ताजा समाचार

आज    |   

व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल



रण बहादुर ऐरी

नेपालका तिर्थ स्थल हृदय सजाउ
रौला, ग्वालेक, निङ्गला शैनि आशिष लिन जाउ
पाताल भिमेश्वर बैतडिमा दुध कुण्ड नुहाउ
बासु देव केदार नाथको थान दिपवत्ती जगाउ
सुरपाल दोगडा भौनेलीमा कैलापाल भमिराजमा
अपुत्रिलाई पुत्रदिने सिद्ध केदार नाथमा
त्रिपुा शुन्दरी देवी मेलौली थानमा दुर्गामाता
बैनावनारसि सिवलिङ्ग टुणेमा दर्शन गर्न जाउ
है भक्त देविदेवताको बैँठक हुने वारआगर गडमा
धार्मिक पर्यटक स्थल वनााउ जिल्ला वैतडीमा

 

खप्तड दार्चुलाको – फाेटाे गुगल

हजुर म सुदुर पश्चिमाञ्चल यानि ७ नं. प्रदेशका धार्मिक पर्यटक स्थल र पर्यटक स्थलको वुझेसम्मको ऐतिहासिक सम्पदाको व्यक्ति मुखि बजेटले ओझेलमा परेका गौरवका योजनामा आउन पर्खिई राखेका सम्पदाको बारेमा रौला ग्वालेश्वरमा बाशुदेव केदार नाथमा नमन गर्दै बैतडीको धार्मिक पर्यटक र पर्यटक स्थलको बारेमा दुई शब्द लेखेकाे छु । लोभ लाग्दा यि सम्पदाहरु ओझेलमा परेका विषयहरु उठानको सवलाको सवाफ राज्य र निति निर्माता सामु व्यक्त गर्न चाहान्छु ।

रौला धाम र ग्वालेश्वर धाम भारतको बद्रीकेदार नाथ जस्तै धाम हुन ति साना थान होइन जहा बाईसे चौविसे राज्य रहदा राजा पनेरुले रौला धाम नजिक रहि मोर्चा बनाई राज्य गरेको इतिहास छ जिर्ण अवस्थाका मोर्चाहरु देख्न पाईन्छ । त्यहाँ सदाशिव शंकर र माता पार्वतीका प्रत्यक्ष दर्शन गर्न पाइन्छ र मानोवान्छित फल प्राप्त हुने जनभनाई इतिहास रहि आएको छ जुन पवित्र धार्मिक तिर्थ स्थलमा पालातभिमेश्वरमा रहेका बैतडी सिउडे भन्ने ठाउमा दुध कुण्ड पानि धारा र तालको दर्शन गरि डुङरीमा केदार नाथका नौ वटा गाथ र बाशुदेवमा रहेका शिला र पवित्र गंगाजल पानी नौला मनमोहक जंगल चराचुरागि र देवी दियाँरको दर्शन गरि भमिराज, कैलपाल, निलपाल, दोगडा, भौनेली, दुर्गामाता र धामि झाक्रि चलि नन्दिमा हाम फाली जनतामा वाणि दिने प्रत्यक्ष गरेका बनारसी देउता गड वाह्र आगरमा देवी देउताको छलफल हुने गड दर्शन गर्दै रौलेश्वर धाम र गांजारीमा रहेको सिद्धकेदार नाथको दर्शन गर्न पुचौडीमा डिला शैनी भगवतिको दर्शन गर्ने र यि धाम ग्वालेश्वरका विभिन्न जल जंगल र मृग तथा रौला धाम र ग्वालेश्वर धामबाट सारा तराई पहाड नियाले र हेर्न सक्ने दृष्य र भक्तजनहरुको मनोवान्छीँत फल दिने आशिर्वाद लिन यि धार्मिक पर्यटक स्थल घोषणा गरि आधुनिक शैलिका मठमन्दिर निर्माणा गरि पानि, धारा, वत्ति विजुलुको व्यवस्था धार्मिक हिसावले गाडी धामै सम्म लैजान अनुमाति नभएता पनि आधा घण्टा तल मोटर बाटो रहने हो  ।

भने पर्यटकहरु रोएका रोए हुन्थे रौला ग्वालेश्वर, बासुदेव केदार नाथका शंकरका वाणिाबाट दुख्ख दरिद्रताको नास भई जनमासमा भक्ति भाँवर बृद्धि विकासमा सफलताको चुलि चुम्न सकिन्थ्यो होला जो अदभुत तिर्थ स्थल भारतको मथुरा, विन्दारावन र गयाँ प्रयाग भन्दा शक्ति शाली गौरवका योजनामा ल्याउनपर्ने धार्मिक पर्यटकीय स्थल हुन जो कि वैतडीको पाटन क्षेत्र बाट बाह्र आगर गडका देवी देवताको दर्शन गर्दै देहि माण्डौ निङ्गला शैनिक माताको दर्शन गर्दै बैतडी जगन्नाथ बाबाको दर्शन गर्दै त्रिपुरा सुन्दरी माताको दर्शन गरि भारतको विथौरा गडमा भगवतिको दर्शन गरि चम्फावत हुदै महेन्द्र नगर नजिक पर्ने टनकपुर माथि पुर्णा गिरि माइको दर्शन गरि महेन्द्र नगर कन्चनपुरमा सिद्धनाथ, बैजनाथ धाम र मुडुका धाम जहा तालमा शेष नागकोदर्शन गर्दा झाक्रि चलेर तालमा हाम फाली मन्दीरमा फर्की भक्तजन लाई आशिर्वाद दिन सक्ने क्षमता राख्दछन र बेतकोटमा मनोरम, मनमोहक ताल छन जहा देवी देउताको दर्शन समेत गर्न पाइन्छ र झिल झिला ताल छन जहा देउता र ताल समेत अवलोकन गर्न पाइन्छ जहा कन्चन पुरमै सुक्ला फाटा वन्य जन्तु आरक्षमा बाघ, भालु, धोरल, झारल, गोही, हात्ती, अजिङगर, ताल तल्लैया अवलोकन गर्न पाइनुका साथै दैजी नजिक भमकेनिमा लिंगाा ७५ फिटको नेपाल आमाको मुत्र्तिm शिव रुपी भगवानको दर्शन गर्न पाइन्छ ।

कञ्चपुरकाे दोधारा चाँदनी झोलुङ्गे पुल – फाेटाे गुगल

जहा महाकाली नन्दि कल कल बगिरहेको छ दोदो धारा, चादनी जाने बाटोमा १.५ डेठ किलो मिटरको झोलुगे पुल हेर्न पाइन्छ यस्ता सम्पदाहरु व्यक्ति वादी प्रवृतिको वजेटबाट धार्मिक पर्यटकिय स्थल घोषणाको पर्खाईमा छन यि क्षेत्रहरु मानवमा दिन सक्ने पवित्रता र प्रेम गर्नु गंगात्री हो संगित इश्वरको धरोहर हो संगित इश्वरको विश्वास हो संगित इश्वरको निष्टा हो संगिता इश्वरको आत्मा हो जहा हामि जिवन जिउन सिकि राखेका हुन्छौ यि धार्मिक ऐतिहासिक पुरातात्वविक धरोहरुमा धार्मिक पर्यटकिय स्थल घोषण गरि लाखोन लाखा पर्यटक भित्राइ देशमा शान्ति गरिवका अनुहारमा क्रान्ति ल्याउन नभुलौ नभुलाउ त्यसै गरि सडक नजिकै रहेको महादेव थान र सत वाजको वागवानी फार्मको जो ७००० हजार फिट अग्लोमा छ जहा विरेन्द्र सरकारको सवारी हुने गर्दथ्यो त्यो स्थानको अवलोकन गारौ र उल्लेखीत तिर्थ स्थलहरुमा भक्तजनका लागि ठुला धर्मशाला बनाई साधु शन्त भित्राई आशिर्ष लिउर पवित्र धार्मिक पर्यटक स्थल घोषणा गरौ अब महेन्द्रनगर हुदै नजिकै धनगढी तर्फ लागौ धनगढीमा शिव मन्दिर बौद्ध मन्दिर, गोदावरीको तिर्थ र जल जंगल वन्यजन्तु अवलोकन गरि धोडा धोडी ताल जो धार्मिक तिर्थ स्थले भरिपुर्ण छ ।

त्यहा धर्मशाला ठुला आधुनिक शैलिका मठमन्दिर हरु निर्माण गरि धार्मिक मेला र नित्य नैमित्य पुजामा सहभागि होउ अव अतरिया बाट चुरे महाभारत छिचोल्दै डडेल धुराको भागेश्वर डाडोमा शिवालयको दर्शन गरौ भित्रि मधेशमा रंगौन नदी महाकाली नदी अवलोकन गरौ घटाल बाबाको दर्शन गरौ सहसलिङ्गको दर्शन गरौ मेलौली भगतीको दर्शन गरौ महारुद्धको दर्शन गरौ र डोटी तर्फ लागौ खप्तड ताल पाटन जल जंगल बन्य जन्तु र जडि बु िअवलोकन गरौ अछाम जाउ जो बैज नाथ धाम रामारोशनमा अवस्थित छन जहाको उखानै छ नौ वण्ड एक खण्ड मतलव नौ ताल एक खण्ड रंगि विरगि चरा चुरगि र मृगहरु मनमोहक जल जंगलहरु डोटीको शैलेश्वरी, राम जानकी, राधा कृष्ण मन्दिर दर्शन गरि लागौ अब बाजुरा को बडि मालिका धाम जहा गंगा दशहरामा र जनैपुर्णमा पुजा अर्चना हुन्छ र विष्णु पानी, नाटेश्वरी १४.५ अन्दाजी साढे १४ हजार फिटमा अवस्थित माताको दर्शन माताको दर्शन गर्न डोटी जर्नेली अडाको चिन्हो गैसके पछि मात्रै पुजा अर्चना हुन्छ र पुजा सकि पैमाको भण्डामा ठुलो घरमा पुजा हुन्छ यिनै माताको दर्शन गर्न जादा स्वर्गका सिडि जस्ता घासका अटोमेटीक सिडी छन जहा माताको थानमा दर्शन गर्न जादा पानि धारा वत्ति विजुली र ठुला ठुला आधुनिक शैलिका मठमन्दिर र धर्मशाला वनाई बाह्रै मास दर्शन गर्न साधु सन्त भित्रयाई शिव प्रया माताको दर्शन गर्न धार्मिक पर्यटक स्थल घोषणा हुनेहो भन्ने देश पाल्न सक्ने सम्पति भित्रिइनछ ।

बाजुराको बडिमालिका- फाेटाे गुगल

वझाङ्गमा देउलीकोट मन्दिर झापा मन्दिर पिपलकोट र ऐतिहासीक राजा रजौटाका दरवार र शुर्मादेवी दर्शन गर्न पाउने र धुलीचेकपोष्ट हुदै चाइना वौडर सम्म दर्शन गर्न पाईने हिमाल समेत रहेका छन यि स्थानहरु पर्यटकको ओइरो लाग्न सक्ने र जडीवुटी अथाहा भएका ठाउ हुन अवलागौ दार्चुलाको अपिनाम्पा हिमाल, काली कुटयाङ्गदी नदि को मुहान नेपालमै क्षेती, कालापानी, छाग्रु लिफिया धुरा र मल्ली कार्जुन, व्यास गुफा, लटीन नाथ बाबा, सिद्धको टोपी, व्याँस गुफा र सुरुमासरोवरताल जाने बाटो अपी नाम्पा क्षेत्ती अपि हिमालको छेउमा रहेका अमूल्य जडिवुटि र अमूल्य जनावर तर्फ, पर्यटकिय क्षेत्रको खानी हुन सक्ने दार्जुला पनि व्यक्ति वादि बजेटक ओझेलमा परेको छ जहा दुहु जाने बाटोमा तातो डुङरे समैजी मन्दीर र ब्रहमदेवको मन्दीर छन जहा अपी नाम्पा हिमाल अवस्थित र जडिवुटीको खजानाको रुपले चिनिइन्छ जुन हिमालमा झारल, घोरल, रतुवा, हिम चितुवा, चितुवा, नाउर, थार, बाघ, भालु अवस्थित छन र जहाँ कालापानि हाम्रो नेपालको सत्रहजार हेक्र भुमिका १९५० को सन्धी बमोजिम भारतबाट सेना तैनात गरिएका छन र कालीकुटयाङ्गदी नदीको विचमा नक्कली मन्दिर बनाई भारत र नेपाल छुट्याईएको छ । त्यहाँ हुदै धाग्रु क्षेत्ति हुदै चाइना जाने बाटो छ र त्यँहा अथाहा जडिवुटी सन्जीवनी वुटीको खजाना भनिन्छ जहाँ सिद्धको टोपी छ र मल्लीकार्जन नामले श्वयंम भगवान शिव प्रकट भएर साक्षात दर्शन दिन्छन जस्को बखान गरेर सकिईदैन जहाँ व्यास गुफा पौराणिक काल देखिकै अवस्थित छन यि विचित्रका ठाउहरु पर्यटकिय र धार्मिक पर्यटकीय स्थलको पर्खाईमा सताब्दीयौ पछि परेका छन हुन त हाम्रा महाहिम प्रधामन्त्री ज्यु शेर बहादुर देउवा र लोकेन्द्र बहादुर चन्द त्यहि जन्मी त्यही हुर्की पढलेख त्यहि गरि गरिमामय पदमा पुगेका हुन ।

म उहा समक्ष रौला ग्वालेश्वर वाशुदेव केदार नाथ निङ्गला शैनी माता, रणशैनीमाता, सुरपाल भौनेली, निल पाल, कैलपाल, शिव लिङ्ग टुणे, त्रिपुरा शुन्दरी, जगननाथ बाबा, अशिग्राम सहत्रलिङ्ग, भागेश्वर,खप्तड, उग्रतारा, शैलेश्वरी, पतालभिमेश्वर, वडिमालिका, सुरमादेवी, रामारोशण, जडिवुटी, सुक्लाफाटा, वेदकोट मुडका, झिलमिला ताल, लिङ्गा, घोडा घोडी ताल, सिद्धनाथ नैजनाथ समेत दर्शनीय स्थलको नासो तपाई समक्ष पेश गर्न चाहन्छौ हामी नौ जिल्लाका ७ नं. प्रदेशका जनता समेत म लेख नं. ७ प्रदेश स्वर्ग वनाउन तपाइहरु धार्मिक पर्यटक र पर्यटकीय स्थल घोषणा शिघ्राति शिघ्र गर्नुहोस अवश्ये मेव तपाईका सात कुलका सन्ततिहरु सनातनधर्मको बाटोले आध्यात्मिक भौतिक शैक्षिक क्षेत्र ओग्टने छन र जनता तपाईको जैजैकार गर्ने छन र शुन्दर सुदुर पश्मिको परि कल्पना पुरा हुने छ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज – फाेटाे गुगल

र जन मार्ग सम्वोधन हुने छन यस्कै साथ साथमा सिपमुलक, स्वोरोज गार मुलक, एद्योग मुलक, टेक्नीकल शिक्षा पाक शिक्षा र नैतिक शिक्षा निस्पक्ष शिक्षा प्रणाली ओषधी मुलोको प्रत्या भुति र कृर्षिमा उपकरण अर्गानीक मल सिचाईको व्यवस्था नाता वाद कृपा वाद निति बाट कोषौ दुर राख्नु होस र हाम्रो रहन सहन भुष भेषा खान पान र संस्कार आचा विचार नैतिकताले ठुलो नैतिक तथा धार्मिक बजार पाउने छ र पर्यटक धार्मिक पर्यटकहरु भारतको गया मथुरा काँसी हरिद्धारा भन्दा पनि उल्लेखति स्थानहरु धामहुन यि धाम हरुको आशिर्वाद लिन नछोडनुहोस नछुटाउनु होस यहि शिव आशिष लिनु होस संगित इश्वरको धरोहर हो । ( लेखक नेपाल खाद्य संस्थानका  प्रमुख हुनुहुन्छ )

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी