आज    |   

आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य ‘गाभर भ्याली’



तस्विर टंक रेग्मी

पछिल्लो समय बाँकेको गाभर भ्याली आन्तरिक तथा वाह्य पर्यटकको लागि गन्तव्य बनेको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र रहेको गाभर भ्याली ग्रामीण पर्यटनको नमुना क्षेत्र बन्दै गएको छ ।

वरिपरि वनजंगल विचमा एक सुन्दर बस्तीले यहाँ पुग्ने जोकोहिको पनि मन लोभ्याउछ । यस ठाउँमा बाँके जिल्लाको पहिलो सामूदायिक होमस्टेका रुपमा गाभर भ्याली होमस्टे रहेको छ ।

मिश्रित परम्परामा आधारित रहेको गाभर भ्याली होमस्टेमा परम्परागत परिकारहरुको स्वद लिन सकिन्छ । यस ठाउँबाट थारु संगालयको अवलोकन, विभिन्न प्रजातिका चरा अवलोकन, भिलेज वाक, जंगल सफारी, जैविक पार्क अवलोकन गर्न सकिन्छ ।

यस ठाउँमा स्थानिय रुपमा उत्पादन गरिएका अनदीको भात, ढिक्री, कोदो, ढिडो, घोंघी, गंगटो, जस्ता थारु परिकारको स्वाद लिन पाईन्छ ।

Write your Comment


Related News
  • Khaptad National Park-The Best Trek in Nepal
  • Paragliding Begins In Eastern Nepal
  • रसुवागढी नाका हुदै मानसरोवर जाने बढे
  • Mardi Himal Trek-The Best Short Trek in Nepal
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी