ताजा समाचार

आज    |   

प्रदेश एक का १० उत्कृष्ट पर्यटकीय गन्तव्य



सगरमाथा
प्रदेश नम्बर एकको सोलुखुम्बु जिल्लामा पर्ने सगरमाथा विश्वको सबैभन्दा अग्लो शिखर हो । ८ हजार ८ सय ४८ मि को उचाईमा रहेको सगरमाथा हेर्न तथा आरोहण गर्न विभिन्न देशका नागरिक आउने गर्दछन् । नेपालको पर्यटनको पहिलो गन्तव्यको रुपमा रहको सगरमाथा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारी ले पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए । नेपालकी पहिलो महिला आरोही पासाङ ल्हामु शेर्पा हुन । विदाको समय सदुपयोग गर्न काहाँ जाने के गर्ने भन्नेका लागि यो स्थान राम्रो गन्तव्यको रुपमा रहेको छ । यसका साथै घुम्नका लागि सोलुखुम्बुको उत्तरी भागमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज पनि उपयुक्त छ । यस ठाउँबाट सगरमाथा, ल्होत्से, नुप्त्से, चो यु, आमादब्लम हिमाल देख्न सकिन्छ । १ हजार १ सय ४८ वर्ग किलोमिटरमा फैलिएको सगरमाथा राष्ट्रिय निकुञ्ज १८ सय मिटरदेखि ४ हजार ४८ मिटरसम्मको उचाईमा रहेको छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गूर बाँदर, मोनाल, हा‘इटे उइङ्ग्ड ग्रस बिक्ड, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी रहेका छन् । यो ठाउँमा पुग्न काठमाडौंदेखि लुक्लासम्म हवाई यात्रा र त्यसपछि पैदल यात्रा गरेर सगरमाथा क्षेत्रमा पुग्न सकिन्छ ।

इलामको कन्याम
पूर्वी नेपालको प्रदेश नम्बर एक मा पर्ने इलामको कन्याम पर्यटनको उत्कृष्ट गन्तव्य हो । सूर्योदय नगरपालिकामा पर्ने कन्याम नेपालकै उत्कृष्ठ चिया बगान हो । चिया बगान हेर्न वर्षेनि आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । यो ठाउँ मनोरम दृष्यावलोकन, घोडचढी, पिकनिक स्पटका लागि उपयुक्त ठाउँ हो । यस ठाउँको फिक्कलबाट रमाइलो दृश्य हेर्न सकिन्छ । यस ठाउँमा पुग्न यातायत तथा हवाई यात्रा बाट सहजै अवलोकन गर्न सकिन्छ ।

भेडेटार
प्रदेश नम्बर एकको सुनसरी र धनकुटा जिल्लामा सिमानामा अवस्थित भेडेटार उत्कृष्ट पर्यटन गन्तव्यका रुपमा स्थापित छ । यदि पूर्व तिर घुम्न जादै हुनुहुन्छ भने यस ठाउँमा अवश्य पुग्नुहोस । समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा रहेको भेडेटारबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू सजीलै हेर्न सकिन्छ । दुरिको हिसावले पनि नजिक रहेको यो ठाउँ धरानबाट १७ किलोमिटर उत्तरमा रहेको छ । यो ठाउँ यतिबेला उपयुक्त ठाउँको रुपमा रहेको छ । यो ठाउँ चिसो हुनाले तराईको गर्मी छल्न तथा स्वच्छ वातावरणमा रम्न एवं पहाडी र हिमाली भेगको सुन्दरता हेर्न उपयुक्त मानिन्छ ।

ताप्लेजुङ को पाथिभरा
प्रदेश नम्बर एकको अर्को धार्मिक तथा पर्यटकीय स्थल हो ताप्लेजुङ को पाथिभरा । खुला आकाशमुनि सौम्य मुद्रामा देवीको मूर्ति रहेको यो स्थान मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिकस्थल हो । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा पनि मानिन्छ । यो ठाउँ धार्मिक स्थल मात्र नभईकन रमणीय पर्यटकीय स्थल पनि हो । यस ठाउँमा जान फेदीबाट लेकाली अङ्गेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै उकालो हिडनु पर्दछ । तर डाँडा पुगेपछि त्यहाँको पूजा सामग्री, हवन र धुपको गन्धले थकान मेटाइदिन्छ । यस ठाउँबाट विभिन्न हिमालहरुको मनोरमदृश्य हेर्न सकिन्छ । यदि पूर्वको यात्रा गदै हुनुहुन्छ भने यस ठाउँलाई नछुटाउनुहोला । यो ठाउँ पुग्नको लागि सहजै आतायातको साधन पाईन्छ ।

हिले बजार
पूर्वको अर्को छुटाउनै नसकिने पर्यटकीय क्षेत्र हो हिले बजार । प्रदेश नम्बर एकको धनकुटा जिल्लामा अवस्थिर्ते हिले बजार पर्यटकीय गन्तव्यको लागि एक स्थल हो । करिब करिब यो बजार भारतको दार्जिलीङ जस्तै देखिन्छ । यसलाई नेपालको दार्जिलीङ भनेर पनि चिन्ने गरिन्छ । करीब १,९५० मीटर उचाईमा अवस्थित धनकुटाको हिले बजार तेह्रथुम, भोजपुर, सङ्खुवासभा को गेटवे पनि हो । यो ठाउँमा कहिले गर्मि हुदैन । सधै चिसो हावापानी भई रहन्छ । यस ठाउँमा प्राय जसो पर्यटककहरु हिलेको “तोङवा” र सुकुटी खान जाने गर्दछन । यस ठाउँमा घुम्नको लागि आक्रषक वौद्ध गुम्बा, तेह्रथुम जिल्लाको बसन्तपुर नजिकबाट देख्न सकिन्छ । यो ठाउँमा पनि यातायाको साधन सजिलै पाईन्छ ।

श्री अन्तु
पूर्वि पहाडी जिल्ला इलामको सूर्योदय गरपालिका क्षेत्रमा रहेको श्री अन्तु पर्यटकको रोजाईको केन्द्र हो । निकै मनमोहक अन्तु डाडाबाट सुर्यदय र सुर्यअस्त सजिलै हेर्न सकिन्छ । फिक्कल बजारबाट करिब १४ किमी पूर्वमा रहेको अन्तु पुग्न गाडिमा १ घण्टा लाग्दछ । श्रीअन्तु डाँडाबाट सूर्यको किरण र हरियाली वातावरण निकै रोचक देखिन्छ ।

नमस्ते झरना
पूर्व अर्थात प्रदेश नम्बर एक मा पर्यटकीय स्थलहरु धेरै नै छन् त्यस मध्येको नमस्ते झरना पर्यटकका लागि एक पययुक्त गन्तव्य हो । धनकुटाको साँगुरीगणी गाउँपालिकाको सिम्सुवा खोलामा रहको यस झरना हेर्न आन्तरिक पर्यटकको भिड लाग्ने गर्दछ । करिब ८० मिटर माथिबाट झरेको पानीको फोहराले जो कोहिको पनि मनै लोभ्याउछ । भेडेटार देखि नजिकैको दुरीमा रहेको यो ठाउँ सहजै पुग्न सकिन्छ । झरनाको पानिमा भिज्न तथा प्रेम मिलनको लागि लागि यो ठाउँ उपयुक्त हो । यस ठाउँमा पुग्न सहजै गाडि पाईन्छ ।

धनकुटाको नाम्जे गाउँ
विश्वको प्रमुख हेर्नुपर्ने १० वटा गाउँ मध्येको एउटा गाउँ हो नाम्जे गाँउँ । अमेरिकन समाचार संस्था सिएनएनले हेर्नुपर्ने गाउँको रुपमा नाम्जे गाँउँलाई घोषणा गरे पछि अहिले योठाउँ हेर्न सबैजना जाने गर्दछन । ग्रामीण भेगमा रहेको यो गाउँ सुन्दर छ । जताततै हरियाली तथा रमणिय दृश्यको यस ठाउँबाट अवलोकन गर्न सकिन्छ । मगर जातिको घना वस्ती रहेको यो गाँउ सफा र हेर्दा चिटिक्क परेको छ । यो गाँउको अर्को आकर्षण हो थुम्कीमा रहेको अमेरिकाका क्याथोलिक युनिर्भ्सिटीका १२ जना आर्किटेक ईन्जिनियरहरुले वनाएका आत्मा वस्ने घर । आत्मा वस्ने घर भन्नाले स्थानिय नाम्जेवासी मगरहरुको २ सय २८ वटा चिहानको ढुंगा मिलाईएर वनाईएको एकप्रकारको छाना विनाको घर हो । यसलाईनै आत्मावस्ने घर भनिन्छ । यहाँ आउने पर्यटकहरुले यहाँको मगरजातिको हुर्रा नाच हेर्न पाउछन् ।

कोशी टप्पु को जंगल सफारी
पूर्वमा अर्को घुम्नै पर्ने ठाउँ हो कोशी टप्पु वन्यजन्तु आरक्ष तिन वटा जिल्ला सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैर्लिको आरक्षको प्रमूख आकर्षक हो जंगल सफारी । यसका अलवा यस ठाउँमा विभिन्न प्रजातिका ४४१ प्रकारका चराहरु, २१९ वटा दुर्लभ अर्ना र १२ वटा डल्फीन समेत हेर्न सकिन्छ । यो क्षेत्रमा अर्को आकर्षक को रुपमा तमोर, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी, लिखुु र ईन्द्रावती मिसिएको साप्तकोशी नदिको अवलोकन गर्न सकिन्छ । यहाँ आउने पर्यटकका लागि हात्ति सफारीको को पनि व्यवस्था गरिएको छ । यहाँ पर्यटककाहरुले कोशी नदीमा बोटिङको मजा लिन समेत पाउँछन् । कोशीको बिचमा रहेको टापुमा बोटिङ मार्फत पुयाईन्छ । मनोरम दृश्य तथा मनोरञ्जनका रुपमा बालुको थुप्रोमा रमाउन सकिन्छ । यस ठाउँमा पुग्नको लागि विराटनगरबाट करिब ५० किमी उत्र पश्चिम तथा धरानबाट ४० किलोमिटर पश्चिम दक्ष्णिमा रहेको कोशी टप्पु पुग्न यातायातको साधन सजिलै पाईन्छ ।

तमोर नदीमा ¥याफ्टिङ
प्रदेश नम्बर एकको अर्को घुम्नै पर्ने स्थान हो तमोर नदीमा ¥याफ्टिङ । धरानमा रहेको तमोर रिभर ¥याफ्टिङका लागि उपयुत्त ठाउँ हो । यहाँ ¥याफ्टिङ गर्नको लागि आन्तरिक तथा वाह्य जाने गर्दछन । यसका अलवा ¥याफ्टिङ लागि उपयुक्त ठाउँको रुपमा धनकुटाको मुलघाटबाट सुनसरी र उदयपुरको सीमानामा पर्ने चतरास सम्म ¥याफ्टिङ गर्न उपयुक्त हुन्छ । त्यसैगरी ताप्जेजुङको दोभान हुँदै चतरासम्म र संखुवासभाको तुम्लिङटार हुँदै अरुण नदीबाट चतरासम्र्म ¥याफ्टिङ गर्ने गरिएको छ । ओखलढुंगाको हर्कपुर हुँदै सुनकोशीबाट चतरासम्मको ¥याफ्टिङ पनि गर्न सकिन्छ ।

Write your Comment


Related News
  • एकै पटक १६ सचिवको सरुवा, पर्यटन मन्त्रालयमा केदारबहादुर अधिकारी
  • पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन
  • डोल्पो महोत्सव सफल पार्न सुर्खेतमा अन्तक्रिया
  • कंगारु होटेलका सञ्चालक फरार भन्ने गलत ‘मिडियाबाजी’ गरिएको प्रति होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितावनको आपत्ति
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी