हामी तयार छौँ । तर राज्यले जुन रुपमा हामी व्यवसायहिरुलाई हेर्नु पर्ने हो त्यो रुपमा हेरेकोछैन । हाम्रो नजिकै रहेको उत्तर पदेशकै कुरा गारौँ त्यहाँ ५ करोडको जनसंख्या छ त्यो जनसंख्याको २ प्रतिशत मात्र हामीले नेपालगन्ज तथा अन्य पर्यटकीय ठाउँहरुमा भित्राउन सकेयौ भने त्यसबाट हामीले फाईदा लिन सक्छौँ । त्यसका लागि सरकारले पूर्वाधार निर्माण, प्रचार प्रसार तथा निजि क्षेत्रका पर्यटन संग सम्वन्धी संघ संस्थाहरु संगको समन्य गर्नु पर्दछ ।
होटल व्यवसायी संघ बाँके ले पर्यटकको आवागमन वृद्धि गर्न के कस्ता कामहरु गर्दै आएको छ ?
बाँके जिल्लामा पर्यटक भित्राउन होटल व्यवसायी संघ बाँकेले जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको बारेमा ब्रोसहरु बनाएर पर्यटन संग सम्वन्धी कार्यक्रमहरुमा गएर प्रचार प्रसार गरेका छौँ । हामी संग विमानस्थल, राष्ट्रिय निकुञ्ज तथा धार्मिक पर्यटकीय स्थलको रुपमा बागेश्वरी मन्दिर पनि छ पर्यटक भित्राउन नेपालगन्ज देखि दिल्लि सिधा उडान गर्न सकियो भने यस क्षेत्रमा पर्यटकको आगम बढ्न सक्छ । यसका अलवा हामीले होटलमा आउने प्रत्येक ग्राहकहरुलाई पनि जानकारीहरु दिदै आएका छौँ । हामीले गरेको प्रायासले मात्र हुदैन सरकारले पनि नितिमा परिवर्तन गर्नु पर्दछ । सरकारले होटलहरुलाई उद्योगको रुपमा दर्ता गर्छ तर जुन दिनुपर्ने सुविधा हो त्यो दिएको छैन् । अर्को कुरा होटल व्यवसायीहरुलाई प्रशासनले हेर्ने कुरामा पनि फरक छ । होटल भनेको एउटा चुलो र चौका बाट उत्पति भएको चिज हो पछि विकसित हुदै स्टार लेभलमा सम्म पुगेको छ । बाँकेमा होटलहरुले दिने सेवा र सुविधा राम्रो छ तर राज्यले होटलहरुलाई हेर्ने स्पष्ट निति नबनाउदा होटल व्यवसायीहरु अलि समस्या परेका छन् ।
नेपालगन्जका होटलहरुमा अवैध यौन धन्दा हुनेगरेको समाचार बेला बेलामा मिडियमा आउने गरेको छ । यसको वास्तविकता के हो ?
यो दुई चार वटा व्यवसायीहरुले नबुझेका कारण यस्ता खालका व्यवसाय चलाएका मात्र हुन हामीले त्यस्ता व्यवसायीहरुलाई हाम्रो संस्थाले कार्वाहि पनि गरिसकेको छ । यौन धन्दा गराउनु गलत हो । यो गराउनु पनि हुदैन । तर गण्डकी प्रदेश सरकारका मुख्य मन्त्रीले पनि भन्नु भएको थियो यो पेशालाई राज्यले बैधानिकता दिएर नियम संगत तरिकाले संञ्चालन गर्न दिईयो भने यो केहि रुपमा घढ्थ्यो कि भन्ने मलाई लाग्छ ।
होटल व्यवसायमा व्यवसायीले भोग्नु परेका समस्याहरु के के हुन ?
होटल व्यवसायीका समस्याहरुमा सर्वप्रथम त प्रशासनले वेला बेलमा दुख दिई रहने हो । यसलाई समाधान गरिनु पर्दछ । अर्को कुरा सरकारले बाँके जिल्लालाई उज्यालो सहरको रुपमा बनाउने कल्पना गरेको छ उज्यालो सहर एउटा रोडमा बक्ति बाल्दैमा हुदैन उज्यालो सहर बनाउन साझ १० बजे नै होटलहरु बन्द गराईदिने , र १० बजे नै होटल व्यवसाय संञ्चालन गर्न नदिए पछि त्यो उज्यालो सहर कसरि बन्न सक्छ । हामी राज्य संग यो माग गर्दछौँ कि रातभरि व्यवसाय गर्न पाउँनु पर्छ । साथै जिल्लामा व्यवसायीहरुको अस्वस्थ प्रतिशपर्धा पनि यहाँ रहेको छ जस्तो यहाँ तारे होटल देखि लिएर सबैको अस्वस्थ प्रतिसपर्धा गर्दा व्यवसायीहरु घाटामा छन् यसलाई एक रुपतामा लैजान जरुरी देख्द छु । अर्को कुरा बाँके जिल्लामा रहेका पर्यटकीय स्थलहरुको बारेमा विभिन्न विचार, गोष्टि, सभा, सम्मेलन तथा देश तथा विदेशमा प्रचार प्रसार गरियो भने होटल व्यवसायीका समस्याहरुमा समाधान हुन्थ्यो कि ?
सन् २०२० मा २० लाख पर्यटक भित्राउने सघिय सरकारले लक्ष्य लिएको छ के यो पुरा होला ?
पर्यटक भित्राउने हामी व्यवसायीहरुका लागि राम्रो कुरा हो । तर पर्यटक भित्राउन सरकार एकलैले ले सम्भव छैन त्यसका लागि सरकारले हामी संग जुन रुपमा सहकार्य गर्नु पर्ने थियो त्यो भएको छैन । राज्यले कुन योजना बनाएर पर्यटक भित्राउदै छ त्यो हामीलाई कुनै जानकारी छैन् र थाहा पनि छैन । सरकारले २० लाख पर्यटक भित्राउनको लागि हामी सहकार्य र सहमति गर्न तयार छौँ । तर हामीलाई कसरी भित्राउने भन्ने कुराको बारेमा सरकारले विभिन्न तालिम दिन जरुरी देखिन्छ ।

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी