आज    |   

नेपाल प्राचिन सभ्यता, संस्कृति एवं बिशाल बिबिधताले भरिएको राष्ट्र हो-दिनेश त्रिपाठी



भर्खरै मैले कर्णाली अंचलका सबै जिल्लाहरुको भ्रमण सम्पन्न गरेको छु I यो भ्रमण संगै मैले भ्रमण गरेको जिल्लाको संख्या ७६ पुगेको छ I अब मैले भ्रमण गर्न बाकि रहेको जिल्ला मनाङ्ग मात्र रहेको छ I नेपाल प्राचिन सभ्यता, संस्कृति एवं बिशाल बिबिधताले भरिएको राष्ट्र हो I यो अनन्त सम्भावना एवं सौन्दर्यले भरिएको असाधारण राष्ट्र हो I यस राष्ट्रको सांस्क्र्तिक, भौगोलिक एवं भाषिक बिबिधता अप्रतिम रहेकोछ I यस असाधारण राष्ट्रसंग बिश्व समूदायले सिक्नु पर्ने धेरै कुरा छ I कुनै पनि राष्ट्रको सम्पन्नता त्यस देशको प्रतिव्यक्ति आयसंग मात्र नापिनु हुदैन I नेपाल सम्पन्न बिरासत एवं अपार मानवीय क्षमता भएको असाधारण राष्ट्र हो I कुनै दिन यो राष्ट्र आफ्नो पूर्ण यौवन एवं क्षमताका साथ विश्व मानचित्रमा उदित हुनेछ I यो अनन्त सम्भावना एवं सूसुप्त उर्जाले भरिएको राष्ट्र हो I हामीले प्रतिव्यक्ति आयको दृष्टिले अत्यन्त सम्पन्न तर सांस्कृतिक, आध्यात्मिक एवं मानवीय रूपमा अत्यन्त दरिद्र राष्ट्रहरु पनि देखेका छौ I कुनै पनि राष्ट्रको सामर्थ्य एवं पहिचान भनेको उसको सकल घरेलु उत्पादको बिशालता मात्र होइन I नेपालसंग संकट एवं कठिनाइसंग जुध्न सक्ने अपार उर्जा छ I मैले देशको बिबिध भागमा पुग्दा यसको संस्कृतिक एवं आध्यात्मिक बिराटताको प्रत्यक्ष अनुभव गर्न पाएको छु I मेरो बिचारमा सरकार जति सुकै असक्षम भए पनि नेपालि नागरिकहरुमा रहेको अपार उर्जाले यस राष्ट्रको महानतालाइ स्थापित गर्नेछ I

Write your Comment


Related News
  • कुलचन्द्र शर्मा फेसबुकमा लेख्नुहुन्छ ?
  • बजेट बिनियोजनले पर्यटनमा फड्को मार्दैन – जगबहादुर बुढा
  • भन्छौँ पर्यटकको राजधानी ! खै सार्वजनिक शौचालय ? सुशील पाैडेल
  • संघीय संरचना अनुसार संस्थागत व्यवस्थापनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय विघटन हुनु पर्छ
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी