आज    |   

पोखरा-सिमरा सिधा हवाई उडान गर्न गण्डकी प्रदेशका पर्यटन मन्त्रीलाई ज्ञापनपत्र



पोखरा सिमरा सिधा हवाई उडान गर्न सिमाराका पदाधिकारीहरुले गण्डकी प्रदेशका पर्यटन मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

जितपुरसिमरा नगर उद्योग बाणिज्य संघका पदाधिकारीहरुले पोखरा सिमरा सिधा हवाई उडान का लागि गण्डकी प्रदेशका पर्यटन मन्त्री बिकास लम्साललाई ध्यानाकर्षण सहित ज्ञापन पत्र हस्तान्तरण गरेका छन् ।

पहिलो चरणमा प्रदेश नम्बर दुई र गण्डकी प्रदेशलाई हवाई मार्ग मार्फत जोडने कुराको शुरुवात भएको र पछि जनकपुर पोखरा को उडान हुने उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष समेत रहेका होटल तथा पर्यटन ब्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछनेले बताउनुभयो ।

लामिछानेले दुई नम्बर प्रदेशमा संभावना भएको पर्या पर्यटन, धार्मिक पर्यटन र औद्योगिक एवम कृर्षि पर्यटन लाई पोखरा सङ्ग कनेक्टिभिटी गर्ने गरि बैशाख को अन्तिम सम्म सिमरा पोखरा उडान हुने गण्डकी प्रदेशका पर्यटन मन्त्री बिकास लम्सालले बचन दिनुभएको बताउनुभयो ।

Write your Comment


Related News
  • होटल महासंघको अधिवेशन कर्णालीमा, १५ सय ५० प्रतिनिधि सहभागी हुने
  • भरतपुर विमानस्थल १० दिन बन्द हुने
  • होटल व्यवसायमा ब्यावसायीक एकरुपता आवश्यक : अध्यक्ष रावत
  • होटल महासंघको सर्वसम्मत नेतृत्व चयन गर्न प्रदेश तिनले बनायो ५ सदस्यीय समिति
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी