ताजा समाचार

आज    |   

तराईका हावाहुरी पीडितलाई टानको १ लाख ४४ हजार सहयोग



टानले तराईका हावाहुरी पीडितलाई  १ लाख ४४ हजार सहयोग गरेकाे छ । गत चैत १७ गते तराईका जिल्लामा हावाहुरीका  पीडितलाई ट्रेकिङ एजेन्सीज एसोसिएन अफ नेपाल (टान)ले १ लाख ४४ हजार ५ सय रुपैयाँ सहयोग गरेको टानका मिडिया तथा कम्युनिकेसन संयोजक गोपाल श्रेष्ठले बताए ।

हावाहुरीका कारण ठूलो जनधनको क्षति भएपछि टानले चन्द्रबहादुर गुरुङको संयोजकत्वमा सहयोग सङ्कलन समिति बनाएको थियो । र त्याे समितिले टान कार्यसमिति  सदस्य र कर्मचारी गरी जम्मा २० जना बाट सहयाेग रकम जुटाइ सामाजिक संस्था हेड्स नेपालको माध्यमबाट हस्तान्तरण गरेको छ ।

सङ्ंकलित रकम बाराको कलैया उपमहानगरपालिका १८ स्थित लिटिल एकेडेमिक प्राइमरी विद्यालयको अस्थाई भवन निर्माणार्थ प्रयाेग गरिने छ ।

 

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी