ताजा समाचार

आज    |   

प्रदेश ५ का १० उत्कृष्ट पर्यटकीय गन्तव्य



टंक रेग्मी

प्रदेश ५ का १० उत्कृष्ट पर्यटकीय गन्तव्य

लुम्विनी

तस्विर गुगल

प्रदेश नम्बर ५ को प्रमूख पर्यटकीय गन्तव्य लुम्विनी हो । भगवान गौतम बुद्धको जन्मस्थल भएका कारण यो क्षेत्र धार्मिक पर्यटनको केन्द्र हो । विश्वभरका बौद्ध धर्माबलम्बीहरु एक पटक जसरी पनि लुम्बिनी पुग्नु पर्छ भन्ने मान्यताका साथ नेपाल घुम्न आउने गर्दछन् । आन्तरिक तथा वाह्य पर्यटकको लागि यो क्षेत्र उत्कृष्ट पर्यटकीय स्थल हो । यहाँ गौतम बुद्धको बारेमा सबैकुरा थाहा हुन्छ । यस क्षेत्रमा जानको लागि सडक मार्ग तथा हवाई मार्ग भएर जान सकिन्छ ।

बर्दिया राष्टिय निकुञ्ज

तस्विर टंक रेग्मी

प्रदेश नम्बर पाँचको सबैभन्दा ठूलो निकुञ्ज हो बर्दिया राष्ट्रिय निकुञ्ज । पर्या पर्यटन तथा जंगलसफारीका लागि यो निकुञ्ज पर्यटनको गन्तव्य हो । कर्णाली र बबई नदीको केही भाग यस निकुञ्चमा रहेको छ । निकुञ्जमा चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ । यस निकुञ्चमा पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेका छन् । भने जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरूरहेका चन् । पर्या पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा सडक यातायतको प्रयोग गरेर जान सकिन्छ ।

रानीमहल

तस्विर गुगल

नेपालको ताजमहल भनेर चिनिने रानीमहल पाल्पा जिल्लामा रहेको छ । मानव निर्मित रानीमहल प्रकृतिले सजिएको सुन्दर बगैचासरी छ । यस क्षेत्रमा जाने जोकोहिको पनि मन लोभिन्छ । सफा, स्वच्छ वातावरण र जताकतै हरियालीले यहाँ पुग्ने जोकोहिले दृश्यप्यास नमेटुञ्जेल हरियालीसंग रमाउँन गर्दछन् । चारैतिर पहाडले घेरिएको कालीगण्डकी र बराङ्दी नदीको संगमस्थलमा अवस्थित छ रानीमहल । नदीको किनारमा निर्मित यो रानीमहल भारतको ताजमहल भन्दा निकै राम्रो छ । यो ठाउँ पाल्पा तानसनबाट करिब चारकोस टाढा रहेको छ ।

स्वर्गद्धारी

नेपालकै पबित्र धामहरु मध्यको एक धाम हो प्यूठानको स्वर्गद्धारी । धार्मिक एवंम पर्यटकीय क्षेत्र स्वर्गद्धारी प्रदेश नम्बर पाँचको प्यूठानमा अवस्थित छ । स्वर्गद्धारी नपुगेसम्म हिन्दूहरुको तीर्थयात्रा नै पुरा हुदैन भन्ने जनविश्वास रहेको छ । यो महाभारत शृड्ढखलाको करिव २१२२ मिटर अर्थात ६९६० फिट अग्लो लेक हो । परापूर्वक कालमा ऋषिमुनिहरुले यसै ठाउमा बसी जपतप गरेर स्र्वग गएकाले यस स्थानको नाम स्र्वगद्धारी हुन गएको भन्ने भनाई छ । यो ठाउँमा पुग्नको लागि दाङको घोराहि बाट यातायातको साधन प्रयोग गरी पुग्न सकिन्छ ।

वाँके राष्टिय निकुञ्ज
बाघको बासस्थान रेहेको वाँके राष्ट्रिय निकुञ्ज पर्या पर्यटन तथा एक पर्यटकीय स्थल हो । पूर्वमा शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्गमा रहेको निकुञ्जमा पाटेबाघ र हात्तीको बासस्थान रहेको छ । बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग कि.मि. क्षेत्र मा फैलिएको निकुञ्ज मा इकोसिष्टम, वनस्पति प्रजाति, विभिन्न प्रजातिका स्तनधारीहरू, विभिन्न प्रकारका ा चराको, माछाहरू, तथा सरीसृप तगायतका उभयचरहरू रहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका यो निकुञ्जमा ठूला वन्यजन्तुहरुको बासस्थान समेत रहेको छ ।

सत्खलुवा ताल

तस्विर टंक रेग्मी

पर्यटनका लागि उत्कृष्ट गन्तव्य हो बर्दियाको सत्खलुवा ताल । वरिपरी वनजङ्गल विचमा ठूलो तालले जो कोहीलाई लोभ्याउँछ । प्रदेश नम्बर पाँचको बर्दिया जिल्लामा अवस्थित बारबर्दिया नगरपालिका–९ खैरेनीमा रहेको सत्खलुवा ताल रारा पछि को ठूलो ताल हो । यसलाई मिनि राराको उपनाम दिईएको छ । जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको यस ताल वरपर विश्वकै दुर्लभ पाटेबाघ, चितुवा, चित्तल, सालक, अजिङ्गरलगायत जङ्गली जनावरको बसोबास रहेको छ । ६० बिघा क्षेत्रफलमा फैलिएको ताल पूर्व–पश्चिम राजमार्गमा पर्ने बैदीचोकदेखि झण्डै ३ किलोमिटर उत्तरपूर्वमा रहेको छ । यस ताल बाहिर अवलोकन गर्न जानेको लागि होमस्टेको व्यवस्था समेत गरिएको छ ।

बागेश्वरी मन्दीर

तस्विर टंक रेग्मी

बाँकेको नेपालगन्जमा अवस्थित बागेश्वरी मन्दिर धार्मिक पर्यटकीय स्थलको हो । यो मन्दिरमा सतीदेवीको जिब्रो पतन भएको विश्वास रहेको छ । यो स्थानमा सर्वप्रथम किन्नरहरू आई आराधना गरेको कथन छ । एउटा ठूलो तलाउको किनारमा अवस्थित यो मन्दिरमा पुजा गर्न छिमेकी मुलुक भारतबाट आउने गर्दछन । यस मन्दिरमा बडादसैंको घटस्थापनका दिनदेखि नै विशेष पूजाआजा गरिन्छ ।

पाल्पा श्रीनगर

तस्विर टंक रेग्मी

पाल्पा जिल्लाको शोभा, सौन्दर्य वा मुकुटका रूपमा श्रीनगरलाई लिइन्छ । बतासेडाँडा नामको वृक्षहीन शुष्क कुरूप उच्च थुम्कामा सल्ला आदि विभिन्न किसिमका रूख बिरूवाहरू रोपेर रमणीय उद्यानमा परिणत भएपछि बतासेडाँडा नै श्रीनगर भनी पुनः नामकरण गरिएको हो । यहाँ मन्दिर, बुद्धको मूर्ति र बागबगैँचाहरूसमेत छन् । झण्डै १५०० रोपनी क्षेत्रफलमा फैलिएको श्रीनगर शान्त, सुरम्य जङ्गल, अनुकूल स्वस्थ्यकर हावापानी भएकाले यो बाघ, चितुवा, खरायो, दुम्सी आदि जनावरहरू कालिज, तित्रा, कोइली प्रजातिका पन्छीहरूको सुरम्य बसोबास बनेको छ । वनविहार र वनभोजका लागि प्रख्यात यो ठाउँबाट माछापुच्छ«े्र, हिमालचुली, अन्नपूर्ण, काञ्जीरोवा, मनास्लु, गणेश हिमाल आदि हिमालहरूको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यसका अतिरिक्त सूर्योदय, माडी उपत्यका र सफा मौसममा भारतको उत्तरी भाग गोरखपुरसम्मको रेलहरूको रोमाञ्चक अवलोकन गर्न सकिन्छ । यहाँ आधुनिक गल्फ खेल मैदान बनाइएकोले स्वदेशी विदेशी गल्फ खेलाडीहरूका लागि यो थप आकर्षक ठाँउ बनेको छ ।

गाभर भ्याली

तस्विर टंक रेग्मी

पछिल्लो समय बाँकेको गाभर भ्याली आन्तरिक तथा वाह्य पर्यटकको लागि गन्तव्य बनेको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र रहेको गाभर भ्याली ग्रामीण पर्यटनको नमुना क्षेत्र बन्दै गएको छ । वरिपरि वनजंगल विचमा एक सुन्दर बस्तीले यहाँ पुग्ने जोकोहिको पनि मन लोभ्याउछ । यस ठाउँमा बाँके जिल्लाको पहिलो सामूदायिक होमस्टेका रुपमा गाभर भ्याली होमस्टे रहेको छ । मिश्रित परम्परामा आधारित रहेको गाभर भ्याली होमस्टेमा परम्परागत परिकारहरुको स्वद लिन सकिन्छ । यस ठाउँबाट थारु संगालयको अवलोकन, विभिन्न प्रजातिका चरा अवलोकन, भिलेज वाक, जंगल सफारी, जैविक पार्क अवलोकन गर्न सकिन्छ । यस ठाउँमा स्थानिय रुपमा उत्पादन गरिएका अनदीको भात, ढिक्री, कोदो, ढिडो, घोंघी, गंगटो, जस्ता थारु परिकारको स्वाद लिन पाईन्छ ।

राप्ति तथा कर्णाली नदिमा जलयात्रा
प्रदेश नम्बर पाँचमा घुम्न जादै हुनुहुन्छ भने राप्ति नदि तथा कर्णाली नदिमा जलयात्रा गर्न सक्नुहुने छ ।

Write your Comment


Related News
  • सोमबारको विदेशी मुद्राको सटही दर यस्तो छ
  • अहिले सम्मकै खतरनाक त्रिशुली नदिको र्‍याफ्टिङ (भिडियोमा हेर्नुहोस्)
  • रात्रीकालिन समय- इन्डोनेसियाको बाली मा यसरी रमाउछन पर्यटक
  • रौतहट र सर्लाही बिना बन्यो, नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी