आज    |   

कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा



कर्णाली पर्यटन उद्दमी समाजको अध्यक्षमा जगबहादुर बुढा चयन हुनुभएकाे छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा घर भइ काठमाडाैँमा पर्यटन व्यवसाय गदै अाएका पर्यटन ब्यवसाहीहरुको छाता संगठन कर्णाली पर्यटन उद्दमी समाज (KTES) को तेस्रो बार्षिक साधारण सभाबाट  अध्यक्षमा जगबहादुर बुढा चयन हुनुभएकाे हाे ।

बुढाकाे नेतृत्वमा छेवाङलामा(हुम्ला) उपाध्यक्ष, प्रेम दोर्चीलामा(हुम्ला) काेषाध्यक्ष, देबीकृष्णा राेकाय(मुगु) सचिव, मेम बहादुर लामा (हुम्ला) सह-सचिव, चयन हुनुभएकाे छ । यस्तै सदस्यहरूमा कोन्छ्योकङिमा (हुम्ला), जितेन्द्र झाँक्री (डोल्पा), चयन हुनुभएकाे छ ।

काठमाडाैँकाे लाजिम्पाट स्थित होटेल नोर्छोकमा सम्पन्न भएको तेस्रो बार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेकाे हाे । डोल्पाका गुरु डोल्पो टुल्कु ( राना गरिम्पोचे) प्रमुख अतिथि रहनुभएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष जङ्गाबहादुर लामाले गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै लामाले देशको सिङ्गो अर्थतन्त्रमा योगदान दिने पर्यटन क्षेत्रमा लाग्ने यवसायीहरुलाई बधाई दिदैँ यसको विकास र प्रवर्धन आफ्नो तर्फबाट सक्दो भुमिका खेल्ने बताउनु भएको थियो। कार्यक्रममा संस्थाका संस्थापक मिमबहादुर हमाल र नवनियुक्त सल्लाहकार गुरु राना गरिम्पोचे लगायत ले शुभकामना मन्तव्य राख्नुभएको थियो।

 

Write your Comment


Related News
  • प्रदेश एक को बजेट : आफ्नै पर्यटन वोर्ड बनाउने देखि कर्मचारीहरुलाई ६ दिनको विदा र २५ हजार प्रदान सम्म
  • Khaptad National Park-The Best Trek in Nepal
  • Paragliding Begins In Eastern Nepal
  • रसुवागढी नाका हुदै मानसरोवर जाने बढे
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी