आज    |   

धार्मिक तथा पर्यटकीय स्थल ‘खप्तड’



खप्तड दार्चुलाको – फाेटाे गुगल

बझाङ जिल्लामा अवस्थित खप्तड एक धार्मिक तथा पर्यटकीय स्थल हो । यस ठाउँका विशाल फाँटहरुले पर्यटकको मन लोभ्याउने गर्दछ । अझ हिँउदमा सेताम्य हिउँले फाँटहरुलाई ढपक्क ढाकेको दृश्यले मनमोहक बनाउछ ।

बझाङ, बाजुरा, डोटी र अछामको संगम स्थलमा पर्छ खप्तड राष्ट्रिय निकुन्ज । यस निकुञ्जमा नेपालमा पाईने ७ सय मुख्य जडिबुटीमध्ये २ सय २४ प्रजातिका जडिबुटी पाईन्छ । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरु रहेका छन् ।

यो ठाउँमा पुग्नको लागि काठमाडौंदेखि धनगढी सम्म बसको यात्रा तथा हवाईको यात्रा गरेर पुग्न सकिन्छ । धनगढीदेखि डोटीको सिलगढीसम्म पुग्न बसमा ८ घण्टामा गाडिको यात्रा गर्नु पर्दछ । र त्यहाँबाट दुई दिनको पैदल यात्रा पछि मात्र राष्ट्रिय निकुन्ज हुदै त्रिवेणी मन्दिर पुगिन्छ ।

Write your Comment


Related News
  • Khaptad National Park-The Best Trek in Nepal
  • Paragliding Begins In Eastern Nepal
  • रसुवागढी नाका हुदै मानसरोवर जाने बढे
  • Mardi Himal Trek-The Best Short Trek in Nepal
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी