ताजा समाचार

आज    |   

नेपालको संस्कृति र ग्रामीण पर्यटन



दिपक जैसी
वास्तवमा ग्रामीण पर्यटनको बिकास हुनु जरुरी पर्दछ भन्ने सोचका साथ गाउँमा आन्तरिक तथा वाह्पर्यटकहरु भित्राउँदा कला संस्कृतिको संरक्षण र सम्बद्र्धन भई विकासको प्रचुर सम्भावना बोकेको ग्रामीण पर्यटन प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँ समाज टोलको बिकास मात्रै नभई परम्परागत रहनसहन रितीरिवाज संस्कृतिको साथै जैविक विविधता बहुजातीय, बहुभाषीय, सामाजिक, नैतिक, ऐतिहासिक, साँस्कृतिक सम्पदाले भरीपूर्ण बिश्व पर्यटनका लागि पहिलो स्थानमा रहेका हजारौं नेपाली पर्यटकीय स्थलहरुको प्रचार प्रसार भई बिदेशी मुद्रा आर्जन र रोजगारीको सृजना भई जनताको जिवन स्तरमा सुधार आउने ग्रामीणका मानिसहरुका आम्दानीको मुख्य स्रोत पर्यटन व्यवसाय बन्न सक्ने छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटकीय नगरीको रुपमा चिनाउन सकिने यस गाउँ गाउँमा आ-आफ्ना पर्यटन क्षेत्रको विकासको लागि ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुको विकास र व्यवस्थापनमा जोड दिने गाउँ क्षेत्र भित्र रहेको प्रमुख पर्यटकीय स्थलमा स्थानीयवासीको सहभागितामा संरक्षण तथा विकास समिति गठन गरी सो ठाउँको उपयोग, संरक्षण तथा व्यवस्थापनको जिम्मा दिने गाउँमा संचालनमा आएका होमस्टे ग्रामिण उत्पादनमा बिशेष ध्यान दिने पर्यटकलाई कसरी लोभ्याउन सकिन्छ।  जसमा ग्रामीण भेगका मानिसहरुको जिवनसैलिमा ठुलो परिवर्तनआई बिदेशी मुद«ा आर्जन र रोजगारीको वृद्धिसगै जनताको जिवन स्तरमा सुधारका साथै पर्यटन व्यवसाय नागरिकको जिबिकाेपार्जन र रोजगारीको अवसर प्राष्त हुने ठाउँ बन्छ ऐतिहसीक वा पुरातात्विक महत्व बोकेका ठाउँहरुको प्रचार प्रसार पनि हुने गाउँघरमा आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनमा बृद्धि गराउन ग्रामीण क्षेत्रमा सुरक्षा सहित खाने बस्नेको व्याबस्थाका लागी स्थानीय निकायहरुले चासो राख्नु पर्दछ।

नेपाल बिश्व जल सम्पदाको दोस्रो धनि देश, झरना, ताल, गुफा, हिमालै हिमाल भएको देश, ६५० भनदा बढी नदिनाला १० वटा अग्ला अग्ला हिमाल, एक सिगे गैडा, बाघ, भालु, सिंह, हिम चितुवा लगाएतका प्रकृतिका अनुपम उपहारलाई ग्रामीण पर्यटनको सम्वृद्धिकाे आधार बनाउन सकिन्छ । त्यस्तै ४५ प्रकारका सर्प, ८८० प्रकारका चरा,१८१ प्रकारका माछा, ६०० प्रकारका पुतली, ३३ प्रकारका लालिगुरास लगाएत ७०५ प्रकारका लोपोेन्मुख जङ्गली जडीबुडी नेपालका कुना कन्धरामा पाईन्छन् । त्यसमा पनि गाउँ समाज टोलको सरसफाई सडकको बिकासका साथै सडक सञ्जाल सदरमुकाम सम्म जोडेमा प्राकृतिक सांस्कृतिक धार्मिक विशेषता समिटिने गरी डकुमेन्ट्री निमार्णका साथै होमस्टे र होटल त्यसका लागी ट्राभल्स कम्पनी तथा ट्रेकिङ्क र एजेन्सिको बजारीकरण संचालन तथा ब्यवसायिक प्रर्बद्धन संग प्रत्यक्ष सरोकार राख्ने निजी एजेन्सि संग एक आपसमा सवन्वय सहकार्य समेत गर्नेस्थलहरु अवस्थित नेपाल पर्यटन प्रर्वद्धन र बिकासका लागी पर्यटक आगमनको पहिलो र महत्वपूर्ण कुरा हुन जान्छ ।

नेपालको आर्थिक क्षेत्रको प्रमुख आय श्रोत मानिने पर्यटन ब्यबसाय त्यसमा पनि गाउँको बिकासको लागी ग्रामीण पर्यटनको बिकास हुनु पर्दछ ।ग्रामीण क्षेत्रको आर्थिक बिकासका लागी आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनमा बृद्धि गराउन ग्रामीण क्षेत्रमा सुरक्षा सहित खाने बस्नेको व्याबस्थाका लागी स्थानिय निकायहरुले चासो राख्नु पर्दछ,त्यस्तै पर्यटन बिकासका लागी वृस्तित योजना निमार्ण गरी नेपालको भौगोलिक प्राकृतिक स्रोत साधन जनशक्तिको अध्यायन गरी बिज्ञ समुह वाट गहिरो दिर्घकालिन निति नियम अवलम्वन गरी सकारात्मक साेंचका साथ अगाडी बढेमा बिदेशी मुद«ा आर्जन रोजगारीको वृद्धिसगै जनताको जिवन स्तरमा सुधार भई पर्यटन व्यवसाय नेपालको विकाश संगै अगाडी वढ्ने छ । नेपाली युवाले नेपाल मै आफ्नो पसिनाको मुल्य निर्धारण गर्न सके र राज्यले त्यसमा प्रोत्साहन गरेमा युवा वर्ग खुसी र सुखी भई जिवनयापन गर्ने कुरामा विश्वस्त छौ ।

प्राकृतिक सौन्दर्यताको अनुपम रुपलाई बिश्व सामु चिनाउन तपाई हामी लाग्नु पर्दछ । त्यसैले नेपालको गाउँ गाउँमा पर्यटन केन्द« बनाउन बनाउनु पर्दछ, किनकि नेपाल एक गाउँगाउँहरुको देश हो। प्रत्येक विकासको प्रचुर सम्भावना बोकेको त्यस्तै पर्यटन र कृर्षि बिकासका लागी वृस्तित योजना निमार्ण गरी नेपालको भौगोलिक प्राकृतिक स्रोत साधन जनशतmीको अध्यायन गरी बिज्ञ समुह वाट गहिरो दिर्घकालिन निति नियम अवलम्वन गरी सकारात्मक साेंचका साथ अगाडी बढेमा पर्यटन क्षेत्रलाई वढायौ भने प्राकृतिक सौन्दर्यको अनुभुती पर्यटकलाई दिन सके हामी नेपाली हाम्रो नेपाललाई बिश्वकै धनी देश बन्छ । ग्रामिण भेगमा पर्यटकहरुलाई मौलिकताको अनभुति दिलाई धरमा आएका पाहुनासंग हाँसेर मुस्कान सहित भगवान मानेर सेवा सत्कार गर्नु आफ्नै परिवार संग जस्तै बसेर खाएको अनुभुतिका साथ स्थानिय स्तरको खाना खुवाउनु र नयाँ ठाउको जानकारि गराई मनोरन्जन गराउनु गाउँको पर्यटन बिकासका लागी सुचना प्रबिधी र यातायात क्षेत्रको पाटोलाई मजबुद बनाउन देशका पछि परेका वा उपेक्षित गरएिका गाउँहरुलाई बिषेश ध्यानदिने गाउँमा पर्यटकलाई आकर्षित गर्ने खास बिषयका पक्षमा अध्यायन अनुसन्धान गरी बिभिन्न जनजातीहरुका सास्कृतिक, रहनसहन,रितीरिवाज, चालचलन, भेषभुषा, ऐतिहाषिक वा पुरातात्विक महत्वका बिषयमा अनुसन्धान र उत्खलन गरी सरकारको उद्देश्य अनुरुप सो क्षेत्रको सम्भावनालाई ठिकसित बिकसित गरी पर्यटन ब्यबसायलाई फराकिलो मजबुत राष्टिय तथा अन्र्तराष्टिय स्तरमा पुर्याउनको लागि राज्य सरकार सो क्षेत्रमा प्रभावकारी सैलिमा उपस्थिती गराई पर्यटन मैत्री वातावरण सृर्जना गर्ने नेपाली पर्यटक उद्योगलाई कसरी प्रर्वधन र संरक्षण गर्न सकिन्छ त्यसमा राज्य लागी पर्नु पर्छ ।

तव मात्र नेपालको बिकासको अभियान सार्थक हुन्छ भन्ने कुरामा हृदयदेखीे आत्मासाथ गरी पर्यटन सम्वन्धि बृहत अभियान चलाउन जरुरी छ । हाम्रो भन्दा कमजोर भएका देशले पर्यटन बाट ठुलो उपलव्धी गरीसके अवस्थामा हाम्रो राज्यलाई बिश्व सामु चिनाई सकारात्मक साेंचका साथ आर्थिकविकासको पाटोपर्यटनक्षेत्रको बिकास गर्न बश्व पर्यटनका लागी अग्र स्थानमा रहेका हजारौं पर्यटकिय ले पर्यटन व्यवसाय प्रती कुनै राम्रो ठोस कदम र पहल नचाल्दा हाम्रो मुलुक प्रकृतिको खानी स्वर्गको एक टुक्रा भएर पनि प्रगती नभएको नेपाल जहाँ प्राकृतिक सौन्दर्यता जैविक विभिधता बहुजातिय बहुभाषिय, सामाजिक, नैतिक, ऐतिहासिक, साँस्कृतिक सम्पदाले भरीपूर्ण नेपाल भएपनि पर्यटनका लागि बिभिन्न समस्या र चुनौतिहरु रहेका छन् ।

स्थानिय स्रोतसाधनको समुचित प्रयोग भएको छैन ग्रामीण भेगमा बाटोघाटोको अभाव छ, जहाँ स्थानिय जनतालाई नै हिडडुल गर्न असहज छ , मानिसको प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य संस्थाको समेत अभाव देखिन्छ, गाउघरका मानिसहरुले पर्यटकिय शिक्षाको स का साथै आधारभुत कुरा समेत को कुरा थाह पाएका छैनन, पर्यटन सम्बन्धि ज्ञान नै छैन, जसका कारण दिर्घकालिन रणनितीका साथै आर्थिक राजनितीक प्रतिबद्धता र तिनको प्रभावकारी कार्यन्वयनका कमिका कारण ग्रामिण पर्यटन क्षेत्रमा बिभिन्न चुनौतिहरु रहेका छन् । ग्रामिण बिकासलाई सर्बोपरि बिकासको रुपमा बिविध समस्याको निराकरण गर्दै सम्रग रास्टÇको बिकासमा ग्रामिण पर्यटनको नयाँ आयाम थप्न दरिलो गुरुयोजना सहित पर्यटकिय शिक्षा दिन राज्य तयार हुन जरुरी छ ।

Write your Comment


Related News
  • सोमबारको विदेशी मुद्राको सटही दर यस्तो छ
  • अहिले सम्मकै खतरनाक त्रिशुली नदिको र्‍याफ्टिङ (भिडियोमा हेर्नुहोस्)
  • रात्रीकालिन समय- इन्डोनेसियाको बाली मा यसरी रमाउछन पर्यटक
  • रौतहट र सर्लाही बिना बन्यो, नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी