ताजा समाचार

आज    |   

कस्तो रहयो ? पर्यटन व्यवसायीहरूको लागि ‘२०७५’



राजनीतिक क्रान्ति सफल भयो अब पर्यटनबाट आर्थिक क्रान्तिमा अघि बढेको सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्रयाउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष २०२० मनाउदै छ । तर पूर्वाधारको बिकास तथा निजि क्षेत्रसंग सहकार्य नगरि अघि बढ्नुले भ्रमण वर्ष सफल बन्न नसक्ने खतरा पनि उतिकै छ । पर्यटन भ्रमण वर्ष सुरु हुन ८ महिना मात्र बाँकि छ तर व्यवसायीहरु आउनुपर्ने खालको पर्यटक नआउदा चिन्तित देखिन्छन् । व्यवसायी भन्छन् नेपाल पर्यटन वोर्डको तथ्याङ्कमा पर्यटको संख्या बढेपनि नेपालका पर्यटकीय क्षेत्रमा पर्यटक बढन सकेन । भ्रमण वर्षको संयोजक तोके पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा प्रचारप्रसार प्राप्त भएको देखिन्न । हामी संग स्थानिय, प्रदेश र संघ गरि तिनवटा सरकार रहेका छन् । संघिय सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्राउने लक्ष पनि लगिसकेको छ । तर पूर्वाधारको बिकास, प्राप्त प्रचारप्रसार तथा निजि क्षेत्रसंग सहकार्य नगरि अघि बढ्नुले भ्रमण वर्ष सफल बन्न नसक्ने खतरा पनि उतिकै छ । यहि विषयमा हामीले पर्यटन व्यवसायीहरुसंग सोधेका छौँ पर्यटनका लागि गत वर्ष कस्तो रहयो र आगामि वर्ष कस्तो हुन्छ भनि । पर्यटन व्यवसायीहरुको भनाईको सम्पादित अंश ः

जलयात्रा पर्यटन समाप्त हुन्छ कि भन्ने डर लागेको छ

निमबहादुर मगर
अध्यक्ष नेपाल एशोसियसन अफ राफ्टिङ एजेन्टस् (नारा)

जल पर्यटनको लागि २०७५ खासै राम्रो रहेन । २०७५ को जस्तो हिसाबले जाने हो भने ८० साल सम्म पनि पर्यटन क्षेत्रले फ्डको मार्छ जस्तो मलाई लाग्दैन् । नेपालमा साहसिक पर्यटनको सबैभन्दा ठूलो अङग हो जलयात्रा । तर पहिले हामी सरकर नहुदा रोई कराई गर्नु पर्ने बाध्य थियो तर स्थानिय, प्रदेश र संघ सरकार बने पनि झन जलयात्रा पर्यटनलाई धरापमा पारेको छ । स्थानिय सरकारले ले सहजै रुपमा ढुङ्गा बालुवा उत्खनन गर्न अनुमति दिएका कारणले जलयात्रा केहि धरापमा परेको हो । अझ स्थानिय सरकार बने पछि नदि, खोलामा सोझौ ढल, फोहोल फाल्ने गर्नुले पनि जलयात्रा गर्नलाई कठिनाई परेको छ । यसले जलयात्रा पर्यटनलाई प्रर्वद्धन गर्नुको साटो धराप तिर धकलेको छ । सरकारले सन् २०२० लाई भिजिट नेपाल मनाउने घोषणा गरेको छ यसै अनुरुप स्थानिय सरकारले आफ्नो गतिविधि नरोके भिजिट नेपाल बाटै जलयात्रा समाप्त हुन्छ कि भन्ने डर लागेको छ । हामीले जलपर्यटनलाई समाप्त हुन नदिन स्थानिय सरकारलाई पनि भनेका छौँ । अर्को कुरा केन्द्रिय सरकारले जल पर्यटन भनेको पर्यटन हो भनेरे राख्नु पर्ने ठाउँमा जल पर्यटनलाई अन्य पर्यटनमा लगेर राखेको छ यस ले पनि जलयात्रा पर्यटको भविष्य माथि संङका उब्जाएको छ । राज्यले जलयात्रा पर्यटनलाई अन्य पर्यटनमा नराखि जलयात्राकै रुपमा राखोस र स्थानिय, प्रदेश र संघीय सरकाले नदिनाला जोगाईदियोस हामीले पनि हाम्रो तर्फबाट गर्ने सम्पूर्ण सहयोय गरेर जलयात्रा पर्यटन लाई विश्वमा चिनाउँ ।

 

पर्यटन व्यवसायका लागि निराश र संगठनका लागि राम्रो

सुमन पराजुली
अध्यक्ष नेपाल ट्रेकिङ, ट्राभल्स, ¥याफ्टिङ, एअरलाईन्स मजदुर युनियन, युनिट्रभ

युनिट्रभ तथा समग्र पर्यटनका लागि ठिक ठिकै रहयो । उद्योग क्षेत्रका लागि आशा बादी हुने खालको रहेन २०७५ । पर्यटन क्षेत्रमा विभिन्न वाधाहरु उत्पन्न भए कहिले जहाज दुर्घटना, कहिले विमानस्थलको समस्या, विभिन्न पदमार्गहरुमा मन लागि राजश्व उठाउने भईरहेको छ यसले गर्दा २०७५ मा खासै उपलब्धी भएको जस्तो मलाई लाग्दैन । पर्यटन वोर्डको डाटामा त आयो तर त्यो कुन ठाउँबाट आयो त्यो डाट स्पष्ट छैन । त्यसैले पर्यटन क्षेत्रमा जुन उपलब्धी हुनुपर्ने थियो त्यो उपलब्धी भएको छैन् । यसका साथै युनिट्रभका लागि २०७५ राम्रो नै रहयो । हामीले संगठन विस्तारमै आफ्नो समय बिताईउ । हामीले आफ्नो संगठन ६ वटा प्रदेशमा पुयाउन सफल भईउ । युनिट्रभलाई धेरै मुद्दा मामिलाले चापेको वर्षको रुपमा पनि रहयो । जस्तो एयरलाईन्सको समस्या, विभिन्न क्षेत्रमा काम गर्ने मजदुरहरुको समस्या, समाजिक सुरक्षा ऐन कसरी सुरक्षीत गर्ने, मजदुरलाई कसरी सहज तलव दिलाउने, श्रमिकहरुलाई कसरी सामाजिक सुरक्षा दिलाउने भन्ने मा नै बित्यो । र समग्र रुपमा भन्नु पर्दा राम्रो नै रहयो ।

व्यवसायीलाई ऋण खोज्ने बनायो

हरि भूजेल
अध्यक्ष टान पोखरा

टे«किङ क्षेत्र मात्र नभई समग्र पर्यटन क्षेत्रका लागि २०७५ सुदख रहेन । वर्षको सुरुवातमा पर्यटन क्षेत्रका लागि दुखद खबर फेक रेस्क्यू को कुरा बाहिर आयो यसले ईन्सुरेन्स क्ल्याम पोलिसीको कारणाले गर्दा पनि विदेशीहरु नेपालमा आउन धेरै बन्द भए । सेक्टोबर, अक्टोबर, नोबेम्बर हाम्रो लागि मेन सिजन थियो त्यो सिजनमा धेरै कम आउनुभयो । अहिले पनि हाम्रो दोस्रो सिजन मार्च, अप्रिल, मे मा पनि पर्यटकको आगामन निकै कम छ । एउटा कुराले हामीलाई राजनैतिक र प्राकृतिक कुराले असर पारेको छ । गण्डकी प्रदेशमा रहेका विश्व प्रख्यात पर्यटकीय क्षेत्र राउन्ड अन्नपूर्णा भारि हिमपात भएको र एविसी वेसक्याम्प मा पनि भारि हिमपात भएकोले टे«किङ रुट सहज रुपले उपलब्ध हुन नसकेकोले धेरै पर्यटकहरुले यो क्षेत्र परिवर्तन गरेर अन्य क्षेत्र गएका छन । त्यसले गर्दा यन्य वर्षको तुलनामा २०७५ सन्तोष जनक देखिएन । २०७२ मा आएको भूक्म्पको बेला जुन अवस्थामा पर्यटन क्षेत्र खस्केको थियो त्यहि अवस्था त आएको हैन भन्ने महसुस भएको छ । राज्यले १० लाख पर्यटक भित्रिए भनेर केक काटेको थियो अहिले आएर कुन सन्दर्भ र कुन तथ्याङ्कमा केक काटियो भनेर सोच्ने अवस्था आएको छ । व्यवसायीहरु ऋण खोजेर व्यवसाय गर्नु परेको छ । अब नयाँ वर्षमा फरक ढङगले अगाडि बढ्नु पर्दछ ।

 

स्थिर रहयो पोखराको पर्यटन

विकल चुलाचन
अध्यक्ष पश्चिमाञ्चल होटल संघ पोखरा
पोखरामा २०७५ रालमा पर्यटको आगमन स्थिर रहयो । होटल क्षेत्रमा लगानि बढ्यो तर अपेक्षा गरेको अनुसार पर्यटकको सङख्या बढेन । आन्तरिक पर्यटन र भारतीय पर्यटको पोखरामा आगमन बढेको छ पछिल्लो समय चिनीयाँ पर्यटकको संख्यामा पनि वृद्धि भएको छ यसले होटल व्यवसायीयहरुको अकुपेन्सी मा केहि वृद्धि गर्यो । पछिलो समय हिमपात र अन्य कारणाले गर्दा अन्तराष्ट्रिय पर्यटकको संख्यामा केहि कमि आयो । पोखरामा पर्यटन प्रवद्र्धन हुने खालका विभिन्न कार्यक्रम हरुले होटल व्यवसायलाई केहि हद सम्म राहात मिल्यो । तर समग्रमा पोखरामा पर्यटकको अवस्था स्थिर नै रहयो । २०७६ मा गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्ष मनाउदै छ यसले पनि केहि हद सम्ममा पर्यटकको आगमन बढाउने विश्वास हामीले लगेका छौँ । यसका साथै नेपाल पर्यटन वोर्डले पनि केहि टे«किङ क्षेत्रमा प्रचार प्रसार गरे पोखरामा पर्यटकको संख्या वृद्धि हुने छ ।

 

व्यवसाय धरापमा परे

सन्तोष पोखरेल
अध्यक्ष नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेण्ट गण्डकी प्रदेश
समग्र पर्यटन क्षेत्र जुन आसादित थियो त्यो नभएको हामीले महसुस गरेका छौँ । हामीलाई लाग्थ्यो देशमा अस्थिर अवस्था छ, देशमा शान्ति छ, देशमा लामो किसिमको राजनैतिक अस्थिरता बाट मुक्त भएको छ तर पर्यटनले गति लिन्छ भन्ने हामीलाई लागेको थियो यि सबै चिजहरु परिपूति भईरहदा पनि पर्यटक खसकदो छ । ट्रभल व्यवसायीहरुका लागि २०७५ पर्यटक आगमनको हिसावले विभिन्न मिडियाहरुमामा आएका समाचारहरुले यति पर्यटक आए उति पर्यटक आए भनिएको छ तर व्यवसायको हिसावले यो धेरै कम पर्यटक मात्र नेपाल घुम्न आए । २०७५ मा ट्रभल एजेन्सीहरु धरापमा नै रहेको देखियो । दुई चार वटा राम्रा ट्रभल एजेन्सीहरुले आफ्नो स्रोतका आधरमा मात्र राम्रो गरे भने अन्य एजेन्सीहरुका लागि त्यति राम्रो देखिएन । वर्तमान समयमा मलाई लाग्छ हामी न्यून र शुन्य काममा छौँ । विश्व आज काहाँ बाट कहाँ पग्यो आज हामी जहाको त्यहि छौँ । आयआर्जको हिसावले ट्रभल कम्पनीहरु ९५ प्रतिशत ले चल्नै नसक्ने अवस्थामा पुगेका छन् । किनभने अनलाईन मार्केटिङका सवालबाट विश्व अगाडि बढीसक्यो । अब अनलाईन बाट सबै टुरिष्टहरुले बुक गर्न थालेको अवस्था छ यसले अनलाईन बाट बुक गर्ने वार्गेनिङ गर्ने अवस्था छ हामी पसल खेलेर बस्ने अवस्थामा छौँ । यसले जुनरुपमा विजनेस अगाडि बढ्नु पर्ने हो त्यो हुन सकेको छैनन । राज्यको नितिनियममा निर्मामा बसेका हरुले पनि व्यवसायीहरुका समस्याहरुलाई समाधान गर्नु पर्दछ कर मात्र लदाएर व्यवसाय माथि उठन सक्दैन त्यसैले व्यवसायीका समस्या समाधान भए नेपालमा पर्यटकको आगमन सोजेजस्तो अगाडि बढछ ।

 

आशा जगायो तर पुरा भएन

गोकर्ण गिरी
अध्यक्ष रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल चितावन सौराहा
खासै सोचे अनुरुप पर्यटक २०७५ मा आएनन । राज्यले जुन रुपमा सौराहलाई लगानि, प्रसार प्रसार गर्नु पर्ने हो त्यो देखिएन । सौराह पर्यटनको तेस्रो गन्तव्य हो । हाम्रो व्यवसाय बजार सानो छ तर सानो क्षेत्रमा देखिने गरि पर्यटकको चहलपहल देखिएन । हामीले सोचेका थियौँ मुग्लिनको बाटो खुलेपछि यहाँ आउने पर्यटकको संख्या बढ्छ तथा सरकारले २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य अनुरुप यहाँ पर्यटकको आगमन बढ्ला तर त्यो हाम्रो सोचाई मात्र भयो । नेपाल घुम्न जति पनि विदेशी पर्यटक आउछ अधिकाशं ति पर्यटक सौराहमा घुम्न आउने गर्दछन् । अहिले हाम्रा माझ तिन वटा सरकार छन् तर सौराहको बारेमा कसैले पनि विकास र प्रचारप्रसार गर्न चाहादैन यसले हामी व्यवसाय गर्ने व्यवसायीहरुलाई प्रोत्साहनको सट्टा हाम्रो व्यवसायलाई धरापमा पदै छन् । त्यसैले सरकार तथा नेपाल पर्यटन वोर्डले सौराहलाई बिकास र प्रचारप्रसार गरि २०२० मा २० लाख पर्यटक नभई ५० लाख पर्यटक भित्राउन सहज होस ।

 

आर्थिक संकट उत्पन्न भएको हो कि भन्ने महसुस गरायो

दिपकराज अधिकारी
नि वर्तमान अध्यक्ष टान पोखरा
२०७५ पर्यटनको लागि राम्रो रहयो भन्ने स्थिति त छैन । लगानी, चाहना मेहेनत चाहे पर्यटन पवद्र्धनका कुरा होस या राष्ट्रिय अन्तराष्ट्रिय रुपमा सबै जनाको भूमिका उतिकै रहयो तर यस्तो प्रतिफल आउला कसैले सोचेका थिएनौ । विशेष गरेर पदयात्रा क्षेत्र जति चित्त बुज्दो हिसाबले अगाडि बढ्नु पथ्यो त्यो देखिएन । र हामीले गतिलो फुड स्केल मेनपावरहरुलार्ई होल्ड गर्न सकेको स्थिति छैन । जहाँ सम्म लाग्छ अहिले आर्थिक संकट उत्पन्न भएको हो कि भन्ने कताकति महसुस भएको छ । हामीले पनि नयाँ नयाँ पद्दतिहरु , अवधारणहरु ल्याएर पदयात्रा पर्यटनमा प्रवद्र्धन गर्ने कुरामा जति हामी अगाडि सक्रिय रहियो त्यसको प्रतिफल त्यति राम्रो आउन सकेन ।

सवारी साधन बढे तर पर्यटक बढेनन

बबोरजंग गुरुङ
अध्यक्ष पर्यटन यातायत व्यवसायी समिति गण्डकी प्रदेश ,पोखरा
समग्रमा भन्नु पर्दा नेपाल टुरिजम वोर्डले ११ लाख ७३ हजार पर्यटक आए भन्दा यो एकदम शुखद जस्तो लाग्छ । तर जुन पर्यटक आतायातको सवारी साधनहरु जति बढेको छ त्यसको तुलनामा पर्यटकको संख्या बढ्न सकेको छैन् । हामीले अपेक्षा र आशा गरेको अनुसार पर्यटकको संख्या बढेको छैन । यसलाई पनि हामीले सकारात्मक रुपले लिएका छौँ । सरकारले विप्लव माओवादीलाई प्रतिबन्ध लगाएको छ यसले नेपालको पर्यटनको भविष्य कता जाने हो भन्ने कुराहरु अन्ययोलमा रहेको छ । यसको छिटो भन्दा छिटो समाधान खोजिनु पर्दछ । आगामी दिनमा २०७६ सालमा पर्यटक भित्राउनको लागि नेपाल सरकारले पर्यटक सवारी साधनहरुको लागि निति स्पष्ट रुपले गर्नु पर्दछ । पर्यटक कोहुन भन्ने कुरालाई नितिगत रुपले स्पष्ट पार्नु पर्दछ । जति पनि हामी सवारी साधन धनिहरुको सवारी खरीद गर्दा बैङको व्याजदर उच्च रहेको छ यसलाई न्यून गराउनु पर्छ । नेपाल सरकारले भ्रमणा वर्ष २०२० लाई सफल पार्ने हो भने अत्याधुनिक सवारी साधनहरु खरिद गरेर गुणस्तरीय सेवा प्रदान गर्न भएकाले नेपाल सरकारले विगतमा ३३ प्रतिशत छुट दिने बताएको तथा व्यवहारमा नदेखाएको ले यसलाई लागु गर्नु पर्दछ । जसरिनै भारतिय सवारीसाधनहरु नेपाल आउने गरेका छन् त्यसरिनै नेपाली पर्यटकीय सवारी साधनहरु पनि भारत जाने वातावरणा सरकारले मिलाए २०२० सहज रुपले सफल हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

उपलब्धी पूर्ण नै रहयो

जमुना पराजुली
अध्यक्ष महिला पर्यटन व्यवसायी पञ्च गण्डकी प्रदेश पोखरा

समग्रमा भन्नुपर्दा २०७५ पर्यटनका लागि ठिकै रहयो । महिला पर्यटन व्यवसायी मञ्चले पनि विभिन्न तालिम तथा पर्यटकीय ठाउँहरुको प्रचारप्रसार मा सबै एक जुट भएर कामहरु गऔँ । यसले पनि पोखरामा आन्तरिक पर्यटन भित्राउन ठूलो मद्दत पयाएको हामीले महसुस गरेका छौँ । संघिय सरकारले २०२० मा २० लाख पर्यटक भित्राउने जुन लक्ष लिएको छ त्यो लक्षलाई पुरा गर्न हामी महिला पर्यटन व्यवसायीहरु एक जुट भएर लागेका छौँ । आगामि २०७६ मा गण्डकी प्रदेस सरकारले आन्तरिक पर्यटन वर्ष मनाउदै छ यसमा पनि हामी हातेमालो गरेर लाग्ने छौँ । हामीले पर्यटन क्षेत्रमा गरिरहेका कामहरु लाई झन ससकत ढङ्गले अगाडि बढाउने योजना बानाएका छौँ त्यहि योजनाअनुरुप वार्षिक रुपमा पर्यटन पवद्र्धन हुने खालका तालिम, पर्यटकीय क्षेत्रको प्रचार प्रसार मा हामी लाग्ने छौँ ।

पोखरा आएका पर्यटकको अनुपातमा घटना थोरै

भगवती तिमिल्सेना
प्रमुख पर्यटन प्रहरी निरीक्षक पोखरा
समग्र पर्यटकको सुरक्षाको दुष्टिकोणाले २०७५ राम्रो नै रहयो । हामी कहाँ त्यति धेरै घटनाहरु आएका छैनन । खासगरी धेरै जसो सर सामानहरु हराएको मुद्दाहरु आउने गरेका छन् । हामीले हराएका ९ वटा सामानहरु फेला पारेर सम्वन्धित व्यक्तिलाई बुझाएका छौँ । बाँकी खोजतलासको लागि जिल्ला प्रहरी कार्यालय तथा वडा कार्यालयहरुमा पठाएका छौँ । हराएका समानको पनि इन्सुरेन्स भएको हुन्छ जसमा हामीले १० जनालाई पुलिस रिपोर्ट दिएका छौँ । ७५ सालमा चोरी भएको ५५ वटा केसहरु आएको थियो जसमा काठमाडौँबाट पोखरा आउने क्रममा गाडिमा आफ्नै साथिले मोवाईल तथा पर्स लाने गरेका घटना दर्ता भएका छन् । यस्तै प्राकृतिक प्रकोपले गर्दा ज्यान गुमाउनु परेका विदेशीहरुको संख्या ८ पुगेको छ । र ५ जना हराएको र हहिले सम्म जानकारिमा नआएको छ । समग्रमा हेर्नु पर्दा पर्यटकहरुको राजधानी पोखरा मा थुप्रै पर्यटकहरु आउने ठाउहरु छन् र समग्रमा भन्नु पर्दा यो थोरैनै हो । र पर्यटकको अनुपातमा यो घटनाहरु थोरैनै हो ।

राम्रो भन्ने आधार भएन

राम कुमार श्रेष्ठ
स्पा एशेसियसन नेपाल गण्डकी प्रदेश पोखरा

स्पा व्यवसाय पर्यटनको एक पाट हो । जति पनि पर्यटकहरु नेपालमा आउछन र नेपालको हावा पनि उनिहरुका लागि सुहाउदो हुदैन र पानि बाट उनिहरुलाई विभिन्न रोग लाग्ने गर्दछ । उनिहरु त्यो रोग बाट बच्न स्पामा आउने गर्दछन् । भूकम्प भन्दा अघि राम्रो थियो । तर २०७५ समग्र पर्यटन राम्रो नभएकाले यसको असर स्पा व्यवसायमा पनि पर्न गएको छ । पोखरामा जति पनि पर्यटक आउँछन ति केहि प्रतिशत स्पामा आउने गर्दछन् । जुन रुपले आशा गरेका थियो २०७५ त्यो सफल नभए नि २०७६ सफल हुनेमा विश्वास लिएका छौँ । पर्यटनको एउटा पाटो संग जोडिएको स्पा व्यवसायलाई सरकारले एक व्यवसायका रुपमा हेनु पर्दछ । स्पा व्यवसायले पनि पर्यटनको आगमन बढाउन ठूलो भूमिका खेल्ने हुदा सरकारले यसलाई आधिकारिक व्यवसायको रुपमा प्रमाण पत्र दिनु पर्दछ ।

प्रदेश सरकारले व्यवसायीलाई चिनेन

गणेशराज पहारी
महासचिव पश्चिमाञ्चल होटल संघ, पोखरा
होटल व्यवसायीका लागि २०७५ यथार्थमा भन्नुपर्दा फलदायी नै रहयो । सकारका नितिका नियममले यताकता असर पनि पारेको थियो । जो आईराख्ने आन्तरिक तथा वाह्य पर्यटकहरु आईरहेका छन् । हाीले तिन वटा सरकार पाएका थियौँ तर पछिलो समय प्रदेश सरकार को पोलिसी पर्यटन व्यवसायीहरु संग अलि नमिलेको हो कि भन्ने जनगुनासो आईरहेको हो । त्यो लगानिकर्ताहरु लगानि गर्न आतुर भएको स्थिति र गरिराखेको अवस्थामा यहाँ वढी ग्रामीणा क्षेत्रलाई प्राथमिकता दिईरा खेको देखिएको छ । ग्रामीणा पर्यटनको विकास नगर्ने त होईन तर पोखराको आसपासका नजिकका दुरिमा संञ्चालन भएका तथा नाम अनुसारका काम भएका लाई बढी प्रोत्साहन दिएको छ । प्रदेस सरकारले शरहरमा करौडौँ करोड लगानि गरेका होटल हरु छन् र आउने पर्यटकहरुलाई शहर बजार नभई गाउँमै जानु पर्छ भन्ने खालको विकास र प्रचार गरेको जस्तो देखियो ।

पर्यटकको संख्या बढेन

प्रकाश बानिया
उपाध्यक्ष स्पा एशोसियसन नेपाल गण्डकी प्रदेश, पोखरा

समग्रमा भन्नु पर्दा स्पा व्यवसायका लागि २०७५ त्यति सन्तोसजनक देखिएन । सुवाति चरणामा केहि आसा लाग्दो भए पनि अन्तिममा साखै राम्रो भएन । पर्यटन बोर्डले केक काटे मनाए पनि त्यो के आधारमा मनाए जिज्ञासाको विषय अहिले बनेको छ । पर्यटनको आवागमनको एक हिसा स्पा व्यवसायी पनि हुन । तर सरकारले हाम्र विविध समस्याहरुलाई समाधान गरे २०७६ सालमा केहि पर्यटनको आगमन बढ्न सक्ने अनुमान गर्न सकिन्छ । अहिले तिनवाटा समस्याका रुपमा रहेका छन् पहिलो सामाजिक समस्या हो । सरकारले पनि स्पा व्यवसायलाई व्यवसायको रुपमा हेर्नु पर्दछ र समाजले पनि सहज रुपले व्यवसाय गर्नलाई सहजै कोठमा भाडामा दिनु पर्दछ । अर्को कुरा भनेको स्पा व्यवसाय गर्छु भनेर सरकारले व्यवसाय दर्ता गर्न दिदैन । काठमाडौँ को शाखा चलाउछु भन्दा दिने र पोखरामा दर्ता गरेर चलाउछु भन्दा नदिने यसले पनि हामीलाई व्यवसाय गर्नमा बाधा उत्पन्न गरेको छ । यसलाई प्रदेश तथा स्थानिय सरकारले छिटो भन्दा छिटो टुङगो लगाउनु पर्छ ।

व्यवसायीले महसुस गर्ने खालको भएन

 

जीवनराज सापकोटा
सचिव टान पोखरा
समग्रमा २०७५ राज्यको तथ्याङ्कमा केहि पर्यटक बढेको अवस्था देखिएता पनि व्यवसायीले त्यो महसुस गर्न सकेको अवस्था रहेन । नेपाल आउने अधिकांस पर्यटकहरु पदयात्रा मा नै बढी केन्द्रित हुने र पदयात्रामा पनि मोरट बाटोको कारणले गर्दा बढी एफmआइटी पर्यटकहरु बढेको हुनाले व्यवसायीहरु बाट भन्दा पनि आफै पदयात्रामा जाने, आफै घुम्ने क्रम बढ्दो भएको र व्यवसायमा पनि व्यवसायीहरु बढ्दै गएको कारणले पनि व्यवसायीले पनि पहिलेको जस्तो त्यो सेवा दिन पाएका छैनन । त्सैले पदयात्रा क्षेत्रको लागि २०७५ त्यति सुखद हुन पाएन । राज्यले जुन रुपमा पदयात्रा व्यवसायलाई हेर्नु पर्ने थियो त्यो भएन । यस्तै रहयो भने संघिय सरकारले मनाउन लागेको भिजिट नेपाल २०२० र गण्डकी प्रदेश सरकारले मनाउन लागेको आन्तरिक भ्रमण वर्ष पनि यस्तै त हुने हैन भन्ने शंका लागेको छ । हामीले चाहेको संख्यामा पर्यटक हैन खर्च गर्ने आलका पर्यटक चाहिएको छ । अहिले आफै झोला बोक्ने आफै नुडल्स बनाएर खाने, आफै पदयात्रामा जाने ले हाम्रो पदयात्रा क्षेत्रलाई धान्दैन भन्ने हो ।

उपलब्धी पूर्ण रहयो

उमा रेग्मी भण्डारी
सचिव महिला पर्यटन व्यवसायी मञ्च, गण्डकी प्रदेश पोखरा

पर्यटन व्यवसायका लागि उपलब्धी नै रहयो । वर्षको सुरुवातमा केहि आसा लाग्दो पनि रहयो जुुन रुपले हामीले विकास र आशा लाग्दो पर्यटन मन्त्री पाएका थियौँ उहालाई हामीले गुमाउन पुग्यौँ । यसले पर्यटन क्षेत्रमा केहि अगाडि बढ्ने क्रममा थियो केहि पछाडि धकलेको होकि भन्ने हामीलाई लागेको छ । महिला पर्यटन व्यवसायीहरुका लागि थुप्रै कामहरु गयौँ । यत्र तन्त्र छरिएका महिलाहरुलाई एक जुट बनाउने काम गयौँ यसले हामीलाई मजबुद पनि गरायौँ । हामीले पोखरा आसपासमा आन्तरिक पर्यटनको पवद्र्धन लागि हाईकिङ्, टे«किङ, होमस्टे, बिजनेस मेनेजमेनटका तालिमहरु गायौँ । हामीले कसरि पर्यटन पवद्र्धन गर्न सकिन्छ भनेर तालिमहरु को आयोजना गयौँ । केहि चुनौतिहरु पनि आए र त्यसलाई सामना गदै अगाडि बढ्यौँ । र यस्ता आलका गतिविधि आगामी वर्षमा गर्ने योजनाका साथ अगाढि बढ्ने छौँ ।

स्पामा आउने वाहिरी पर्यटक कमै देखिए

जीवन नेपाली
महासचिव स्पा एशोसियसन नेपाल गण्डकी प्रदेश, पोखरा

स्पा व्यवसायका लागि खासै उपलधि पूर्णा त रहेन । स्पा व्यवसाय खास गरि वाह्य पर्यटक लक्ष्ति व्यवसाय हो । नेपालमा पहिलेको तुुलनामा २०७५ मा संख्यामा त पर्यटक आए र तथ्य चाहि त्यो देखिएन । पहिले पोखरामा हिड्दा पनि विदेशी पर्यटकक संग ठोकिनु पद्ध्यो भने अहिले त्यो छैन । हाम्रो व्यवसायमा पनि पहिलेको जस्तो व्यवसाय भएको छैन् । यसमा विविध समस्याहरु पनि छन् । पहिलो समस्या भनेको सामाजिक सोच हो । दोस्रो कुरा स्पाले के गर्नु हुन्छ के गर्नु हुदैन भन्ने सरको कनै पनि निति नियम बनाएका छैन । यो बनाउनु जरुरी छ । अर्को कुरा तालिम तथा दक्ष जनशक्ति उत्पादन हो । नेपालमा व्यवसाय गरेर बस्छु भन्ने कमै भेटिन्छन । सिक्ने बेला सम्म सिक्ने सिकिसके पछि बाहिर जाने जुन परि पाटि छ त्यसलाई रोक्न सरकारले विभिन्न तालिम तथा सहज रुपमा व्यवसाय दर्ता गराउँन दिनु पर्दछ ।

समग्रमा राम्रौ भयो भन्नुपर्छ

कृष्ण आचार्य
कोषाध्यक्ष टान पोखरा
२०७५ साल टे«किङ तथा समग्र पर्यटन व्यवसायका लागि राम्रौ भए जस्तो लाग्छ । जुन रुपमा हामीले आशा गरेको थियौँ त्यस्तो भएन । प्राकृतिक रुपमा केहि घटनाहरु घटे हिमालतिर र राजनीतिक उथलपुथल भएकाले हामीलाई अलिकति निरास बनायो तै पनि समग्रमा भन्दा राम्रौ भयो भन्नु पर्छ । अहिलेको पर्यटकीय सिजनमा त्यति उत्साह पनि देखिएको दैन त्यति नकारात्मक छ जस्तो पनि लाग्दैन । आशा गरौँ देश जुन आर्थिक हिसाबले अघि बढ्दै छ सबै कुराहरु विस्तारै पूरा हुदैछ देश संघियतामा गएको छ पर्यटन क्षेत्रका लागि केहि नयाँ पन आउँछ भन्ने आस गरेका छै । पक्कै पनि २०७६ मा सोजे जस्तो पर्यटकहरु आउछन् । आन्तरिक तथा भिजिट नेपाल पनि हामी मनाउदै छै यसमा सरकारले पनि नयाँ कार्यक्रमहरु बनाईराखेको छ यसले २०२० सम्ममा २०लाख पर्यटक भित्रिन्छन र हामी व्यवसायीले पनि पर्यटक भित्राउन सहयो गरेका छौँ यसले केहि आसा जगाएको छत्यो पुरा हुन्छ भन्नेमा हामी रहेका छौँ ।

संगठनलाई चिनाउने काम गर्यौ

शर्मिला न्यौपाने
कार्यकारी सदस्य
महिला पर्यटन व्यवसायी मञ्च गण्डकी प्रदेश पोखरा
महिला पर्यटन व्यवसायी पञ्चका लागि २०७५ उपलब्धी पूर्ण नै रहयो । हामीले पोखरामा पनि महिलाहरु एकजुट छन् र महिला पर्यटन व्यवसायी पनि छन् भन्ने देशैभर चिनाएका छौँ । हामीले संकृति जोगाउने खालका कार्यक्रम पनि गर्यौ । पर्यटन प्रवद्र्धन हुने खालका विभिन्न कार्यक्रम २०७५ मा गर्यो । हाम्रा विभिन्न समस्याहरु पार गदै आज यहा सम्म आएका छौँ एक त महिला भन्ने बितिकै केहिन केह िघरबाटै सुरु हुन्छन । समय मिलाउन नै समस्या हुने अहिले ७० प्रतिशत समस्या को समाधान महिलाले गर्ने गरेका छन् । हाम्रो यो संगठनमा सबै पर्यटन क्षेत्रमा लागेका महिलाहरु को सहभागिता रहेको छ आफ्नो व्यवसाय हुदा पनि पर्दा पछाडि परेका महिलाहरुलाई हामीले समेटेका छौँ । पहिला पहिला त हामीले कुनै कार्यक्रम गर्न सक्दैनन भन्ने जुन पुष बादी सोच थियो त्यो अन्तय भएको छ । त्यसैले पर्यटन व्यवसायका लागि समग्रमा राम्रो नै भयो ।

पर्यटको आगमन उत्साहजनक देखिएन

विश्वराज अधिकारी
संञ्चालक अन्नपूर्ण ईको भेलज , अस्ताम पोखरा

ग्रामीणा र पद यात्राका लागि भन्नु पर्दा २०७५ त्यति राम्रो रहेन । म पर्यटनना संलग्न तथा पदमार्ग मदजुरको रुपमा कार्यरत भए यता सन् १९९१,९२ देखि अहिले सम्म १९९८ मा बाहेक उत्साहजनक हिसाबमा नेपालमा मैले अहिले सम्म आफ्नो व्यवसायीक समयमा कुनै बेलामा पनि पर्यटक उत्साहजनक आएको देखेको छैन । र त्यहि हिसावमा मलाई अहिले २०७५ समग्रमा उस्तै उस्तै लागेको छ । कुनै नौलोपन नयाँ पन देखिएको छैन । यसले भैराखेका नयाँ पदमार्गहरु मेटिदै गईराखेका छन् । नयाँ नयाँ ठाउँहरुको खोज्ने वातावरणा बनि सकेको छैन । त्यसले गर्दा ग्रामीण पर्यटन केहि सुस्ताएको छ । यहि पाराले सुस्ताउने हो भने नेपाल भनेर चिनिने ग्रामीण ठाउँ र पदमार्गहरु सकिने र नेपालको पर्यटन नै सकिने स्थिति को सुरुवात भएको त हैन भन्ने संका पनि छ । अबको ग्रामीण पर्यटन भनेको इको टुरिजम अथात पर्या पर्यटन नै हो । यदि नेपालमा पर्या पर्यटनको अवधारणहरु सरकारी स्तरबाट अगाडि बढ्ने हो भने नेपालमा ग्रामीणा पर्यटन, पर्या पर्यटन को रुपमा टुल्सको रुपमा अगाडि बढ्ने छ । यसले पर्यटन क्षेत्रमा टुवा पुग्ने मैले विश्वास लिएको छु ।

Write your Comment


Related News
  • सोमबारको विदेशी मुद्राको सटही दर यस्तो छ
  • अहिले सम्मकै खतरनाक त्रिशुली नदिको र्‍याफ्टिङ (भिडियोमा हेर्नुहोस्)
  • रात्रीकालिन समय- इन्डोनेसियाको बाली मा यसरी रमाउछन पर्यटक
  • रौतहट र सर्लाही बिना बन्यो, नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी