आज    |   

सुर्खेतमा सिटीज् सर्भिस हस्पिटालीटी म्यानेजमेन्ट संचालन



दिपक जैसी, सुर्खेत
कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा पहिलोपल्ट दक्ष अनुभविद्धारा होटल व्यावस्थापन तालिम संचालनमा आएको छ ।

बिभिन्न स्टार होटलहरुमा काम गरी राम्रो अनुभव भएका वर्षौदेखी आफ्नै व्यावस्थापनमा होटल तालिम दिई गुणस्तरीय दक्ष जनशक्ती उत्पादन गरी देशबिदेशमा समेत आफ्ना तालिम युक्त यूवाहरुलाई रोजगारीमा पठाई उनिहरुको जिवनमा आमुल परिवर्तन गराई सक्नु भएका प्रशिक्षकबाट होटल, रेष्टुरेण्ट,रिसोर्टहरुमा कुक, वेटर,वारमेन र बेकरी तथा बैदेशिक रोजगारीमा जान चाहनेहरुका लागी बिषेश तालिमको ब्यावस्थाका साथ होटल तालिम संचालनमा ल्याएको सिटीज् सर्भिस हस्पिटालीटी म्यानेजमेन्टका संचालक बिकास सिलवालले बताउनु भयो ।

सुर्खेतमा होटलको संख्या बढ्दै गएपछी कामदारको संख्या न्यून भएको र हस्पिटालीटी क्षेत्रमा काम गर्नेको पनी संख्यामा कमी भएका कारण सिटीज् सर्भिस हस्पिटालीटी म्यानेजमेन्ट खोलिएको र हस्पिटालीटी म्यानेजमेन्ट कन्टेÇक्ट कम्पनी भएका कारण कुनैपनि होटल, रेष्टुरेण्ट,रिसोर्टहरु खोल्नु परेमा सो सिटीज् सर्भिसले तालिम सल्लाह र सुझाप दिने सिलवालले बताउनु भयो ।

उत्त सिटीज् सर्भिस हस्पिटालीटी म्यानेजमेन्ट काठमाण्डौको रिसोर्स फर बिजनेश एण्ड रिसिडेन्सी होटल एकेडमी संग सहकार्य गरीएको छ ।

Write your Comment


Related News
  • पर्या-पर्यटनको एक नमुना : अन्नपूर्ण इको भिलेज एण्ड रिसोर्ट (भिडियोमा हेर्नुहोस्)
  • कति सुन्दर छ हिमालपारीको जिल्ला मुस्ताङ
  • नेपालगन्ज हुदै मानसरोवर जाने पर्यटक घटे, होटल व्यवसायीहरु चिन्तीत
  • डलरको भाउ बढ्यो यस्तो छ बुधबारको विदेशी मुद्राको सटही दर
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी