ताजा समाचार

आज    |   

पर्यटनमा समान सहभागिता



लक्की कार्की,
थ्री सिस्र्टस एडभेन्चर ट्रेकिङ्घ प्रा. लि

सिंगो राष्ट्रको राजनिति परिवेशमा परिवर्तनको खाँका तर्जुमा भर्ई राखेको बेला सम्पुर्ण नेपाली जनता उत्साहित हुनु सभाविक हो । देशको विभिन्न राष्ट्रिय प्रणाली, विद्रोह र उथुलपुथुलको सामना पछिको नयाँ संरचनाको आगमन हुनलागेको हुँदा, प्रत्येक नागरिक सकरात्मक परिवर्तनको पर्खाईमा छन ।

परिवर्तनको खाँकाको समयोजनापनि समय र परिस्थीति अनुरुप हुने गदर्छ । विगतमा हाम्रा पुर्खाहरुको माग र परिस्थीति र अहिलेको परिस्थीति भिन्न छ । पुर्खाहरु कहिले स्वतन्त्रताका लागि लडे त कहिले समनताका लागि लडे भने यी सबको सामना पछिको पर्खाई भनेको सम्पुर्ण नागरिकको आर्थिक सम्बृद्घि र सुशासन रहेको छ । नागरिकको जिवन स्थर उकास्दै सम्पन्न जिवन ज्ञापन गर्न पाउने, देश भित्रै रोजगारी र उधोग कल कारखानाहरु संचालन गर्न पाउने अधिकारको सुनिश्चित गर्नु रहेको छ ।

जनताको अपेक्षा पूरा गर्न देशलाई सात प्रदेशमा विभाजन गरिएको छ । आ–आफ्नो प्रदेशको विकासको ढोका आफै खोल्ने तयारीमा कस्सेको बेला ४ न. प्रदेशलाइ भने आर्थिक श्रोतको खोजी गर्न कुनै कसरत गर्नैै पर्दैैन । यो प्रदेशलाई प्रकृतिले भरिपुर्ण आर्थिक श्रोतको बरदान दिएको छ । यी बरदानहरुलाई सहि ढंगले प्रदेशको मुख्य आय आर्जनको श्रोत बनाउन सकिन्छ । प्राकृतिक श्रोतलाई प्राथमिकताको साथ व्यवस्थीत गर्दै दिर्घकालिन पर्यटन विकासको संरचनाहरु तयार गरी दिगो आर्थिक सम्बृद्घिको आभास दिलाउन सकिन्छ ।
पर्यटनको विकासको संरचना उधार ह्रदयले गर्न सके यसमा सबै अटाउन सकिन्छ । यसले भौगोलिक विधिता, वर्ग, लिंग, जातजाति, संस्कृति, धर्म, शिक्षा, स्वास्थ, सामाजिक असमानता देखि लिएर प्रत्येकको घर दैलोमा पुग्न सक्ने विकासको पुर्वधारहरु निर्माण र योजना तय गर्न सकिन्छ ा एतिहासिक र संकृतिको जगेरणा र भौतिक संरचनाको उधृत गर्दै पर्यटन प्रबर्धन र विकास गरी दिगो विकास गर्न सकिन्छ ा नेपालको हकमा पर्यटन भनेको यस शताब्दीको दिगो विकासको लक्ष्य प्राप्त्त गराउन सक्ने हैसियत राख्दछ ।

हाल पर्यटन विश्व कै अग्रपक्तिमा पर्ने गरेको छ, यसले आर्थिक बाहेक, वातावरण, संस्कृति, एतिहासिक संरचना र स्थानिय सामाजिक परिवेशको सवालहरुको ख्याल गरेको पाईन्छ । पर्यटन विकास सगै हाम्रो धर्म संकृति र वातावरणको संरक्षण गर्न जरुरी छ । साथै हाम्रो वरिपरिका श्रोत्रहरु सन्तुलित ढंगले उपभोग र्गार दिगो पर्यटन विस्तारलाई टेवा दिनु पर्छ ।

पर्यटनको दाहिरा फराकिलो हुने हुदाँ गाउँ, बस्ती, शहर सबै ठाउँमा यसको पहुँच पुराई युवाहरुलाई रोजगारी र उधमी बनाउन सक्ने योजना तयार गर्न सकिनछ । पर्यटन व्यवसाय भनेको पाउनालाई आफ्नो हैषियत अनुसार सेवा उपलव्ध गराउने हो । आफ्नो श्रोत र हैसियत अनुसार घर बास देखि पाचँँतारे होटेल सम्मको सेवा प्रदान गर्न सक्ने भएकोले यसलाई व्यवहारिक ढंगले अघि बडाउन जरुरी देखिन्छ । हाम्रो परिवेशमा पर्यटन अझै पनि पारिवारिक व्यवसाही रही आएको छ । यस पेशामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा महिलाहरुको अझ गहन भूमिका रहि आएको छ ।

महिलाहरुले निरन्तर गरी आएका जिम्मेवारीलाई पेशामा उतार्न मात्रै हो । महिलालाई अझ यस बिषयमा पेशागत शिक्षा र तालिमहरु दिन सके उत्कृष्ट सेवा प्रदान गरी गुणस्तर पर्यटन विकासमा टेवा पु¥याउने छ । यसका अवला आफ्नो उधोग आफै संचालन र व्यवस्थित गर्दै स्वरोजगारी हुन मद्दत गर्छ । अब यी अगन्य छुपेर रहेको भूमिकाहरुलाई प्रष्टाउन जरुरी छ । हिजो आज सबै महिला दिदी बहिनीहरु शिक्षित छन् । प्रत्येक शिक्षित व्यक्तिलाई आफ्नो आत्मा सम्मानको ख्याल हुन्छ र त्यसको कदर गर्दै जिम्मेवारी बहन गराउन जरुरी छ ।

हाल नेपालको जटिल समस्या भनेको दक्ष जनशक्तिको अभाव रहेको छ । घरमा पढेलेखेको छोरी बुहारीहरुलाई ब्यवसाहमा संलग्न नगराउनु, र बाहिरी जन शक्तिमा भर पर्ने भएकोले हाम्रो सेवामा हुनु पर्ने गुणस्तर विकास हुन सकेको छैन । पर्यटनको प्रचुर सम्भवना हुदाँ हुदैपनि हाम्रो युवाहरु यहाँको उर्भरा जमिनलाई बाझो छाडी, मरुभुमिमा खेती गर्नँ जाने लहर चलेकोले, आज यहाँ युवा शक्तिको खडेरी परेको छ । अबको योजनाले बाहिरीएको युवाशक्तिलाई भित्राउन सक्नु पर्छ ।

महिला होस या पुरुष, शिक्षित व्यक्तिलाई जिम्मेवारी बहन गर्न लगाउन जरुरी छ । अब महिला पुरुष दुवैले आर्थिक विकासको जिम्मेवारी बहन गर्दै जानु पर्छ तब मात्र असमानताको खाडल पूरिन्दै, सन्तुलित, र समान समाजको श्रृजना हुन्छ । कल्पना गरौ सबै नेपालीका लागि अबको समाज सभ्य, भब्य, आर्थिक उन्नति र समब्धिको राष्ट्र बनोस ।

Write your Comment


Related News
  • सोमबारको विदेशी मुद्राको सटही दर यस्तो छ
  • अहिले सम्मकै खतरनाक त्रिशुली नदिको र्‍याफ्टिङ (भिडियोमा हेर्नुहोस्)
  • रात्रीकालिन समय- इन्डोनेसियाको बाली मा यसरी रमाउछन पर्यटक
  • रौतहट र सर्लाही बिना बन्यो, नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी