ताजा समाचार

आज    |   

पर्यटन प्रवधनमा युवाको भूमिका



दिपक जैसी

भनिन्छ परिवर्तनको माध्यम भनेको नै युवा हुन्, जहा युवा सक्रिय परिवर्तन काधमा जिम्मेवारी मस्तिष्कमा इमान्दारी, हृदयमा वफादारी र हातमा सीप भई र स्वरोजगारी मूखी भई देशमा नै पौरख चलाउन सके आजका युवा रोजगारीका लागी अन्तै जानु पर्ने बाध्यता रहने छैन । जुन लक्ष्यमा पुर्याउनका लागि पर्यटन सम्बन्धि ठोस निति कार्यक्रम ल्याउनमा पनि सरोकारवालाको ध्यान गहनताका साथ अघि बढाउन युवाको महत्वपुर्ण भूमिका रहन्छ । पर्यटनका साथै कृर्षि बिकासको पैचुर सम्भावना रहेको नेपाल अन्र्तराष्टिय जगतमा पर्यटन प्रर्वधन युवाको  ठुलो भूमिका रहन्छ ।

वास्तवमा भन्ने हो भने नेपाली युवा होश, जोस, दिमागका साथै बिहानिका किरण, प्रविधिका खानी, परिवर्तनका सम्वाहग, सुरक्षाका योद्धा, प्रकाशका ज्योति, यात्राका लागी सडक र कृषिको लागी औजार  हुन जुन सवल र सक्षम भई राष्ट्रको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाब पर्दछ अर्थोपार्जन गर्ने  राष्ट्रका रुपमा नेपाललाई अग्र स्थानमा ल्याउनका निम्त पर्यटन कृर्षि र युवा अझ त नेपाल सरकारले सन २०२० सम्ममा २० देखी ५० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ

फलस्वरुप युवाको भूमिकाले आज समृद्ध देश आत्मनिर्भरताको देश, सकारात्मकको देश र रोजगारी सिर्जना गर्ने देश कृर्षिको व्यवसायकरण भएको देश,पर्यटनको खानी भनेर चिनाउनका लागी युवावर्गको महत्वपुर्ण योगदान रहन्छ । त्यस कारण पर्यटन कृर्षि र युवाको एक आपसमा नङ्ख र मासुको सम्बन्ध रहेको छ । जसरी नङ्ख बिना मासु र मासु बिना नङ्ख अलग सम्भव छैन त्यसै गरी नेपालमा पर्यटन युवा र कृर्षिको पनि सम्बन्ध त्यतिकै रहेको छ ।

त्यस्तै पर्यटन र कृर्षि  बिकासका लागी वृस्तित योजना निमार्ण गरी नेपालको भौगोलिक प्राकृतिक स्रोत साधन जनशतmीको अध्यायन गरी बिज्ञ समुह वाट गहिरो दिर्घकालिन निति नियम अवलम्वन गरी सकारात्मक साेंचका साथ अगाडी बढेमा बिदेशी मुद«ा आर्जन रोजगारीको वृद्धिसगै जनताको जिवन स्तरमा सुधार भई पर्यटन व्यवसाय नेपालको विकाश संगै अगाडी वढ्ने छ । े पर्यटन क्षेत्रलाई वढायौ भने प्राकृतिक सौन्दर्यको  अनुभुती पर्यटकलाई दिन सके हामी नेपाली हाम्रो नेपाललाई बिश्वकै धनी देश बनाउनमा दुईमत छैन ।त्यस्तै पर्यटन बिकासका लागी वृस्तित योजना निमार्ण गरी नेपालको भौगोलिक प्राकृतिक स्रोत साधन जनशतmीको अध्यायन गरी बिज्ञ समुह वाट गहिरो दिर्घकालिन निति नियम अवलम्वन गरी सकारात्मक साेंचका साथ अगाडी बढेमा बिदेशी मुद«ा आर्जन रोजगारीको वृद्धिसगै जनताको जिवन स्तरमा सुधार भई पर्यटन व्यवसाय नेपालको विकाश संगै अगाडी वढ्ने छ । नेपाली युवाले नेपाल मै आफ्नो पसिनाको मुल्य निर्धारण गर्न सके र राज्यले त्यसमा प्रोत्साहन गरेमा युवा वर्ग खुसी र सुखी भई जिवनयापन गर्ने कुरामा विश्वस्त छौ । पर्यटन र कृर्षि व्यबसायले सबै नागरिकको जिबिकापार्जन र रोजगारीको अवसर प्राष्त हुने भएकाले यसको बिकासमा सबै नागरीक र राज्य लाग्नु पर्दछ ताकी युवा वर्ग बिदेश पलायन नहुन ।

हरेक देशको प्रत्येक क्षेत्रको  स्तर जिवन सामाजिक, आर्थिक, नैतिक सोचाई र देशको भविष्य त्यहाका युवामा भर पर्छआज नेपालमा होश, जोस, दिमाग, नैतिकवान्, प्रभावशाली, वैभवशाली, चरित्रवान् भएका युवाहरु प्रशस्त छन् तर मार्ग निर्देशकका कारण देशको आर्थिक अवस्था,औद्योगिक अवस्था र रोजगारीको अवस्था नभएका कारण इन्डिया, जापान, अमेरिका, वेलायत लगायत खाडी मुलुकमा आफ्ना बलिया पाखुरा खियाई रहेका छन् ।नेपालको आर्थिक, सामाजिक, राजनीतिक, औद्योगिक समस्याको समाधान त्यही युवाबाटहुन्छ भन्ने कुरा नेपाली समाज र देशले बुज्नुपर्छ, युवालाई चिन्न सक्नुपर्छ अनि विदेशमा कौडीको रुपमा सीप मिहिनेत वेचिनबाट रोक्नु पर्छ ।  हरेक देशको स्तर जिवन सामाजिक, आर्थिक, नैतिक सोचाई र देशको भविष्य त्यहाका युवामा भर पर्छ । आज नेपालमा नैतिकवान्, प्रभावशाली, वैभवशाली, चरित्रवान् भएका युवाहरु प्रशस्त छन् तर मार्ग निर्देशकका कारण देशको आर्थिक अवस्था, औद्योगिक अवस्था र रोजगारीको अवस्था नभएका कारण इन्डिया, जापान, अमेरिका, वेलायत लगायत खाडी मुलुकमा आफ्ना बलिया पाखुरा खियाई रहेका छन् ।

आज देशको विकासका लागी बाटो बनाउदा युवाशक्ती, विद्यालय बनाउदा युवाशक्ती, देशमा कृषि प्रणाली लाई अग्रता दिन युवाशक्ती, कलकारखाना चलाउनका लागी युवाशक्तीका साथै अब राष्ट्र चलाउनका लागी पनि युवाशक्ती त आवश्यक पर्छ त्यसकारण युवा यस्तो शक्ती हो जून देशको भूत, वर्तमान र भविष्यको आकलन, विवरण, मूल्याङकन गर्न र हिसाबकिताब समेत गर्न सक्छ । जब हामीहरु कुनै कारखाना जान्छौ त्यहा युवा नै देख्छौ भने आज नेपाली समाजमा युवाको महत्वपूर्ण देन    रहेको छ कृर्षि प्रर्णालिलाई आधुनिक तवर र तरिकाले अगाडी बढाएमा कृर्षिको ब्यावसायीकरण भई देशमा रोजगारीको सिर्जना हुन जान्छ । विदेशमा कौडीको रुपमा सीप मिहिनेत वेचिरहेका युवाले नेपालमा रोजगारी अवसर पाउनु का साथै राष्टको अर्थतन्त्र बलियो भई राष्ट समुन्नत र देश बिकास हुन जान्छ। यि सबै सम्भावना भएको नेपालमा नेपालको राजनीतिमा आज युवाको वितृष्णा जागेको छ । राजनीतिलाई घृणा गर्छन आज फोहोर भनेर छि. छि गर्दछन आज राजनीति प्रति सजग देखिने चुनावमा ६०।७० प्रतिशतको हाराहारीमा मतदान हुने नेपाली समाज आज वाक्क दिक्क भएको छ । नागरीक वितृष्णा छाएको छ । सपनाको राजनीति सपनामा सिमित छ । विकासको वि. समेतको टुसा पलाएको छैन । देश जहाको त्यही छ । फड्को मार्न बाटोमा अलमलिएको छ । नेपाली राजनीतिमा वलीका बोका बनाइएका नेपाली युवा राजनीतिक, सामाजिक र आर्थिक समस्याको घेराबाट बाहिर समेत निस्कन सकेका छैनन् युवा । देशको प्रेम सबैसंग छ, देशमा असिमित सम्भावना छन् तर नेपालको यस राजनीतिक अवस्थाका कारण मुलुकमा समस्या ज्यु का त्यु रहेको छ ।

 

 

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी