ताजा समाचार

आज    |   

पर्यटकको पर्खाईमा पञ्चपुरीका पर्यटकीय स्थलहरू



पर्यटनको उच्च सम्भावना रहेको पन्चपुरी नगरपालिका सुर्खेतका पर्यटकी स्थलहरू पर्यटकको पर्खाइमा रहेका छन् ।  सुन्दर मनमोहक दर्जनौं पर्यटकीय स्थलहरूको सम्भावना रहेपनि प्रचार प्रसारका कारण ओझेलमा परेका छन् ।

पर्यटक आकर्षित गर्ने सुन्दर जाजुरा दह, चमेरे गुफा र गुप्ती ताल भए पनि प्रचार नहुदा ओझेलमा परेका छन् । यस्तै भेरी, कर्णाली नदीको संगम स्थल दोभानमा जहाँ जल पर्यटनको सम्भावना रहेको छ ।

पाँचतले गुफा, मालिका मन्दिर र पञ्चपुरी मन्दिरले पर्यटकलाई कुरिरहेका छन् । यि पर्यटकीय सम्भावना बोकेका पर्यटकीय स्थलहरूमा आन्तरिक तथा वाह्य पर्यटको आवागमन बढाउन स्थािनय तथा प्रदेस सरकारले ध्यान दिनुपर्ने स्थानिय बताउछन् ।

पर्यटकको आवागमन बढेमा स्थानीयलाई रोजगारी र नगरलाई राजस्वमा टेवा पुग्नेछ । नगरपालिकाले अबको योजनामा यसलाई प्राथमिकता दिन जरुरी रहेको देखिन्छ ।

Write your Comment


Related News
  • एकै पटक १६ सचिवको सरुवा, पर्यटन मन्त्रालयमा केदारबहादुर अधिकारी
  • पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन
  • डोल्पो महोत्सव सफल पार्न सुर्खेतमा अन्तक्रिया
  • कंगारु होटेलका सञ्चालक फरार भन्ने गलत ‘मिडियाबाजी’ गरिएको प्रति होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितावनको आपत्ति
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी